कविता
तिम्रो लातले एउटा पर्खाल मात्र भत्काएको होइन
त्यो पर्खाल ठड्याउने छाति भत्काएको हो
भूइमा बजारीएर नै यी हातबाट संगीत निस्किन्थ्यो
त्यै संगीत सुनेर तिम्रो जीवन हरीयो भयो
सुकेको तिम्रो पुर्खाको विरुवालाई
मेरै पुर्खाले पसिनाले सिँचेर हरीयो बनाए
मेरो यै पातलो शरीरले हावाहुरी छेकेर
तिमीलाई तिमी वनाए
यो शरीरमा देखीएको मैलो होइन
त्यहि हुरीले छ्यापेको धुलो हो
मेरै पसिनाले सिँचेको हो तिम्रो हरीयो जमीन
जहाँ फलेका छन् पैशाका बुटाहरु
त्यै पैशाको विटो बोकेर तिमी तिमी वनेका हौ
तिमी तिमी वन्नु र म म रहनुमा फरक छ
पसिनाले सिँचेर मात्र होइन
हत्केलाले तिम्रो मासुम चेहेरा मुसारेर मात्र होइन
तिम्रो गोबर सोहोरेर मात्र होइन
तिमी तिमी वन्नुमा मेरो पुर्खाको लगानी छ
तिम्रो पसिना पोखीएको भए
यो माटोमा तिम्रा पाइला पर्ने थिएन
तिम्रो माया पोखीएको भए यो छातिमा
तिम्रो पाइलाले बजारीने थिएन
सम्वन्ध भनेको जन्मदिनु मात्र होइन
आफ्नो हुनु मात्र होइन
जीन्दगी नै लगानी गर्नु पनि हो
निभ्न लागेको दियो जोरले बल्यो
यो बल्नु बल्नु मात्र थिएन
कसैको जीन्दगी बाल्नु पनि थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,, २०७२ भदौ १९ गते । ,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।
तिम्रो लातले एउटा पर्खाल मात्र भत्काएको होइन
त्यो पर्खाल ठड्याउने छाति भत्काएको हो
भूइमा बजारीएर नै यी हातबाट संगीत निस्किन्थ्यो
त्यै संगीत सुनेर तिम्रो जीवन हरीयो भयो
सुकेको तिम्रो पुर्खाको विरुवालाई
मेरै पुर्खाले पसिनाले सिँचेर हरीयो बनाए
मेरो यै पातलो शरीरले हावाहुरी छेकेर
तिमीलाई तिमी वनाए
यो शरीरमा देखीएको मैलो होइन
त्यहि हुरीले छ्यापेको धुलो हो
मेरै पसिनाले सिँचेको हो तिम्रो हरीयो जमीन
जहाँ फलेका छन् पैशाका बुटाहरु
त्यै पैशाको विटो बोकेर तिमी तिमी वनेका हौ
तिमी तिमी वन्नु र म म रहनुमा फरक छ
पसिनाले सिँचेर मात्र होइन
हत्केलाले तिम्रो मासुम चेहेरा मुसारेर मात्र होइन
तिम्रो गोबर सोहोरेर मात्र होइन
तिमी तिमी वन्नुमा मेरो पुर्खाको लगानी छ
तिम्रो पसिना पोखीएको भए
यो माटोमा तिम्रा पाइला पर्ने थिएन
तिम्रो माया पोखीएको भए यो छातिमा
तिम्रो पाइलाले बजारीने थिएन
सम्वन्ध भनेको जन्मदिनु मात्र होइन
आफ्नो हुनु मात्र होइन
जीन्दगी नै लगानी गर्नु पनि हो
निभ्न लागेको दियो जोरले बल्यो
यो बल्नु बल्नु मात्र थिएन
कसैको जीन्दगी बाल्नु पनि थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,, २०७२ भदौ १९ गते । ,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।