Skip to main content

जीन्दगी वन्दागोपी

लेख   

 विचारले समाजको निर्माण भएको छ । हरेकको आ–आफ्नै विचार छ, तर्क छ । जो जस्तो वातावरणमा जन्मेको छ उसले त्यहि सीकेको छ । जसले जे सीकेको छ, जे जानेको छ उसले अरुलाई त्यहि सीकाउने न हो । जीवनमा आफुलाई जे सहि लाग्छ त्यहि गर किनकी जीवन स्वतन्त्र छ ।  जीवन यतिवेला सार्थक हुन्छ जतिवेला हामी आफ्ना काम वाट सन्तुष्ट हुन्छौ ।

सायद त्यसैले होला मानीस असन्तोषी प्राणी भएको । हरेक कुरामा असन्तोस भएर सन्तोष प्राप्त गर्न उ लागीरहन्छ निरन्तर । निरन्तर र अथक प्रयासपछि पो उसका जीन्दगीका अनेकौ वाटोहरु खुला हुन्छन् । जसले सहि मार्ग छुट्याउन सक्छ उहि त पुग्न सक्छ गन्तव्यमा होइन र ?

त्यसका लागी तिमी हिड्नु पर्छ निरन्तर अदम्य साहास, धैयर्ता, लगनशिलता र मिहिनेत वोकेर । जीन्दगीका हरेक पाना पल्टाउनुछ वाटो तय गरेर हिड्नु छ । 
 जीन्दगी त वन्दागोपी जस्तै छ  किनकी रहस्य जान्न जति गोपीका पत्ता झीक्दै गइन्छ, सवै पत्ताहरु निकालीन्छन् तर त्यसको टुंगो भेटिदैन् । जीवन पनि यहि हो ।

कुनै एक सायरले भनेका छन् नी “ जीन्दगीलाई विश्लेषण गर्न छोडिदेउ, जीउ मात्र¨
हो, ठिक यसै गरी तिमी पनि जीन्दगीलाई कुनै मीठो हुने मीठाई सम्झेर नकोट्याउ, यस अर्थमा साह्रै चह¥याउने घाउ पनि नसम्झ । कि न की यो रहस्य यस्तै छ, यहि रहस्यको उद्घाटन गर्नुपर्नेछ तिमीले । किन हार मानीरहेछौ आफै संग । 

यो निश्चीत छ तिमी कुनै विन्दुमा पुगेर विलीन हुनेछौ यो धरती वाट एक दिन । तिम्रो योजना त व्यर्थ छन् । किन की तिम्रा योजना की त समयसंग चल्न सक्नुपर्छ, की समयलाई चलाउ सक्नुपर्छ । 

समय आफ्नै वशमा चलिरहेको छ । पछाडी फर्केर हेर त हिजो के थियो आज के छ अव के थाहा छ र भोलि के हुने छ ? 

किन समाजलाई दोष दिएर समय खेर फालीरहेका छौ । हेर त, यहाँ तिम्रै उमेरका युवाहरुलाई । जो जाड, रक्सी, चुरोट खैनि , मध्यपान धुमपान गर्छन् , पढाइमा ध्यान छैन, वरालीन्छन्, बुबा–आमा समाज लाई हैरान पार्छन् तिमी त मीहिनेति छौ, जागीर गर्छो, खाली समयमा सीर्जनशिल वनेर सीर्जना गरीरहन्छौ । 

हेर तिमी संग सीप छ, जागर छ, अभिव्यक्ति छ ।  यो खाली समयमा उपन्यास लेख, अन्य लेखनी पनि लेख, किनकी लेखनमा नीखारता आउनुका साथै जीवन्त पनि रहि रहन्छ । आज तिमीले २१ वर्षमा लेखेका तिम्रा अभिव्यक्तिहरु भोलि तिमी ७० वर्षको हुदा पनि ताजै रहि रहनेछन् । मनमा लागेका कुराहरु लेख । जो लेखाइले तिमी जस्तै जीन्दगीदेखी हरेस खानेहरुका लागी प्रेरणा वन्न सकुन् । यो संसारमा मरी लानु के छ र ?
तिमी आफ्नो प्रगतिका लागी यसरी समाजलाई वाधक नवनाउ । हिजोको तिम्रो प्रधानमन्त्रि वन्ने सपना खै ? हेर आज विद्या भण्डारी नेपालको इतिहासमा पहिलो महिला राष्टपति वन्नु भयो । उहाँको के यो योजना हो त ? 

योजना विफल हुन पनि सक्छ तर हामीले आखाँ अगाडिका समस्यालाई पो समाधान गर्न सक्नु पर्छ । त्यो पो महानता हो । हरेक कुरा आफै वन्छ चिन्ता नगर । प्रगति गर्नका लागी दुनियाका कुरा नसुन । दुनियाले त के के भन्छ भन्छ ।

समाज गलत छ भनेर मैले भन्न खोजेको भने कदापी होइन तर समाज सधै आफ्नै वाटोमा हिडिरहेको छ । समाजलाई वास्ता गर्न छोडिदेउ दुनीयाका नियम कानुुन मान्न छोडिदेउ ।

 तिमी सहि छौ यदि तिमीले कसैको अहित हुने काम गरेको छैनौ भने । वरु हिड सधै आफ्नै उद्येश्यमा । पुग्नुछ माथी चन्द्रमामा । 
हो अघि वढ्न गाह्रो छ तर सधै गाह्रो भनेर पाइला नउचाल्नेहरु कहा अघि वढ्न सक्छन् र? तिम्रो मनलाई जे लाग्छ तिमि त्यहि गर कि न की त्यहा आत्म सन्तुष्टि प्राप्त हुन्छ । 

 तिमी समाजको हितमा हिडिरहेका छौ भने हिड् हिड्ने मान्छे पुग्छ अवश्य आफ्नो लक्ष्यमा । शिखरमा पुग्नलाई हिड्नुपर्छ । हेर त आज फ्लोरेन्स नाइटिङ्गेल ले समाजले जे भने त्यहि मानेको भए असल स्टार्फ नर्स वन्ने नै थीइनन् । अमर्यादित कहलीएको नर्स पेशालाई मर्यादित तुल्याइन् । आज पारीजात साहित्यकार वन्ने नै थिइनन् उनले कलम नचलाएको भए । त्यस्ता उदाहरण थुप्रै छन् । आज जसले जस्तो व्यवहार देखाए पनि भोली रंगमन्चमा तिमी उभिदा सवैले तिमीलाई नै हेर्नेछन् । वा वा भन्नेछन् । तिमीले आmैले वनाएको वाटोमा तिमी जस्तै महान वन्न खोज्नेहरुले प्रेरणा पाउनेछन् ।


Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...