सडकमा चिच्याउदै छ कोहि मेरै नाम लिएर
सुने झस्किएर , हेरे पछि उसैतीर फर्कीएर
भिख होकी जागीर वुझीन उसको कोडभाषा
अन्योल छु फर्किउ कसरी उसलाई के दिएर
चढाउनलाई प्रसाद आयु, सहयोग छ बाकी
भन्दै थिए चिच्याउदै गयो वाटैवाट तर्कीएर
एकसुर भइ पाइला चाले ठोक्कीर अडिएछु
देश जपेर भेष वदल्दै आयो फेरी आत्तिएर
सोचे, एउटा चित्र दुनियाभित्र देखेर विचित्र
हास्यो आफैलाई हेरी उनले पागल भन्दिएर
निशु जोशी
नेपालगन्ज
२०७२–५–२२ गते मंगलवार