Skip to main content

घटना र परीणाम [ Events and consequences]

Image result for kartun image of sisal trees
निशु जोशी, नेपालगन्ज ।

हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ ।

कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।

      केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ उजेलोमा निस्कीन्छन् । घाम अस्ताउने वेलामा घरमा आइपुग्छन् । वुद्धि नपुगेर घर अघि रुख लगायो भन्ने उनिहरु आज कहिलेकाहि दाउरा माग्न समेत पछि पर्दैनन् । सीसौंको टुप्पाका झर्दै गरेका पात हेरेर २० लाख देखी ५० लाखको मूल्य तोकिरहेका छन् । उनिहरुको यो मोलमोलाई सुनेर ठुलोवुवाका आँखाहरु खुसीले गद्गद् छन् । खुशीले ओठहरु मुसुमुसु मुस्कुराइरहेका छन् ।
Image result for kartun image of vegetables in small hillत्यस्तै, तल्लाघरे वाजेले भीरमा डोजर लगाए । भीरलाई जमीनमा वदले । “रातो माटोमा पैसा सक्यो” छिमेकिले उनलाई पनि भन्न बाँकि छोडेनन् । तर वाजेले रातो माटोमा गाईगोरुको मल पोतेर कालो वनाउने कोशिस गरे । सीचेँ पसीनाले र फलाए हरीया पैशाका बुटाहरु । एक दशकदेखी यी वुटाहरु वेचेर नै दर्जन वढिको परीवारमा हरीयाली ल्याएका छन् ।






यी त हरीया जीवन हुन् । अव सुकेका कथा ।
पहिलो पात्र,
Image result for kartun image of secretary men in shopping mallपल्लाघरे फुपाजु आज पनि वम्वइ छन् । नेपालमा उनको विघौ जमीन वाँझो छ । उनि वम्मइमै पाँच दशक देखी चौकीदारी गरीरहेछन् । उनि भन्छन् खेत जोत्ने सीप छैन, वच्चैदेखी चौकिदारको काम जानियो । वारी जोत्न नजानेकोमा उनलाई दुःख लाग्छ । तर पेट पाल्नका लागी चौकिदारको काम पनि उनी छोड्न सक्तैनन् । उनि भारतिय नागरीक वन्नका लागी योग्य पनि भइसके । उनि भन्छन् – परदेश घर लाग्छ, घर नै परदेश जस्तो । 
अर्को पात्र,
अर्को १२ वर्षको उमेरमै फुलमतिले राजीखुसी विहे गरी । १६ पुग्दा २ छोराको आमा वनि । परीवार दंग थियो । दंग परीवारमा रंग ल्याउन श्रीमान परदेशीयो । उ फर्किनु भन्दा अघि नै नफकर्ने खवर आयो । अव फुलमतिको भविष्य के होला ? 
छिमेकि राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे । यो त उसको नियमीत काम हो । तर अचानक उ एकदिन स्कुटरमा दुर्घटनामा परी । अखवारको पहिलो पृष्ठमा समाचार वनि । त्यस्तै, गाँउका साना नानीहरुले नजिकमा स्वास्थ्य चौकि हुदा पनि पखाला लाग्दा धामी झांक्रिकै भर परेर अकालमा ज्यान गुमाए ।
छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर अरु छिमेकीहरुले पनि आगनभरी फोहोरको थुप्रो लगाए  ।
आन्दोलनमा टायर वाल्नेहरु सवै वालक थिए । उनिहरुले ढुंगा मुढा, कारमाट सीकेका छन् । भोलीको नेता वन्ने सपना वुनेका छन् । उनीहरुले चलाएको देशमा के शान्ति होला ?


Image result for kartun of childs on the road


यी हरेक कुरा हेर्दा सामान्य लाग्छन् तर यीनको परीणाम सामान्य छैन ।

यति मात्रै होइन, कसैले दैनिक व्यवहारमा भनेका साना साना भनिएका कुराले पनि जीवनमा कति असर पारीरहेको हुन्छ सवैले भोगीरहेकै कुरा हो । अझ भनौ, तिनै साना भनिएका कुराले नै मानीसलाई ठुलो खुशी अनुभूत भइरहेको हुन्छ भने ती सानै कुराले दुःख पनि । यो पनि सामान्य कुराको असामान्य परीणाम होइन र ?
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,२०७६-०७-३०,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...