Skip to main content

हावा नचलेको रुख

कथा


“रुख भएपछि हावा त चलिहाल्छ नी । के नौलो कुरा भयो र ।” – कालीयाले हास्दै भनिन् ।
सवैले जटिल वनाइरहेको विषय उनलाइ नौलो नभएकाले अचम्मीत भए । मौन भएर उनको कुरा सुनिरहे । उनि भने मख्ख थिइन् । मनमा गुम्सीएका कुरा धक फुकाएर सुनाउन पाएकोमा ।
उनले फेरी थपिन् –हाम्रो समुदायमा विवाह गराउदा दाइजो माग्छ । हामीसंग दाइजो छैन् । भाइको छोरीलाई पहाडिया केटाले खुवै मन पराउथ्यो । र भाइको छोरीले पनि उसलाई । उनिहरुले दाइजो चाहिदैन भने । मैले पहाडिया केटासंग नै भदैनिलाई भगाइदिए ।
कालिया मान्छे काली भएनि निकै दिलवाली रहेछिन् । उनि भन्छीन् “यो जमानामा जात भात केहि हुदैन् । के वाहुन, के क्षेत्रि । आजभोली वाहुनले क्षेत्रिसंग विवाह गर्छन् क्षेत्रिले वाहुनसंग । जातभात भन्दा मीठो वचन वोल्नु र एक गीलास पानी पीउन दिउन त्यो नै ठुलो कुरा हो ।” उनले फेरी थपीन् “मधेसी समुदायमा कुसंस्कार छ । दाइजो माग्छन् । दिएको दाइजोले मान्दैनन् । दाइजो दिएपनि छोरीहरुलाई गरीने व्यवहार राम्रो हुदैन ।
वरु वाहुन र थारुले मन पराएर विवाह गर्छन् आज झकडा गर्छन् । भोली मीलिहाल्छन् । यो नै रमाइलो । आखीर श्रीमान श्रीमतिको झगडा न प¥यो ।” उनले हास्दै भनिन् ।
हाम्रो समुदायमा त यस्तो हुदैन् ।  पैशासंग विवाह गर्न खोजीन्छ । यो दाइजोप्रथाको चलन मन पर्दैन । र मान्दिन पनि । उनि फेरी भन्छीन् “रुख भएपछि कुन रुखमा हावा चल्दैन र ? रुख भएपछि पो हावा चल्छ त । हावा चल्न दिनुपर्छ ।” उनको मान्यता यहि छ । जसलाई माया गरीन्छ उसैसंग जीवन साट्न पाइयोस् । मन परेको मान्छेसंगै जीवन विताउन सजिलो हुन्छ उनलाई यस्तो लाग्छ ।
उनले भाइका अरु छोरीहरुको पनि दाइजो विना नै विवाह गराइदिइन् । “केटि लान्छौ भने लैजाउ तर दाइजो दिन सक्तिन प्रष्ट कुरा राखे लानेले आटेँ । नलाने फर्के । ” खीस्स हास्दै सुनाइन् ।
केटीको आमालाई भन्दा मानेन । उसको वुवा –आमा विहे भएको थाहा पाएर खुवै रीसाए । तर दशैमा उसैलाई छोरी ज्वाइ भनेर टिका लगाए । आजभोली सवै दंग छन् । भदैनीलाई पनि सुख छ ।
रुप कालो भएपछि मन उनको सुन्दर रहेछ । भाइको विहेमा समेत उनले दाइजो नल्याएको वताउदै उनि भन्छीन् – “गच्छेअनुसार भएको जति दिए, दिएको जति ल्याए तर दाइजो चाहियो भनेर न मागे न दिए । ”
उनि वगीरहेकी थिइन् नदिजस्तै ।
– कान्छा भाइको कान्छि छोरीलाई पनि पहाडिया केटा संग पठाइदिने सोच छ ।
तपाईका छोराछोरी छैनन् – मेरो प्रश्न ।
विहे नै भएछैन –कालियाले भनिन् ।
–कति वर्षको हुनुभयो ?
–५६ वर्ष भैसके ।
–अव विहे गर्नुहुन्न ?
–अव कहाँ विहे हुन्छ ?
–किन ?
दुई अक्षरको किन भन्ने प्रश्नले उनि निरुत्तर भइन् ।
करीव ५६ वर्षकी उनको अनुहार दुःखी देखीयो । उनि कपाल कन्याउदै मेरो छेउमा वसीन् । च्यातिएको मैलो गुन्युको फेरले आखाँको आशु रोक्दै भनिन् – २ भाइ जन्मीएपछि आमा थला परीन् । चराको सीकार खेल्दा खेल्दै रुखवाट खसेर गएका रे बा । जेठो सन्तान भएर जन्मेपछि आमा भएपनि दुई भाइ आफैले पालेर वस्नुप¥यो ।
विहेका लागी भनेर धेरै माग्न आए । हामी त चिडिमार समुदायको । धन न सम्पति । मैले विहे गरेपछि भाइहरुको भविष्य के होला भन्ने चिन्ता लाग्यो । विहे गरीन ।
“जीव्रोले सधै मीठो खान खोज्छ तर नखाएपछि नखाने वानी नै लाग्दो रहेछ, जिव्रोलाई मीठो स्वाद जति भएपनि धित कहाँ मर्छ र ? उनले फेरी थपिन् “ मनलाई कावुमा राख्न सक्नुपर्छ, मनले चाहेको सवैथोक कहाँ गर्न सकिन्छ र । गरीव भएकाले नै मैले मन अल्झाए । दाइजो थिएन । तर आजभोली उनै भाइवुहारीको व्यवहारले मर्न मन लाग्छ । उनिहरुको छोराछोरी पनि यै हातले हुर्काएकाले उनिहरुलाई छाडेर जान यो मन मान्दैन । ”
उनी विवाह पार्टिका कार्यक्रममा पाकशिक्षाको काम गर्छिन् । एक दिनको ज्याला ५०० रुपैया लान्छीन् । यहि कामले भाइ वहिनी पालीन् । विवाह गराएदिइन् । घरको जेठो भएकाले सवै कर्तव्य निभाइन् । जसोतसो सकिनसकि गरीन् ।
म गरीव भएर जन्मनु नै ठुलो गल्ति रहेछ । मन्दिरको चुलीजस्तो टिनको पाताले छाएको घरको छानोमा हात राख्दै वोलन् ि– यहि छानामा भाइहरुकोे भविष्य वनाए ।
अगाडिका पक्की घर देखाइन र भनिन – “यहि घरको भाडा माँझेर उनीहरुलाई पाले । उनिहरुले ८० हजारका त कुकुर पालेका छन् । हामीलाई दिनमा ८० रुपैया कमाउन मुस्कील छ ।
वालापनदेखी उनि भाइ वहिनीका लागी वाचीन् । अहिले भने आमाका लागी बाचिरहेकी छिन् । अव उनको सपना छ, कसैसंग मागेर होइन सीप देखाएर आमाका लागी घर वनाउने इच्छा छ । पानी सुकेको शरीरमा अझै आटँ जागर मरेको छैन् ।
–उनलाई सोधे जीवनभर विवाह नगर्दा कहिल्यै पछुतो लागेन् ।
–एक्लै पकाएर खान्छु । आमालाई खुवाउछु । आफ्नै भाइवुहारीले घर आउदा त विहे नगरेकी भनेर नाना थरी आरोप लाउछन् दुःख लाग्छ । म कसरी वाचेको छु म कति सत्य छु, त्यो त यो धर्ति हेर्ने आसमानका भगवानलाई थाहा छ । कहिले त लाग्छ मैले विहे गरेको भए....” आज जागर सीद्धियो । भाइहरुले कमाएर त दिदिनैनन् मीठो वचन सम्म पनि नवोल्दा मन साह्रै दुख्दोरहेछ ।”
सवै रुखमा चल्ने हावा यो रुखमा भने कहिल्यै पनि चलेन, चाहेर पनि चलेन् । गरीविले चलेन् ।
...................
निशु जोशी,
नेपालगन्ज ।

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...