poem
अन्याय विरुद्ध वोल्न सीकाउछु
न्यायीक युद्धको विर बनाउछु
कहिले पारीजात त कहिले नाइटिङगेल
लक्ष्मी, विपि वनेर समाजसेवा,
कहिले सहिद वनोस
उडोस गगनचुम्वी आकाशमा
चंगा वनेर, धागो चुडाएर ।
म वोल्दिन
मुख फोर्दिन आफुभन्दा ठुलासंग
मेरी आमाले सीकाएको संस्कार यहि हो
लोग्नेको घर गएपछि
विहानै ४ वजे उठ्नु , ढिकी कुट्नु , जातो पिस्नु
भैसी दुहुनु , पर्सो साहोर्नु, आगन पोत्नु , जुठो माझ्नु
सासु–ससुरा, पति देवता समान
ख्ुाट्टा ढोग्नु , जल खानु नित्य झुक्नु , कम वोल्नु
आमाका यी अर्तिहरु
आज यहाँ ठोक्किएछु
यो एक्काइसौ सताव्दिकी आमा वनेर
म वस्दिन यी सर्त छोरीलाई सीकाएर
छोरी, उडोस गगनचुम्वी आकाशमा
चंगा वनेर, धागो चुडाएर ।
Comments
Post a Comment