Skip to main content

Posts

Showing posts from July, 2019

प्रयोग

कविता  कक्षा ६ मा विज्ञान शिक्षकले रटाएका हुन् विर्सीए छु,  पानीमा सीयो डुव्नु र डुंगा उत्रनुको कारण  के तपाइलाई थाहा छ ? पानीमा उत्रने वस्तुको तौल वरावर त्यसले विस्थापित गर्ने पानीको तौल यहि त हो आर्किमिडिजको सिद्धान्त यहि सीद्धान्तले सीयो डुव्छ, डुंगा उत्रन्छ । कालोपाटिमा चित्र वनाएर शिक्षकहरुले पढाउदा मेरो ध्यान  कागजमा वुद्धको तस्वीर कोर्न व्यस्त हुन्थ्यो झ्याल वाहिर सखीहरुले गुच्चा खेलेको हेर्दैमा दिन वित्थ्यो । ठिक आज त्यसको २० वर्षपछि म वगरमा उभिएको छु यात्रुहरुलाई माझीहरु काठको डुंगावाट नदि वारपार गराइरहेका छन् के उनिहरुलाई आर्किमीडिजको सीद्धान्त थाहा थियो ? पानीलाई ओरालोमै झारेर काठकै फिरफिरे जोडेर पानी घट्ट वनाइएथ्यो घट्मा अनेक थोक पिसीन्थ्यो ।  बाले थोत्रा प्लाटिकका वोराको रेसा निकालेर नाम्लो र वरीयो वुन्नुहुन्थ्यो अझ भनौ आमाले परालका त्यान्द्रा गासेर चकटि र फिनो वनाउनुहुन्थ्यो । तर उहाँहरु संग लेखापढिको छेउ छैन गाउँमा पढेर ठुलो भएको मै हुँ धेरै पढेरै गाँउवाट शहर आएको मै हुँ तर यो प्रयोगको शव्द वुझेदेखी

हरीयो साउन

ए हजुर उ त्यो त्यो चुचुरोमा केहि देख्नुभो जुनकिरी झै झिलमील ? त्यो भन्दा अघि   थाहा छ  साउन र झरीको सम्वन्ध हरीयो हुन्छ । साउनमै त पलाउछ पालुवा वाली रोपिन्छ, हरीयाली फैलीन्छ साउनकै महिनामा त हो सुन्तली, चमेली र मनिसाहरु चुरा, पोते र लुगा पनि त हरीयै लगाउछन् । अझ भनौ, साउनकै महिना त हो खडेरी परेका ठाँउ ओसीला देखीने हरीया देखीने रसीला देखीने । थाहा छ ? हजुरले टेकेको फाँटबाट देखीएको त्यो पहाडको टुप्पोमा मानव वस्ती छ वस्ती रातमा जुनकिरी झै देखीन्छ । ती वस्तीहरु वर्षमा एक महिना मात्र नुहाउछन् एक महिना मात्र मुस्कुराउछन् र एक महिना मात्र कमाउछन् मात्र साउन महिनामा । त्यो चुचुरोमा अनाज नउव्जने जमीन छ । परदेश जानेहरु फर्केर आउन मान्दैनन् पानी पिउनका लागी पनि साउन पर्खनुपर्छ तर पनि पुस्तौदेखी यसरी नै बाँचिरहेछन् साउनलाई प्राण वनाएर । थाहा छ ? साउनमै आउछन् त्यहाँ सवै जातका भगवानहरु र प्राण भरेर फर्कन्छन् । त्यसैले, निराहार व्रत वसेर हिलो पानी नभनेर सकि नसकि उकालो चढ्दै आइपुग्छन् ति वस्तीहरुमा धर्ममा आस्था राख्नेहरु भगवानलाई पुजा गर्नेहरु चढाउछन् आस

पर्खाइ

कविता  माझिहरुलाई थाहा छ डुंगा चढ्ने यात्रुहरुलाई थाहा छ र थाहा छ हजुरहरुलाई पनि किनारा वषौदेखी एक अर्कालाई पखीरहेका छन् । पानी उड्दैछ निरन्तर वाफ वनेर मुहान सुक्दैछ हरेक समय नदि रीत्तो हुदैछ वगर वन्दैछ र भेट हुदैछ दुइ किनाराको के यो नौलौ कुरा हुनेछ ? म पर्खाइमा छु । वाजे भन्नुहुन्छ चर्पि वनाएदेखी गाँउमा विरुवा उर्मेका छैनन् चरा र अरीगाँल झुम्ने अम्वाका रुख भगेरा वस्ने आरुको रुख सुक्दै गएका छन् ढल्दै गएका छन् के यो नातिलाई सुनाउने कथा हुने छ ? पर्खाइमा छु । यो पर्खाइ हो या समयको दौडाइ केहि पखीरहेका छन् र दौडिएका पनि । पखाइकै कुरा गर्ने हो भने गाउँमा पर्खीरहेका वाआमा छन् चउर पर्खीरहेछ डन्डीवियो खेल्ने वालापन वाँझो खेत पर्खीरहेछ जवान श्रीमति पखीरहेछिन् सीन्दुर शताव्दि पर्खीरहेको छ नवयुग । मलाई चिन्ता छ मेरो भविष्य देखेर जहाँ आइसक्रीम देखेर सगरमाथाको हिउ यस्तै थियो रे नभनुन् भेटमा किनारासंग पानी थियो र नसोधुन् ।  ,,,,,,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज । २०७३ कात्तिक २६ गते ।

फेसवुक वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड

निशु जोशी वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो फेसवुक । एकै ठाँउमा रहेर हजारौँसँग एकैचोटि वार्तालाप गर्न सकिने  माध्याम हो सोसल मिडिया । यो एउटा यस्तो माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनि सजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो ।  अहिले शहर देखी गाँउका कुनाकाप्चामा समेत सोसल मीडियाको पहुँच छ । सोसल मिडिया टुलहरु मध्य फेसवुक, टुईटर, युटुव, वल्डप्रेस, ब्लग लोकप्रिय छन् । यस्तै अरु सयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचित सोसल मिडियाको एक प्रविधि हो । एक तत्थ्याङ्कका अनुसार अहिले १ अर्ब भन्दा धेरै मानिसहरुले दिनहुँजसो  सोसल मीडियाको प्रयोग गर्ने गरेको अध्यायनले देखाउछ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ । अहिले १३ लाख नेपालीहरुले फेसबुकको प्रयोग गर्ने गरेको पाईएको छ । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको पनि छ । यसको प्रयोग गर्नेहरु मध्य करिब ६९.५ पुरूष छन् भने ३१.५ महिला रहे