Skip to main content

Posts

Showing posts from May, 2016

नयाँ वर्ष

क विता  म हरसाल आउछु यहि ठाउँमा उभिन्छु यो वर्ष आएको छैन रीत्तै हात जागीर खाएर कोसेली ल्याएर म जन्मीदा उनै सोडिनी धोति लाउने रहर छ रे मैले दिएको पोहोरसालको शुभकामना यहि थियो उनको हरसालको शुभकामना पुरा हुन्छ पहिलो शुभकामना उनैवाट लिन्छु र दिन्छु आज पनि उर्लेर आको छु यहि डिलमा उभिन्छु सेल पकाउदै होलीन नयाँ वर्षका लागी हरेक साल यसरी नै शुभकामना दिन्छीन नयाँ वर्षको त्यसैले मलाई वैशाखको पहिलो दिन उज्यालो लाग्छ, खुसी लाग्छ उन्मात खुसी हुन्छु र त प्रत्येक वर्ष शुभकामना वाड्न आउछु उनका यी उजाडिएका जमीनमा मेरी आमाभन्दा जेठि केस फुलेकी सखी कहिले गाली गर्छिन कहिले सम्झाउ छिन मेरै भलाइका लागी उनि दुखी थिइन क्यान्सरले खाइसक्यो भनेर मन वाधेको थियो औषधिले भन्थिन शुभकामनामा मन्त्रि वनेस क्यान्सर अस्पताल वनाएस म जस्ताको लागी ।। उनि निस्कीनन आधी घण्टासम्म सुनसान घरवाट छोरीहरुका लस्कर छैनन आज सुन्य छ उनको १२ औ कोखवाट वल्लतल्ल्ल निस्केको खुसीले भन्योे आमा उपचारमा जानुभाछ आउनुहुन्छ रे अनि दिनुहुने छ गतवर्ष जस्तै शुभकामना ।। तर होइन रहेछ छोराले भनेजस्तो उनलाई त भुकम्पले लगेछ त्यो नयाँसालले ।। ,,,,,,

कवि

कविता उ आउछ खाली खुट्टा अशान्त भिड शान्त हुन्छ रंगीन महलका  रंगीन चेहेरालाइ सुनाउछ कहानी आखाँ रसाउछ वज्छ ताली पर्रर पर्दा अगाडि कवि वन्छ जव पर्दा पछाडि जान्छ अक्षर किनेको रीणले पर्छाछ मसी भित्र जीवन डुव्छ तै पनि आफुलाई कवि सम्झेर मुसुक्क मुस्कुराउछ ।  हरेक दुखमा उ मुस्कुराउछ आफुलाइ कवि सम्झेर ..... ,,,,,,,,,,,,,,,,,,, 2073-1-15 निशु जोशी, नेपालगन्ज ।