Skip to main content

Posts

Showing posts from July, 2017

चासोको विषय वातावरण

धेरैले महत्व दिन थालेका छन् र चासोको विषय वन्न थालेको छ अहिले वातावरण । नेपालगन्जकै कुरा गर्ने हो भने डा. विनोद कर्णले नेतृत्व गरीरहनुभएको ग्रीन नेपालगन्ज क्लिीन नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालीकाका र यहाँका विभिन्न व्यक्तिहरुले यहाँको सरसरफाइ र विरुवा रोप्ने काम गरीरहेका छन् । वर्षेनि नेपालगन्जमा पानी कम पर्न थालेको छ । यो वर्षकै कुरा गर्ने हो भने कोहलपुर क्षेत्रमा अत्याधिक पानी परीरहेको वेला पनि नेपालगन्जमा पानी परेको हुदैन । राझाँ चोकवाट पानीमा भिज्दै आएका रीक्साहरु धम्वोझीचोक पुग्दा रीक्सा भिजेका हुन्छन तर पानी परेको हुदैन । उता चारवाहिनि तिर पनि पानी परेको हुन्छ । तर मुख्यतया ः विपिचोक, धम्वोझी चोक र पुष्पलालचोकमा पानी ने पर्न छोडेको छ । यो समस्या सामान्य होइन । यहाँ पुर्खाैदेखी वसोवास गरीरहेका व्यापारीहरु भन्छन् यहाँको धुलोमैलो, फोहोर, प्लास्टिकजन्य पदार्थ जहितहि हुनु, धमाधम औद्योगीक क्षेत्र, कलकारखाना सञ्चालन हुनुले पनि यहाँको वातावरण विग्रदै गएको छ । नेपालगन्जका रीसीकेश शर्मा खनाल भन्नुहुन्छ – नेपालगन्जमा पानी पर्ने खालका विरुवाहरु रोप्न जरुरी छ । अहिले जथाभावि ज