Skip to main content

Posts

Showing posts from April, 2017

परीणाम

कविता  आगनको मलीलो जमीन मासेर ठुलो वुवाले एक सय सीँसौको रुख रोप्नुभो छिमेकीले हकार्नु हकारे जमीन मास्यो भनेर आज २१ वर्षपछि आगन हराभरा छ रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । तल्लाघरे धनेस वाजेले भीरमा डोजर लगाए भीरलाई जमीनमा वदले सीचेँ पसीनाले र फलाए हरीया पैशाका वुटाहरु ८ वर्षदेखी उनी यी वुटाहरु वेचेर १२ जनाको जीवन खुसी राखेका छन् । यी त हरीया जीवन हुन् हजूर  । । सुकेका कथाको पहिलो पात्र, पल्लाघरे फुपाजु आज पनि वम्वइ छन् नेपालमा उनको विघौ जमीन वाँझो छ उनि वम्मइमै वस्न रुचाउछन् ५० वर्षदेखी चौकीदारी गरीरहेछन् उनि भन्छन् खेत जोत्ने सीप छैन,चौकिदार मै खुसी छ भारतको नागरीता पनि पाइसके, परदेश नै घर लाग्छ, घर परदेश जस्तो । अझ सुक्दै गएको अर्को पात्र, राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे यो त उसको नियमीत काम हो तर अचानक उ अखवारको पहिलो पृष्ठमा समाचार वनिछ सुकेको पात्र, पखाला लागेर अस्पतालमा पालो कुर्दाकुदै सुनिता पनि अखवारको समाचार वनिछ । रुख ढलेपछिको पात्र, छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर अरु छिमेकीहरुले आग