Skip to main content

कथा

वचपन

रात छिपीदै थियो ।  वरीपरीवाट आगोको मुस्लो घेरेर वसेका हामी ६, ७ जना साथीहरु मात्र । आमा फेरी चिच्याउनुभयो नाम लिदै । भाइले सुने नसुनेझै गरीरहेको थियो ।  आगोका छेउमा वसेर ािथीहरु संग खुव वात मारीरहेको थियो । रविले वनवाट ल्याएका केहि टाटाहरु पोल्न थाल्यौ । टाटाको पटपटी आवाज आयो । ४ वटा मात्र उसले पोल्नको लागी आगोमा हाल्यौ । एउटा टाटा त भित्रै परे छ । आगोेको अत्याधिक तापले टाटा जल्यो । अव ३ वटा मात्र वाँकी रहे । उसले मलाई टाटाको वोक्रा खोलिदिन आग्रह गर्यो । छेउमै वसेको समीरले मेरो हातवाट टाटा खोसेर दौड्यो । अली पर पुगेर खोल्न थाल्यौ । माधव चिच्यायौ । सवैभन्दा ठुलो टाटा नै समीरले लगेछ भनेर । मैले भने २ वटा खोलीदिए । 

२ वटा टाटाभित्र १४ वटा विया रहेछन् । समीरलाई दौडाउदै दौडाउदै छोपीहाल्यो माधवले । सवैभन्दा ठुलो टाटा यहि नै रहेछ । यहि टाटा लिएको झोकका माधवले फोहोर गाली गर्यो समिरलाई । समीरको भने नाकवाट रगत वगीरहेको थियो । सायद टाटा खोस्दा समीरले सजिलै नदिएपछि एक मुक्का पनि लायो होला माधवले । 

उसको त हात र मुख एकदमै छिटो चल्छ । नाकवाट रगत वग्दा पनि उसले थाहा पाएको थिएन उसको ध्यान नै यो टाटाको खोस्टामा थियो ।  रविले देखेछ क्यारे चिच्याउदै नाकमा रगत आको छ भनेर सुनायो । समिरले नाकमा औलाले छाम्यौ हेर्यो , रातको समयमा केहि देखीएन आगो नजीक औला खिएर हेर्यो रगत देखेपछि उ चर्को चर्को आवाज निकालेर रुन थाल्यो । उसले आमाको खुव नाम जपे वोलायो । आमाले हातमा एउटा वासको लौरो लिएर आउनुभयो । उ चुप लाग्यौ आमालाई देखेर दोड्यौ धारा तिर ।  आमाको एक हातमा लौरौ थियो । अर्को हातमा समिरको पोहोरसाल कीनेको जाकेट थियो । आमाले हामी सवैलाई रीसाउनुभयो  । हामी सवै जना चुप थियौ कोहि पनि वोलेनौ । कीनकी वोलेपछि त्यो लौरो खानुपर्ने निश्चित थियो । समीर यता आको छैन् भनेर हामीले ढाट्यौ । उहाँ फन्कीदै घर फकनुभयो । 

फकीर्ने वेलामा पोलीएर कुनामा दवेको टाटा पड्कीयो । पड्कीदा आगोको फील्का पनि उछिटिएर उहाँको सलको फेरमा पर्यो । पोलीएछ पनि प्वाल पनि परेछ क्यारे । अव पीटाइ खाइने भइयो मनमा चिन्ता लाग्यो । उहाँले पछाडि फर्केर हेर्नुभयो । भन्नुभयो समीर आएपछि घरमा पठाइदिनु । 

मनको चिन्ता हट्यो । उहाँ जान वितिकै समिर मुखमा औला हाल्दै आइपुग्यो । शान्त थियो हामी जस्तै । रघुले भन्यो यो टाटामा कतिवटा विया होला वाँजी राखौ । मैले भने ६, रविले ९, माधवले १२, त्यस्तै अरुले ७, ६ भने । समीर पनि वोल्यो । उसले विस्तारै २ वटा भन्यौ । हामीले भित्र खोलेर हेर्दा साचि यति ठुलो टाटामा धेरै होला तर २ वटा मात्रै विया रहेछन् । समिरले नै भनेको मिल्यौ । उ चिच्यायोले खुसीले । आफुले भनेको जस्तो भएकोमा उ नाकमा सीकान निकालेरै भएपनि हास्यौ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

०७२ फागुन २0 गते
निशु जोशी, नेपालगन्ज ।

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...