Skip to main content

Posts

Showing posts from December, 2015

सम्वन्ध

Poem Relationships are not false Even those who love are not liars   Relationships are many The way to love is the same   Relationships are not false Instead, those who survive in a showy relationship are liars. ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, सम्बन्धहरु झुटा हुदैनन् प्रेम गर्नेहरु पनि झुटा हुदैनन् सम्बन्ध अनेक हुन्छन् प्रेम गर्ने तरीका एउटै हुन्छ सम्बन्धहरु झुटा हुदैनन् बरु देखावटी सम्वन्धमा बाँचेकाहरु झुटा हुन्छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज २०७२ साल मंसीर २८ गते

Soil (माटो)

Poem  My head is Mount Everest This is where the light begins Rivers flowing from the mountains Tarai fields are green and pearls are hanging On this soil As long as Nepal is a mother's blessing You don't have to bow your head You don't have to dance under anyone's direction This is the history of Gorkhali Selfishness is in the people here Who are thinking only for themselves   But I will not forget my religion This is the culture I have learned. ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, मेरो शिर हो सगरमाथा यहिबाट उज्यालो सुरु हुन्छ हिमालबाट वगेका नदिले तराईका फाँट हरीया हुन्छन् मोति झुल्छन् यो माटोमा नेपाल आमाको आर्शीवाद रहुन्जेल शिर निहुराएर झुक्न पर्ने छैन कसैको इसारामा नाच्न पर्ने छैन इतिहास यहि हो गोर्खालीको स्वार्थ त यहाँका मानीसहरुमा छ जो आफ्नो लागी मात्र सोचिरहेका छन् तर म मेरो धर्म भुल्ने छैन मैले सिकेको संस्कार पनि यहि हो । .........................

जीन्दगी वन्दागोपी

लेख      विचारले समाजको निर्माण भएको छ । हरेकको आ–आफ्नै विचार छ, तर्क छ । जो जस्तो वातावरणमा जन्मेको छ उसले त्यहि सीकेको छ । जसले जे सीकेको छ, जे जानेको छ उसले अरुलाई त्यहि सीकाउने न हो । जीवनमा आफुलाई जे सहि लाग्छ त्यहि गर किनकी जीवन स्वतन्त्र छ ।  जीवन यतिवेला सार्थक हुन्छ जतिवेला हामी आफ्ना काम वाट सन्तुष्ट हुन्छौ । सायद त्यसैले होला मानीस असन्तोषी प्राणी भएको । हरेक कुरामा असन्तोस भएर सन्तोष प्राप्त गर्न उ लागीरहन्छ निरन्तर । निरन्तर र अथक प्रयासपछि पो उसका जीन्दगीका अनेकौ वाटोहरु खुला हुन्छन् । जसले सहि मार्ग छुट्याउन सक्छ उहि त पुग्न सक्छ गन्तव्यमा होइन र ? त्यसका लागी तिमी हिड्नु पर्छ निरन्तर अदम्य साहास, धैयर्ता, लगनशिलता र मिहिनेत वोकेर । जीन्दगीका हरेक पाना पल्टाउनुछ वाटो तय गरेर हिड्नु छ ।   जीन्दगी त वन्दागोपी जस्तै छ  किनकी रहस्य जान्न जति गोपीका पत्ता झीक्दै गइन्छ, सवै पत्ताहरु निकालीन्छन् तर त्यसको टुंगो भेटिदैन् । जीवन पनि यहि हो । कुनै एक सायरले भनेका छन् नी “ जीन्दगीलाई विश्लेषण गर्न छोडिदेउ, जीउ मात्र¨ हो, ठिक यसै गरी तिमी पनि जीन्दगीलाई कुनै मीठो हुन

फेसवुक वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड 2

लेख                         फेसवुक एकै ठाँउमा रहेर हजारौँ सँग एकै चोटि वार्तालाप गर्न सकिने सञ्चार माध्याम नै सोसल मिडिया हो । यो एउटा यस्तो संचार माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनिसजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो ।  अहिले शहर देखी गाँउका कुनाकाप्चा केन्दितको माध्याम समेत वनेको छ ।संसारमा सोसल मिडियाले धेरै अहम भुमिका खेलिरहेको छ । सोसल मिडिया टुलहरु हुन् फेसवुक, टुईटर, युटुब, वोर्डप्रेस र यस्तै अरुसयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचितसोसल मिडियाको एक प्रविधि हो । एक तत्थ्याङ्कका अनुसार अहिले १ अर्ब भन्दा मानिसहरुले धेरै जसो दिनहुँ सोसलमीडियाको प्रयोग गर्ने गरेको अध्यायनले देखाउछ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ । अहिले १३ लाख नेपालीहरुले फेसबुकको प्रयोग गर्ने गरेको पाईएको छ । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको पनि छ । यसको प्रयोग गर्नेहरु मध्य करिब ६९५ पुरूष छन् भने ३१५

चंगा

p oem अन्याय विरुद्ध वोल्न सीकाउछु न्यायीक युद्धको विर बनाउछु कहिले पारीजात त कहिले नाइटिङगेल लक्ष्मी, विपि वनेर समाजसेवा, कहिले सहिद वनोस उडोस गगनचुम्वी आकाशमा चंगा वनेर, धागो चुडाएर । म वोल्दिन मुख फोर्दिन आफुभन्दा ठुलासंग मेरी आमाले सीकाएको संस्कार यहि हो  लोग्नेको घर गएपछि  विहानै ४ वजे उठ्नु , ढिकी कुट्नु , जातो पिस्नु भैसी दुहुनु , पर्सो साहोर्नु, आगन पोत्नु , जुठो माझ्नु सासु–ससुरा, पति देवता समान ख्ुाट्टा ढोग्नु , जल खानु नित्य झुक्नु , कम वोल्नु आमाका यी अर्तिहरु आज यहाँ ठोक्किएछु  यो एक्काइसौ सताव्दिकी आमा वनेर म वस्दिन यी सर्त छोरीलाई सीकाएर  छोरी, उडोस गगनचुम्वी आकाशमा चंगा वनेर, धागो चुडाएर ।

देवकोटा

तिमी मुस्कुराउ ती ओठहरुले मुस्कान चाहेका छन् मुस्कानै त हो संसारलाई जित्न सक्ने सम्झ आखाँ वन्द गरी विराट त्यो कविलाई उ मुस्कुरायो ढुंगावाट खसेर पनि मस्त निदायो वर्खे झरीमा पनि पुस माघको कठ्याङग्रीने जाडोमा फाटेको पुरानो कोटले हिउ छेक्नु थियो तर देवकोटाले यहि न्यानो माग्नेलाई सुम्पीयो उ पनि त मुस्कुराएको थियो  लक्ष्मीले कहिल्यै साथ दिइनन् र पनि देवकोटा खोक्रो नाममा हासीरहे  अभावमै वाचिरहे,  मुस्कुराउनु छ तिमीले पनि यसैगरी विर्सेर सारा अभाव हिन्नु छ एक कदम  तिमीले त गास, वास कपास पाएका छौ र पनि तिम्रो ओठमा मुस्कान छैन  तिमी पनि मुस्कुराउनु छ यसरी चिरेर दुखलाई देवकोटा जसरी ।। ...................................

खुसी पाइदो रहेछ सानो प्रहरमा

असली हीरा नचीनीने यो शहरमा सपना संगै उड्छन् सवै रहरमा आखीर जीन्दगीको यहि रहस्य मीठो खुसी पाइदो रहेछ सानो प्रहरमा ,,,,,,,,,,,,,,,,,,,,,,2072 -7-30,,,,,,,,,,,