Skip to main content

Posts

Showing posts from January, 2016

Peace (शान्ति)

I want peace I am careful not to harm anyone I don't want to be harmed by others But also Others continue to harm me They say that they have been harmed by me   I want peace I am careful not to harm anyone But even I up There are allegations of causing harm I want peace. ,,,,,,,,,,,,,,,,,,,, म शान्ति चाहान्छु कसैलाई मबाट हानि नहोस् भनेर सजक छु अरुबाट मलाई पनि हानी नहोस् भन्ने चाहान्छु तर पनि  अरुले मलाई हानी पु¥याइरहन्छन् मबाट उनिहरुलाई हानी पुगेको बताउछन् म शान्ति चाहान्छु कसैलाई मबाट हानि नहोस् भनेर सजक छु तर पनि म माथि  हानी पु¥याएका आरोप लागीरहेका छन् म त शान्ति चाहान्छु ।

देशको आवश्यक्ता इच्छाशक्ति

विचार                                         –निशु जोशी,नेपालगन्ज ०७२–९–२५ गते देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ?  देश  सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुप¥यो झन्दै ४ महिना  ।  हरेक चिजको अभाव सृजना भयो ।  अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो ।  पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो । गीद्धले कतिवेला ज्यान जाला र खाउला भनेर कुरेर वसेको आभाष भयो । व्यर्थमा देशभरका झन्डै ५० जना सर्वसाधारणले ज्यान गुमाए । नाका सहज हुन थाल्यो तर अभाव भने कायमै छ । अव यो समयमा देशलाई कुनै नेताको खाचाँे छैन् । मात्र इच्छाशक्तिको खाचो छ । सवैको साथ सहयोगको खाचोँ छ  । एक्लैले त केहि गर