Skip to main content

देशको आवश्यक्ता इच्छाशक्ति

विचार
                                       

–निशु जोशी,नेपालगन्ज
०७२–९–२५ गते


देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ?  देश  सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुप¥यो झन्दै ४ महिना  ।  हरेक चिजको अभाव सृजना भयो ।  अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो ।  पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो । गीद्धले कतिवेला ज्यान जाला र खाउला भनेर कुरेर वसेको आभाष भयो । व्यर्थमा देशभरका झन्डै ५० जना सर्वसाधारणले ज्यान गुमाए । नाका सहज हुन थाल्यो तर अभाव भने कायमै छ ।
अव यो समयमा देशलाई कुनै नेताको खाचाँे छैन् । मात्र इच्छाशक्तिको खाचो छ । सवैको साथ सहयोगको खाचोँ छ  । एक्लैले त केहि गर्न सकिदैन् । सवैको सर्मपणको खाँचो महसुस गरीरहेको छ देश । यहाँ, रगत वगाउनेको खाचोँ होइन सच्चा देशभक्तको खाचो छ ।  यहाँ के छैन् ? पैशा छैन भनौ भने विनोद चौधरी जस्ता धनि व्यक्तिहरु हाम्रै देशमा छन् । हाम्रै देशमा छन् । जमीन छैन् भनौ भने  पहाडका अधिकांश भु–भाग वाँझै छन् । प्रशस्त जल छ । वन छ, जमीन छ । मात्र नेपालको जल, वन र जमीन प्रयोग गर्नका लागी इच्छाशक्तिको अभाव छ ।  यहाँँ हुन्छ । हामी लहैलहैमा केहि हुदैन भन्छौ केहि गरे पो हुन्छ ।
विदेशी भुमीमा पसीना वगाएर नेपाली भुमी उर्वर वनाउने सपना देख्छौ । यी सपनाहरु देख्दा देख्दै कतिको ज्यान जान्छ । कति विदेशि भूमीमा लड्दालड्दै ज्यान गुमाउछन् । अनेकौ वाधा अड्चन सहेर पैशा कमाउछन् । अझ मलेसीयाको कुरा गर्ने हो भने यसरी भोकभोकै खाइनखाई अलिअलि पैशा कमाइन्छ त्यहि पनि त्यहाँका मलेसीयन केटाकेटीले नै लुटिदिन्छन् ।  चोरीदिन्छन् । कति दर्दनाक पीडाखेपेका छन् नेपालीले ? कतिपयले त कमाएको घरमा पु¥याउन नपाउदै  लुटिन्छन् । मारीन्छन् । यी अनि यस्तै विडम्वनामा नेपालीहरु परदेशको मरभुमीमा वाचिँरहेछन् । के यो सव पीडा भोग्नुपरेको नेपालमा केहि नभएर होला ?  कदापी होइन् ।  हामी जलश्रोतमा संसारमै दोस्रो धनि देश हौ  । किन पानीको सदुपयोग हुन सकेको छैन् ?
यहाँ पैशाको खाँचो होइन् , इच्छाशक्तिको हो । पैशामा नै हलो अड्केको हो भने यति धेरै नेतृत्व तहमा पुगेका नेताहरु छन्, सभासद छन् । के यीनिहरुले देशको विकासका लागी एक महिनाको तलव दिन सक्दैनन् ? देशमा यति धेरै संघसंस्थारु छन् के त्यो पैशा विकास हुन्छ भने यहाँ उपयोग गर्न सकिदैन ? यति धेरै उद्योगी, व्यापारीहरु छन् के उनिहरुले रीण पनि पत्याउदैनन् । हाम्रा छिमेकी राष्ट्रहरु छन,् उनिहरुले रीण दिदैनन र ?  मेरो प्रश्न छ, सरोकारवालाहरुलाई ।
के विकास गर्नका लागी नेतृत्व सम्हालेकै हुनुपर्छ र ? नेता हुनैपर्छ नत्र भने काम गर्नुहुदैन भन्ने छ र ? कम से कम काम गर्न सक्छु भन्नेलाई साथ दिइयोस् । देशमा विकासको खाचोँ छ । अभाव होइन् । जल, जमीन र वनको सदुपयोग गर्नुपर्छ, देशलाई समृद्धितर्फ लैजानुपर्छ । काम गर्ने भिजन हुनुपर्छ । के हाम्रा मगजहरु कामै गर्न नसक्ने हुन् त ? गर भने गर्ने नत्र नगर्ने नेपाली हुन् र ?देश वनोस भनेर नै पुर्खाहरुले अंग्रेजहरु संग लडे । विदेशका मरभुमीमा ज्यानको वली चढाएर योगदान गरेका छन् । मरभुमीमा वगाउने पसीना के नेपालमा वगाउन सक्तैनन् र ?

हिमालमा यार्सागुम्वा जस्ता अन्य वहुमुल्य जडिवुटिको उपयोग हुनु छ । संकलन गरेर औषधिहरु वनाउनु छ । या त देश वाहिरवेच्नु छ ।आम्दानीगर्नु छ । पहाडममा खेर गएको टिमुरको सदुपयोग गर्नु छ । उद्योग खोल्नुछ । रीठ्ठावाट सावुन वनाउनु छ । तराइका  मलिला जमीनमा आधुनिक प्रविधीको ज्ञान दिनु छ । हलो जोत्नेसंग ज्ञान छैन् । ज्ञान हुनेले हलो समाउदैन् यहाँ दुवैको मेल हुनुछ ।
नदिका कीनारमा धान रोप्ने होइन् मुमफली रोप्नुछ । वाहिरवाट किन आयात गर्नुप¥यो ? कृषीप्रधान हो नेपाल भनिन्छ, कृषीमा लगानी गर्नुपर्छ अव । पशुपालन गर्नु छ । पहाडका हरीया भिरहरुमा । तरकारी फलाउनु छ । कस्तो माटोमा के फल्छ भन्नेवारे वुझाउन राम्रो प्राविधिकको खाचो छ । जुन जमीनमा जे फल्छ त्यहि रोप्नु छ र आत्मनिर्भर वनाउनु छ नेपाललाई ।  तर  यो सवै काम गर्न कुनै ठुलो नेता होइन मात्र इच्छाशक्तिको खाचाँे छ । देश नेपाल विकास र समृद्धिका लागी ।

Comments

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...