कविता
कतिन्जेल वाच्छौ खोक्रा वचन दिएर
झुटो वोलेर
वल्दैनन् तिम्रा ओभाना चुल्हाहरु
आखाँ अघिको खुसी कुल्चेर
क्षितिजपारीको खुसीको लागी
संगैका आत्मा तड्पाएर के खुसी मिल्ला ?
चन्द्रमामा दाग हुन्छ भन्छौ आफै
त्यहि दाग हटाउन चन्द्रमा हटाउदैछौ,
विगे्रको घर वनाउनु महानता भन्छन्
सप्रेको घर विग्रेपछि आत्मग्लानी नहोस् ।।
.................. २०७२ श्रावण १५ गते.............