लेख
विचारले समाजको निर्माण भएको छ । हरेकको आ–आफ्नै विचार छ, तर्क छ । जो जस्तो वातावरणमा जन्मेको छ उसले त्यहि सीकेको छ । जसले जे सीकेको छ, जे जानेको छ उसले अरुलाई त्यहि सीकाउने न हो । जीवनमा आफुलाई जे सहि लाग्छ त्यहि गर किनकी जीवन स्वतन्त्र छ । जीवन यतिवेला सार्थक हुन्छ जतिवेला हामी आफ्ना काम वाट सन्तुष्ट हुन्छौ ।
त्यसका लागी तिमी हिड्नु पर्छ निरन्तर अदम्य साहास, धैयर्ता, लगनशिलता र मिहिनेत वोकेर । जीन्दगीका हरेक पाना पल्टाउनुछ वाटो तय गरेर हिड्नु छ ।
जीन्दगी त वन्दागोपी जस्तै छ किनकी रहस्य जान्न जति
गोपीका पत्ता झीक्दै गइन्छ, सवै पत्ताहरु निकालीन्छन् तर त्यसको
टुंगो भेटिदैन् । जीवन पनि यहि हो ।
कुनै एक सायरले भनेका छन् नी “ जीन्दगीलाई विश्लेषण गर्न छोडिदेउ, जीउ मात्र¨
हो, ठिक यसै गरी तिमी पनि जीन्दगीलाई कुनै मीठो हुने मीठाई सम्झेर नकोट्याउ, यस अर्थमा साह्रै चह¥याउने घाउ पनि नसम्झ । कि न की यो रहस्य यस्तै छ, यहि रहस्यको उद्घाटन गर्नुपर्नेछ तिमीले । किन हार मानीरहेछौ आफै संग ।
यो निश्चीत छ तिमी कुनै विन्दुमा पुगेर विलीन हुनेछौ यो धरती वाट एक
दिन । तिम्रो योजना त व्यर्थ छन् । किन की तिम्रा योजना की त समयसंग चल्न
सक्नुपर्छ, की समयलाई चलाउ सक्नुपर्छ ।
समय आफ्नै वशमा चलिरहेको छ । पछाडी
फर्केर हेर त हिजो के थियो आज के छ अव के थाहा छ र भोलि के हुने छ ?
किन समाजलाई दोष दिएर समय खेर फालीरहेका छौ । हेर त, यहाँ तिम्रै उमेरका
युवाहरुलाई । जो जाड, रक्सी, चुरोट खैनि , मध्यपान धुमपान गर्छन् , पढाइमा
ध्यान छैन, वरालीन्छन्, बुबा–आमा समाज लाई हैरान पार्छन् तिमी त मीहिनेति
छौ, जागीर गर्छो, खाली समयमा सीर्जनशिल वनेर सीर्जना गरीरहन्छौ ।
हेर तिमी संग सीप छ, जागर छ, अभिव्यक्ति छ । यो खाली समयमा उपन्यास लेख, अन्य लेखनी पनि लेख, किनकी लेखनमा नीखारता आउनुका साथै जीवन्त पनि रहि रहन्छ । आज तिमीले २१ वर्षमा लेखेका तिम्रा अभिव्यक्तिहरु भोलि तिमी ७० वर्षको हुदा पनि ताजै रहि रहनेछन् । मनमा लागेका कुराहरु लेख । जो लेखाइले तिमी जस्तै जीन्दगीदेखी हरेस खानेहरुका लागी प्रेरणा वन्न सकुन् । यो संसारमा मरी लानु के छ र ?
योजना विफल हुन पनि सक्छ तर हामीले आखाँ अगाडिका समस्यालाई पो
समाधान गर्न सक्नु पर्छ । त्यो पो महानता हो । हरेक कुरा आफै वन्छ चिन्ता नगर । प्रगति गर्नका लागी दुनियाका कुरा नसुन । दुनियाले त के के
भन्छ भन्छ ।
समाज गलत छ भनेर मैले भन्न खोजेको भने कदापी होइन तर समाज सधै आफ्नै वाटोमा हिडिरहेको छ । समाजलाई वास्ता गर्न छोडिदेउ दुनीयाका नियम कानुुन मान्न छोडिदेउ ।
तिमी सहि छौ यदि तिमीले कसैको अहित हुने काम गरेको छैनौ भने ।
वरु हिड सधै आफ्नै उद्येश्यमा । पुग्नुछ माथी चन्द्रमामा ।
हो अघि
वढ्न गाह्रो छ तर सधै गाह्रो भनेर पाइला नउचाल्नेहरु कहा अघि वढ्न सक्छन्
र? तिम्रो मनलाई जे लाग्छ तिमि त्यहि गर कि न की त्यहा आत्म सन्तुष्टि
प्राप्त हुन्छ ।
तिमी समाजको हितमा हिडिरहेका छौ भने हिड् हिड्ने
मान्छे पुग्छ अवश्य आफ्नो लक्ष्यमा । शिखरमा पुग्नलाई हिड्नुपर्छ । हेर त
आज फ्लोरेन्स नाइटिङ्गेल ले समाजले जे भने त्यहि मानेको भए असल स्टार्फ
नर्स वन्ने नै थीइनन् । अमर्यादित कहलीएको नर्स पेशालाई मर्यादित तुल्याइन्
। आज पारीजात साहित्यकार वन्ने नै थिइनन् उनले कलम नचलाएको भए । त्यस्ता
उदाहरण थुप्रै छन् । आज जसले जस्तो व्यवहार देखाए पनि भोली रंगमन्चमा तिमी
उभिदा सवैले तिमीलाई नै हेर्नेछन् । वा वा भन्नेछन् । तिमीले आmैले वनाएको
वाटोमा तिमी जस्तै महान वन्न खोज्नेहरुले प्रेरणा पाउनेछन् ।
Comments
Post a Comment