Skip to main content

Posts

Showing posts from March, 2016

होली

कविता   कोरा कागजमा मात्र कोरीएको तस्वीर चैतमास फुलेकोे एकैरंगको गुरास सधै रंग नवदलीने आकाश एकै रंगको इन्द्रेणी भइदिएको भए हुने थियो रंगहिन निराशा, सुन्यता तर मीश्रणरंगको तस्वीर अनेक फुलेका फुलको वगैचा दिनरात हुने आकाश सप्तरंगको मीश्रीत इन्द्रेणी जस्तै दुखः सुख, हासो आसु मीसीएको यो जीन्दगीको अर्थ छ यो मीसीएको रंगको अर्थजस्तै होलीजस्तै ।। त्यसैले तिमी रीसाउ, चित्त दुखाउ तर आज मीलेर हासौ र हसाउ आज खुसी हुनुपर्छ हरेक दिनलाइ आज वनाउनुछ होलीजस्तै वनाउनु छ यो जीन्दगी नै कलरफूल । ह्याप्पी होली ।। ,,,,,,,,,,,,,,,,,,,, 2072-------------- nishu joshi, nepalgunj

हावा नचलेको रुख

कथा “रुख भएपछि हावा त चलिहाल्छ नी । के नौलो कुरा भयो र ।” – कालीयाले हास्दै भनिन् । सवैले जटिल वनाइरहेको विषय उनलाइ नौलो नभएकाले अचम्मीत भए । मौन भएर उनको कुरा सुनिरहे । उनि भने मख्ख थिइन् । मनमा गुम्सीएका कुरा धक फुकाएर सुनाउन पाएकोमा । उनले फेरी थपिन् –हाम्रो समुदायमा विवाह गराउदा दाइजो माग्छ । हामीसंग दाइजो छैन् । भाइको छोरीलाई पहाडिया केटाले खुवै मन पराउथ्यो । र भाइको छोरीले पनि उसलाई । उनिहरुले दाइजो चाहिदैन भने । मैले पहाडिया केटासंग नै भदैनिलाई भगाइदिए । कालिया मान्छे काली भएनि निकै दिलवाली रहेछिन् । उनि भन्छीन् “यो जमानामा जात भात केहि हुदैन् । के वाहुन, के क्षेत्रि । आजभोली वाहुनले क्षेत्रिसंग विवाह गर्छन् क्षेत्रिले वाहुनसंग । जातभात भन्दा मीठो वचन वोल्नु र एक गीलास पानी पीउन दिउन त्यो नै ठुलो कुरा हो ।” उनले फेरी थपीन् “मधेसी समुदायमा कुसंस्कार छ । दाइजो माग्छन् । दिएको दाइजोले मान्दैनन् । दाइजो दिएपनि छोरीहरुलाई गरीने व्यवहार राम्रो हुदैन । वरु वाहुन र थारुले मन पराएर विवाह गर्छन् आज झकडा गर्छन् । भोली मीलिहाल्छन् । यो नै रमाइलो । आखीर श्रीमान श्रीमतिको झगडा न प¥यो

कथा

वचपन रात छिपीदै थियो ।  वरीपरीवाट आगोको मुस्लो घेरेर वसेका हामी ६, ७ जना साथीहरु मात्र । आमा फेरी चिच्याउनुभयो नाम लिदै । भाइले सुने नसुनेझै गरीरहेको थियो ।  आगोका छेउमा वसेर ािथीहरु संग खुव वात मारीरहेको थियो । रविले वनवाट ल्याएका केहि टाटाहरु पोल्न थाल्यौ । टाटाको पटपटी आवाज आयो । ४ वटा मात्र उसले पोल्नको लागी आगोमा हाल्यौ । एउटा टाटा त भित्रै परे छ । आगोेको अत्याधिक तापले टाटा जल्यो । अव ३ वटा मात्र वाँकी रहे । उसले मलाई टाटाको वोक्रा खोलिदिन आग्रह गर्यो । छेउमै वसेको समीरले मेरो हातवाट टाटा खोसेर दौड्यो । अली पर पुगेर खोल्न थाल्यौ । माधव चिच्यायौ । सवैभन्दा ठुलो टाटा नै समीरले लगेछ भनेर । मैले भने २ वटा खोलीदिए ।  २ वटा टाटाभित्र १४ वटा विया रहेछन् । समीरलाई दौडाउदै दौडाउदै छोपीहाल्यो माधवले । सवैभन्दा ठुलो टाटा यहि नै रहेछ । यहि टाटा लिएको झोकका माधवले फोहोर गाली गर्यो समिरलाई । समीरको भने नाकवाट रगत वगीरहेको थियो । सायद टाटा खोस्दा समीरले सजिलै नदिएपछि एक मुक्का पनि लायो होला माधवले ।  उसको त हात र मुख एकदमै छिटो चल्छ । नाकवाट रगत वग्दा पनि उसले थाहा पाएको थिएन उसको ध्यान न

संस्मरण

पौष २१ गते जमघट भयो ३० जील्लाका पत्रकार महिलाहरुको नेपालगन्जमा । पत्रकार महिलाहरुविच एक कार्यक्रम सम्पन्न भयो । एक अर्काका अनुभवहरु साटासाट गरीयो । गरीयो मीडियामा काम गर्दा भोग्नुपरेका समस्या, चुनौतिका बारेमा छलफल । चुनौतिपछि प्राप्ती हुने अवसरका वारेमा पनि चर्चा परीचर्चा भयो । पत्रकार महिलाहरुमा संख्यात्मक मात्र नभई गुणात्मक बिकास आवश्यक भएको निष्कर्ष निस्क्यो । पत्रकार महिलाहरुको अबस्था अध्ययनका लागि क्रियाशील पत्रकार महिला समूहको आयोजनामा तनहँु, पोखरा, बुटवलमा कार्यक्रम सकेर नेपालगंजमा गरिएको समापन कार्यक्रमका सहभागी पत्रकारहरुले यस्तो निष्कर्ष निकाले । क्रियाशील पत्रकार महिला समूहका संस्थापक अध्यक्ष संगीता लामाले पत्रकार महिलाहरुको दक्षता बृद्धिका लागि पनि एक्स्पोजर भ्रमण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा समूहका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले समग्रमा पत्रकार महिलाहरुले भोगिरहेका चुनौती एकैखाले भएको पाइएको बताउँदै पत्रकार महिलाहरुले पनि स्वयम् आप्mनो अधिकारबारे बोल्नसक्नुपर्नेमा जोड दिनुभयो ।                 कार्यक्रममा बाँके, बर्दिया, दाङ, कञ्चनपुर, रामेछाप, रसुवा, काभ्रे, मक

सपना पहिलो

कविता बाँकी एउटा सपना छ न सानो न ठुलो न उकालो न ओरालो न गारो न सजिलो सवैदिन वाच्न चाहान्छु ।। जन्मेको पहिलो दिन क लेखेको दिन तिमी भेटेको दिन सुहागकको दिन वा वनेको दिन जागीर पाएको दिन चितामा जलेको दिन सवै पहिलो दिनको अर्थ छ बाँकी दिन व्यर्थ गए सपना यहि छ सीक्दैछु सवै दिन पहिलो वनाउन अर्थयुक्त वनाउन । सम्झनायोग्य वनाउन । ,,,,,,,,,,,,,,,,,,,,,,,,,, ०७२ फागुन १२ गते निशु जोशी, नेपालगन्ज ।

प्रेरणा

कविता छैन सपना मीठो सपना राम्रो सपना गल्लीका हिरा चिन्नुछ कमाउनुछ केवल वाच्नु छ टुहुरो वालकका लागी तिमी के अनाथ सपना छ  जागर छ  उमेर छ ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,, ०७२ फागुन १२ गते निशु जोशी, नेपालगन्ज ।

स्वतन्त्र

कविता कुनै ठुलो सपना वोकेर जुन चम्केको होइन सुर्य उदायको होइन केवल जीम्मेवारीका लागी मात्र स्वतन्त्र चर्कीन्छ, सेलाउछ नित्यकर्म झै तिम्रो इशारा चल्दैन रीर्मोटले जस्तो आफ्नै गतिमा दौडिन्छ दिन, वार र महिना भएर आमाले व्यझाउनु भो वाले सुझाउनु भो साथीमा अल्झन भो वगीरहनुपर्ने रहेछ सुर्यजस्तै कसैसंग रीस राग द्धेष वोकेर के वाच्नु हासो लुकाएर आखीर वग्नुरहेछ जुनजस्तै निर्धक्क, निष्पक्ष, स्वतन्त्र म नारी भएर ।।। ,,,,,,,,,,,,,,,,,,,, ०७२–११–२० गते निशु जोशी, नेपालगन्ज ।