Skip to main content

Posts

Showing posts from October, 2019

परीपक्क उमेर होइन, सोच र व्यवहार हो ।

म निशु जोशी, उमेरले २४ वर्षको भए । हाल मैले पत्रकारीता गरीरहेको छु। कथा, कविता र लेखहरु लेख्न मन पर्छ र लेख्छु पनि । भिडियोग्राफिमा पनि उत्तिकै रुचि छ । मानीसहरुले उमेरका आधारमा गर्ने व्यवहारका विषयमा मेरो यो लेख केन्द्रित छ । हुन त धेरै ठाँउमा कम उमेर देखेकै कारण होच्याएर वोल्ने, काम गर्न सक्दैन कि भनेर झट्ट विश्वास नगर्ने प्रवृति हामी सबैले भोग्दै आएको विषय हो । सधै कति भोगीरहने ? कमसे कम मनमा आफूलाई लागेको कुरा पोख्यो भने मन हलुंगो हुन्छ । परीवर्तन भन्ने कुरा त समयसंग हुने कुरा हो । आफू परीवर्तन हुन सकिन्छ तर अरुलाई परीवर्तन गर्न सकिदैन भन्ने लाग्छ । यो मेरो व्यक्तिगत धारणा मात्र हो यसो नहुन पनि सक्छ । एकजना दिदिले एक वर्ष अघि भनेको कुरा दिलमै लागेको थियो । अरुले विश्वास नगरेपनि उहाँले विश्वास गर्नुहुन्छ भन्नेमा पक्का थिए । तर उहाँका व्यवहारहरुले सधै उमेरलाई लिएर हेपिरहेको महसुस भइरहेको थियो । उहाँले तिमी अझै काचैँ छौ भनेर पटक पटक भनिरहदा खील वनेर विझ्यो। तर म वोल्न सकिन । किनकि यो धेरैले यस्तो व्यवहार गरीरहने गरेकाले मलाई सामान्य जस्तै लागेको थियो । तर असाध्

सपना

कविता सपनाहरु दुस्मन हुन् रक्तबिजजस्तै जन्मिरहन्छन र लखेटिरहन्छन् जीवनभर सपनाहरु मित्र हुन् प्रकाशले साथ छोड्दापनि यिनीहरु साथ छोड्दैनन् । सपनाहरु जीवनलाई गुडाईराख्ने पैैयाहरु पनि हुन् । 😍