Skip to main content

देशको आवश्यक्ता इच्छाशक्ति

विचार
                                       

–निशु जोशी,नेपालगन्ज
०७२–९–२५ गते


देश संकटमा छ । सारा युवाहरु निरास छन् । दिनानुदिन अनेकौ सपना वोकेर विदेशी मरभुमीमा गइरहेका छन् । केहि समयमा नेपाल वुढावुढी र वालवच्चाको अर्थात अशक्तहरुको देश नवन्ला भन्न सकिन्न । अनि होला त देशको विकास ?  देश  सरकारले केहि गरीदिएन युवाहरुका लागी भन्ने उनिहरुको गुनासो छ । नेताहरु भने आफ्नै तालमा छन् । आफ्नै जीवन सींगारपटारमा व्यस्त छन् । जेनतेन संविधान वन्यो । तर जनताले सोचेजस्तो खुसी व्यक्त गर्न पाएनन् । भारतको अघोषित नाकावन्धिलाई झेल्नुप¥यो झन्दै ४ महिना  ।  हरेक चिजको अभाव सृजना भयो ।  अभावकोमौका छोपेर कालोवजारी गरेर कोहि मालामाल वने तर देश भने दिनप्रतिदिन आर्थीक कारेवारमा घटिरह्यो ।  पीडा भएको घरको सम्पतिमा आखाँ लाग्यो । गीद्धले कतिवेला ज्यान जाला र खाउला भनेर कुरेर वसेको आभाष भयो । व्यर्थमा देशभरका झन्डै ५० जना सर्वसाधारणले ज्यान गुमाए । नाका सहज हुन थाल्यो तर अभाव भने कायमै छ ।
अव यो समयमा देशलाई कुनै नेताको खाचाँे छैन् । मात्र इच्छाशक्तिको खाचो छ । सवैको साथ सहयोगको खाचोँ छ  । एक्लैले त केहि गर्न सकिदैन् । सवैको सर्मपणको खाँचो महसुस गरीरहेको छ देश । यहाँ, रगत वगाउनेको खाचोँ होइन सच्चा देशभक्तको खाचो छ ।  यहाँ के छैन् ? पैशा छैन भनौ भने विनोद चौधरी जस्ता धनि व्यक्तिहरु हाम्रै देशमा छन् । हाम्रै देशमा छन् । जमीन छैन् भनौ भने  पहाडका अधिकांश भु–भाग वाँझै छन् । प्रशस्त जल छ । वन छ, जमीन छ । मात्र नेपालको जल, वन र जमीन प्रयोग गर्नका लागी इच्छाशक्तिको अभाव छ ।  यहाँँ हुन्छ । हामी लहैलहैमा केहि हुदैन भन्छौ केहि गरे पो हुन्छ ।
विदेशी भुमीमा पसीना वगाएर नेपाली भुमी उर्वर वनाउने सपना देख्छौ । यी सपनाहरु देख्दा देख्दै कतिको ज्यान जान्छ । कति विदेशि भूमीमा लड्दालड्दै ज्यान गुमाउछन् । अनेकौ वाधा अड्चन सहेर पैशा कमाउछन् । अझ मलेसीयाको कुरा गर्ने हो भने यसरी भोकभोकै खाइनखाई अलिअलि पैशा कमाइन्छ त्यहि पनि त्यहाँका मलेसीयन केटाकेटीले नै लुटिदिन्छन् ।  चोरीदिन्छन् । कति दर्दनाक पीडाखेपेका छन् नेपालीले ? कतिपयले त कमाएको घरमा पु¥याउन नपाउदै  लुटिन्छन् । मारीन्छन् । यी अनि यस्तै विडम्वनामा नेपालीहरु परदेशको मरभुमीमा वाचिँरहेछन् । के यो सव पीडा भोग्नुपरेको नेपालमा केहि नभएर होला ?  कदापी होइन् ।  हामी जलश्रोतमा संसारमै दोस्रो धनि देश हौ  । किन पानीको सदुपयोग हुन सकेको छैन् ?
यहाँ पैशाको खाँचो होइन् , इच्छाशक्तिको हो । पैशामा नै हलो अड्केको हो भने यति धेरै नेतृत्व तहमा पुगेका नेताहरु छन्, सभासद छन् । के यीनिहरुले देशको विकासका लागी एक महिनाको तलव दिन सक्दैनन् ? देशमा यति धेरै संघसंस्थारु छन् के त्यो पैशा विकास हुन्छ भने यहाँ उपयोग गर्न सकिदैन ? यति धेरै उद्योगी, व्यापारीहरु छन् के उनिहरुले रीण पनि पत्याउदैनन् । हाम्रा छिमेकी राष्ट्रहरु छन,् उनिहरुले रीण दिदैनन र ?  मेरो प्रश्न छ, सरोकारवालाहरुलाई ।
के विकास गर्नका लागी नेतृत्व सम्हालेकै हुनुपर्छ र ? नेता हुनैपर्छ नत्र भने काम गर्नुहुदैन भन्ने छ र ? कम से कम काम गर्न सक्छु भन्नेलाई साथ दिइयोस् । देशमा विकासको खाचोँ छ । अभाव होइन् । जल, जमीन र वनको सदुपयोग गर्नुपर्छ, देशलाई समृद्धितर्फ लैजानुपर्छ । काम गर्ने भिजन हुनुपर्छ । के हाम्रा मगजहरु कामै गर्न नसक्ने हुन् त ? गर भने गर्ने नत्र नगर्ने नेपाली हुन् र ?देश वनोस भनेर नै पुर्खाहरुले अंग्रेजहरु संग लडे । विदेशका मरभुमीमा ज्यानको वली चढाएर योगदान गरेका छन् । मरभुमीमा वगाउने पसीना के नेपालमा वगाउन सक्तैनन् र ?

हिमालमा यार्सागुम्वा जस्ता अन्य वहुमुल्य जडिवुटिको उपयोग हुनु छ । संकलन गरेर औषधिहरु वनाउनु छ । या त देश वाहिरवेच्नु छ ।आम्दानीगर्नु छ । पहाडममा खेर गएको टिमुरको सदुपयोग गर्नु छ । उद्योग खोल्नुछ । रीठ्ठावाट सावुन वनाउनु छ । तराइका  मलिला जमीनमा आधुनिक प्रविधीको ज्ञान दिनु छ । हलो जोत्नेसंग ज्ञान छैन् । ज्ञान हुनेले हलो समाउदैन् यहाँ दुवैको मेल हुनुछ ।
नदिका कीनारमा धान रोप्ने होइन् मुमफली रोप्नुछ । वाहिरवाट किन आयात गर्नुप¥यो ? कृषीप्रधान हो नेपाल भनिन्छ, कृषीमा लगानी गर्नुपर्छ अव । पशुपालन गर्नु छ । पहाडका हरीया भिरहरुमा । तरकारी फलाउनु छ । कस्तो माटोमा के फल्छ भन्नेवारे वुझाउन राम्रो प्राविधिकको खाचो छ । जुन जमीनमा जे फल्छ त्यहि रोप्नु छ र आत्मनिर्भर वनाउनु छ नेपाललाई ।  तर  यो सवै काम गर्न कुनै ठुलो नेता होइन मात्र इच्छाशक्तिको खाचाँे छ । देश नेपाल विकास र समृद्धिका लागी ।

Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...