Skip to main content

Posts

Showing posts from April, 2016

एउटा बाँकी सपना

कविता  एउटा मीठो सपना पुरा गर्नुछ मैले वषौदेखी सजाएको एउटा अनौठो सपना मैले देखेको थिए त्यो सपना बाले अक्षर रटाउदै गर्दा आमाले शव्द चटाइदिदा पठारको दुइ अंगुले वाटोमा जीन्दगी वोक्न सखीले सीकाउदा भाइसंग सीक्दा वन्चरो केलाउन दिदिले पकाएका वावर हेरेर जीन्दगी पनि वावरजस्तै वुझेथे त्यो वालापनमै गोठमा जन्मीएको मैले हजुरआमाको संस्कार हजुरवुवाको स्नेह मामाको शव्दमन्त्र र, सानिमाका साहाराको कलमले सपनाको नक्सा वनाएथे पहिलोपल्ट त्यो भुइधुलोमा सपना जन्माएथे त्यहि पहिलो अक्षरवाट इन्टरनेटवाट खाना खाने ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, april 2 nishu joshi, nepalgunj

आमाको पहिलो खुसी

कविता धुवाले ढाकिएका ओठमाथि गुलावि रंगको मुस्कान देखेको छु पहिलोपल्ट उज्याला छन् फलामजस्ता वत्तिसे दातहरु सधै चिन्तामा धम्लीरहने मन सम्लीएको छ आज तोरीको तेलजस्तो देख्दैछु पहिलो पल्ट यति खुसी धेरै खुसी रस निचोरीएका कागति जस्ता गालामा जालो लागेका आखाँमा उन्मात खुसी भरीएको छ तप्प आसुले कागज रुझेपछि परदेशी यो मरभुमी ओेसीलो लाग्यो वैशाखी भन्दा कलम वनेछ साहारा वैनिको लेखाई, कृतित्वले दिएका मोतिहरु वेचेर पाता लागेछ छाप्रोमा टिनको टुंगो लागेछ वर्षौदेखीको रीण बाँले प्राण त्यागेर फर्काउन नसकेको जमीन आज हाम्रै भएको कागज प्रमाण वनाइछ उसले सवैले काम नलाग्ने भनेर थन्काइएकि भगवानको श्राप लागेको भनेर मील्काएकि सात भाइपछि जन्मीएकी हिराले खुसी दिइ छ आमालाई वैनिले पठाएको खवर यस्तो पाए आमाले खुसी वाड्न अव घर फकर्न यो खुसीको खवर पठाएकि रहेछिन् म त परदेशमा शरीर पेलेर जुस वनाउदै छु भाइहरु खै कता छन् तर म यहाँ कहिल्यै घर नफकर्ने गरी यो मरभुमीमा ठगीएको छु, आफन्तवाटै ।। ,,,,,,,,,,,,,,, २०७२–१२–२४,,,,,,,,,,,,,,,,,,, nishu joshi , nepalgunj