Skip to main content

Posts

Showing posts from June, 2016

राम्री

राम्री उ सधै मानअधिकारको कुरा गरीरहन्छे । उसका लेखहरुमा पनि महिलाको न्यायका सवालमा धेरै कलम चलेका छन् । सवैले उसलाई टयालेन्ट लेडि भन्छन् र चिन्छन पनि । तर मैले नजिक वाट राम्ररी नियाल्न पाएको भने छैन् । आज रजनिको वर्थ डे । पार्टिमा हामीलाई पनि निम्तो थियो । उ र म पनि जादै थियौ संगै । यो पहिलो रमाइलो यात्राको आरम्भ सुरु हुन लागेकोमा मन खुसी थियो । धेरै कुरा सीक्न मन थियो उ वाट । म त सादा पोशाकमै थिए । वल्लतल्ल जागीरको तलवले किनेको हिल लगाएको थिए । उसले भने रातो सारी र छपक्कै गहना लगाएर आएकि थिइ । कुनै डाहाँ थिएन मलाइ उसको । उ सोध्थी घरीघरी म कस्तो देखीएको छु भनेर । म हासोको जवाफ फर्काउथे । उसले लाएका पुराना चप्पल मलाई दिइ र भनी । कस्तो राम्रो तिम्रो हिल त रु तिम्रो सादा कपडामा सुहाउदैन मलाई सुहाउछ म लगाउछु । ,,,,,,,,,,,,,,,,, २०७३–३–५ गते आइतवार ।।।।।।।।।।।

न्याय

निशु जोशी जव सडकमा गाडिहरु गुडेको देख्छु या त भनौ विजुलीको विल, मोवाइल रीचार्ज लगायत यस्तै यस्तै जतिपनि निर्जीव चिजहरु जति देख्छु लाग्छ यी कति महान छन् । जो सधै एक अर्कालाई न्याय दिइरहेका छन् । हो न्याय । न्याय भन्नेवित्तिकै एउटा मान्छेले वरावर भएको तराजु वोकेको चित्र मेरो मष्तिष्कले देख्छ । जो मैले वाल्यकालदेखी पढेको चित्र हो । तर जीउदो प्राणिले भने यो भोगेको देखेको छैन । माथिका तिनै चिज मोवाइल रीचार्ज, विजुलीको विल । जो निर्जीव छन् । निर्जीव भएर पनि सधै न्यायको तराजुमा वरावर छन् । जस्तो जवसम्म मोवाइलमा रीचार्ज गरीदैन तवसम्म मोवाइलले फोन कनेक्ट गर्दैन । विजुलीको विल जवसम्म तिरीदैन तवसम्म वल्दैन । अझ भनौ जवसम्म डिजेल र पेट्रोल खान पाउदैन तवसम्म गाडि पनि गुड्दैन । यीनिहरु जति लिन्छन् त्यति नै दिन्छन् । अर्थात यीनिहरुमा हिसाव किताव वरावर छ । एक अर्काले न्याय पाएका छन् । तर जसमा प्राण छ के तिनीहरुले यस्तै वरावरीको न्याय पाएका छन् ? छैनन् । कदापि छैनन् । त्यहि न्याय नपाएकाले यो विद्रोह र अशान्ति छ । ठुलाले सानालाई सधै अन्यायमा पारीरहन्छन् । सानाहरु सधै चुप वसीरहन्छन् । उनिहरु व

शहर

कथा                                                          –निशु जोशी उ खीस्स हाँसी  । वाउको काखमा वोडिको त्यान्त्रा झै दुइटा कलिला हातहरु भुइतिर झुन्याएकी थिए । ए वि सी कुरमुरेको हरीयो प्लास्टीक च्यापेको थियो उसको वाँया हातले दायाँ हातभरी नुन खुर्सानि लतपतिएको थियो । मैले देखे उसका आखाँहरुले आराम खोजीरहेको । ध्यन भंग भयो साउजिले विल दिएपछि । साउजिले दिएको सामानको पोकाको वदलामा मैले पैशा दिए । र घर जानलाई दुइपाइला उचाले ।     त्यो वालापनमा आखाँ लाउन मन लायो । मेरा वालाई सम्झीए । वालापनमा मेरा वा पनि यसरी नै मलाई पिठ्युमा वोकेर चार्हादा हुन चिया पसलमा । झलझली याद आमा र वाको सम्झना दिलायो यो दृश्यले । वाआमा गाँउमै छन् । यो सहरका लागी म नयाँ छु । भिज्दै छु सहरसंग ।  वाटो रोकेर उसको वाले केहि भन्न खोजीरहे जस्तो लाग्यो । निकै हडवडाइरहेका थिए उनि । वाइकमा उभिएर छोरी हातमा समाएर सामान हातमा थमाउदै थिए । छोरी निन्द्राले लत्रक निउरीन्थी, उनि छोरीलाई सम्हाल्थे फेरी सामान मीलाउन खोज्थे फेरी छोरी निदले लत्रिन्थी ।  साहारा मागे मसंग । कोठामा दाल, तरकारी, नुन सवै सकिएको थिय

घाम

घाम लाग्न सक्छ, वादल आउन सक्छ फेरी आकाश रंगीन वनाउन सक्छ जसले जीन्दगीको भरै लाग्दैन भन्छ प्रश्न, उसैले कसरी हसाउन सक्छ ? जवाफ शैयावाटै, जीवन फूल्छ त्यहाँ हरेक पीडामा जो मुस्कुराउन सक्छ आउ संवै मुस्कुराउ दुःखहरुवाट जस्ले जीवन सार्थक वनाउन सक्छ । ,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज . २०७२–१–२३ गते

काफल

आमा चर्को गर्मीमा पसीना पुछिन च्यातिएको गुन्युको फेरले पुरानो वाँसको डोको लिएर काफल वेच्दै गरेकि एक आमा दिनभरी पछि वल्ल तल्ल व्यापार हुदा मुसुक्क मुस्कुराइन अनुहार देखाएर एक्कासी ..... काफल छरीयो यी हातवाट यहि काफल वेचेको पैशाले महंगो होष्टेल पढाइछिन छोरोलाई खल्तीमा जम्मा गरेकि आमाले १, १ पैशा पनि आफुले खाइ नखाइ लाइ नलाई चोरेथ्यो छोरोले त्यहि पसीना फर्कि आउदा एक विद्धानले आमा सम्झेर आसु खसाल्दै भन्यो आमालाई सुख कहिल्यै दिएन म त निर्दयी त्यहि छोरो रहेछु यी एक आमा मेरै आमा रहेछिन् । ,,,,,,,,,,,,,,,, 2072-1-24

आशा

कविता हलि हलो जोतिरहेछ दशकदेखी तर पनि जीवनमा खुसी भेटेको अनुभव छैन । जातो, ढिकि गरीरहेछिन् पहरा चढिरहेछिन् पसीना वगाइरहेछिन् तर पनि नाति अघाउदैन भन्छिन् हजुरआमा । जीउदो भएझै लाग्न थालेको वर्षौ भो आशाको एक त्यान्द्रोमा प्राण वाचेको छ आमाको । द्धन्द्धमा हराएका हुन रे हजुरबा आँखावाटै प्राण भर्ने आशामा परदेशीएका बा परदेशवाट । आजभोली यी ढुंगे जमिनमा अन्न फल्न छोडिसक्यो मुहान सुके पानी छैन जमीन बाँझो भो उव्जनि छैन छ त केवल दुःख, आसु र एक त्यान्द्रो आशा । उमेर चलीरहेछ तै पनि पसीना वगीरहेछ जागर चलिरहेछ हिजोजस्तै । ए सरकार, आशा त के गर्नु तिमीसंग न तिमी सपना देखाउछौ न सपना पुरा गर्ने वाटो देखाउछौ एक क्षण खुसी पाउने आशमा बाँचेका तिम्रो उचाइ उचालेर थामेका यी जगहरुलाइ युगौ जिउने कला त सीकाइदेउ या कि गुमाइएको सासको आसमा तिमी आफै वाच्न नपरोस् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,२०७३–२–२१,,,,,,,,,,,,,,,,,,, निशु जोशी नेपालगन्ज ।

विउ

कविता विउ आज अकेली छैनन् नन्नकला तै पनि हिजो जस्तै गम्भीर, शान्त र शालीन छ त्यो भिड च्यातिएका घरका भित्तामा सपना झुण्डाइएका छन् पटुकिको फेरमा वाधेर मुन्तिर नदि वगेको छ  घर वगर तिर्खाएका छन् र लुटिएका पनि त्यसैवाट यसपाली पानी परेन मकै फलेन  चराले खायो वगरमा छरेको धानको विउ मुसाले सीद्यायो जमीन मुनिको विउ द्धन्द्धमा खुट्टा गुमाएकि श्रीमति लाई  मनले हेरे र आखाँ गुमाएका गुमानेले परदेशवाट आएको रातो वाकस देखाउदै भने खडेरीमा,  वुढेशकाल  र  अनिकालमा  विउ जोगाउन सकियन  न धानको न ज्यानको ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, निशु जोशी २०७३–३–१४ गते