Skip to main content

Posts

Showing posts from April, 2020

गाँउको ठूलो रंगमन्च र कलाकार

नाटक देखाउनका लागी अन्तिम तयारी भइरहेको थियो । गाँउभरीका कलाकारहरु मीलेर वर्षमा नयाँवर्ष र दशैमा गरेर २ वटा भव्य सांस्कृतिक कार्यक्रम गर्ने गरेका थियौ । यो वर्ष अन्यबर्ष भन्दा फरक र भव्य वनाउने योजना थियो । योजना अनुसार खर्च पनि बढेको थियो । यो कार्यक्रमका लागी बजार, गाँउ, समाजसेवि, राजनीीतक दलहरुसंंग केहि रकम चन्दा पनि मागेका थियौ । केहिले कार्यक्रमको दिन कसैको नाँच या नाटक मन पराएपछि आफ्नो इच्छाअनुसारको रकम दिने गरेका थिए । केहिले माइकबाट आफ्नो नाम सुनाउनका लागी ५ देखी २ हजार रुपैयासम्म दिने गरेका थिए । केहिले भने कसैको वदनाम गर्नुपरयो भने ५ रुपैया दिएर २० जनाको नाम लिष्ट समेत दिने गरेका थिए । व्यक्तिको नाममा पैशा आएपनि क्लवको नाममा रकम जम्मा हुने गरेको थियो । यो यहि समय हो २÷४ गाँउका युवा युवतिहरु मेला हेर्न आए झै उक्त कार्यक्रम हेर्न आउथे । केटाहरु त २ घण्टा टाढाबाट समेत आउने गरेका थिए । त्यसैले व्यापार गर्नेहरु वदाम, चाउचाउ, पुकार, चुरोट लगायतका सामानहरु पोको पारेर ल्याएर अन्यदिन भन्दा राम्रो कमाई गर्थे । केहिले पुराना नचल्ने नोटहरु पनि यहि रातको मौका पारेर चलाउथे ।  दिनमा