तिमी मुस्कुराउ
ती ओठहरुले मुस्कान चाहेका छन्
मुस्कानै त हो संसारलाई जित्न सक्ने
सम्झ आखाँ वन्द गरी विराट त्यो कविलाई
उ मुस्कुरायो ढुंगावाट खसेर पनि
मस्त निदायो वर्खे झरीमा पनि
पुस माघको कठ्याङग्रीने जाडोमा
फाटेको पुरानो कोटले हिउ छेक्नु थियो
तर देवकोटाले यहि न्यानो माग्नेलाई सुम्पीयो
उ पनि त मुस्कुराएको थियो
लक्ष्मीले कहिल्यै साथ दिइनन् र पनि
देवकोटा खोक्रो नाममा हासीरहे
अभावमै वाचिरहे,
मुस्कुराउनु छ तिमीले पनि यसैगरी
विर्सेर सारा अभाव हिन्नु छ एक कदम
तिमीले त गास, वास कपास पाएका छौ
र पनि तिम्रो ओठमा मुस्कान छैन
तिमी पनि मुस्कुराउनु छ यसरी
चिरेर दुखलाई देवकोटा जसरी ।।
...................................