Skip to main content

संस्मरण

पौष २१ गते जमघट भयो ३० जील्लाका पत्रकार महिलाहरुको नेपालगन्जमा । पत्रकार महिलाहरुविच एक कार्यक्रम सम्पन्न भयो । एक अर्काका अनुभवहरु साटासाट गरीयो । गरीयो मीडियामा काम गर्दा भोग्नुपरेका समस्या, चुनौतिका बारेमा छलफल । चुनौतिपछि प्राप्ती हुने अवसरका वारेमा पनि चर्चा परीचर्चा भयो । पत्रकार महिलाहरुमा संख्यात्मक मात्र नभई गुणात्मक बिकास आवश्यक भएको निष्कर्ष निस्क्यो । पत्रकार महिलाहरुको अबस्था अध्ययनका लागि क्रियाशील पत्रकार महिला समूहको आयोजनामा तनहँु, पोखरा, बुटवलमा कार्यक्रम सकेर नेपालगंजमा गरिएको समापन कार्यक्रमका सहभागी पत्रकारहरुले यस्तो निष्कर्ष निकाले । क्रियाशील पत्रकार महिला समूहका संस्थापक अध्यक्ष संगीता लामाले पत्रकार महिलाहरुको दक्षता बृद्धिका लागि पनि एक्स्पोजर भ्रमण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा समूहका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले समग्रमा पत्रकार महिलाहरुले भोगिरहेका चुनौती एकैखाले भएको पाइएको बताउँदै पत्रकार महिलाहरुले पनि स्वयम् आप्mनो अधिकारबारे बोल्नसक्नुपर्नेमा जोड दिनुभयो । 
               कार्यक्रममा बाँके, बर्दिया, दाङ, कञ्चनपुर, रामेछाप, रसुवा, काभ्रे, मकवानपुर, तनहँु, कास्की लगायतका अन्य ३० जिल्लाहरुबाट एक्स्पोजर भ्रमणमा निस्कनुभएका पत्रकार महिलाहरुले आ–आप्mना अनुभबहरु सुनाउनुभयो । झण्डै ४ दर्जन पत्रकार महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मुख्य चुनौति आर्थीक समस्या नै देखीयो । सवैको साझा समस्या भनेको पत्रकार महिलाहरु संग सवारी साधन नहुनु  जस्ता समस्या हरु देखीए । जसले गर्दा पुरुषहरुको सहयोग लिनुपर्ने र गलत मानसीकताका पुरुषहरुवाट सहयोग लिएपछि उनिहरुले आफूहरुलाई गलत रुपमा प्रयोग गर्न खोज्ने लगायतका कुराहरु पनि निस्के । निकै मन छुने कुरा पोखराको एकजना साथीले गहना लाउनुभन्दा सवारी किन्नु जाति भन्ने कुरा पनि आयो  । सवैको अनुभववाट केहि न केहि सीकाई सवैजनाले गर्नुभयो होला तर मेरो लागी भने ठुलै उपलव्धी भयो ।
विहान ८ वजेदेखी कारकादोस्थीत सनराइज होटेलमा २ वजेसम्म भएको अनुभव आदानप्रदानमा सहभागी वने र रेडियोमा फर्के ।
रेडियोका साझ ६ वजेको पश्चीम डायरी सकियो । सहकर्मी सावित्रि गीरीले साझँ आयोजना गरीएको कार्यक्रममा सहभागीका लागी आग्रह गर्नुभयो ।  विसन्चो भएको महसुस गरीरहेको थिए । मैले कार्यक्रममा नजाने बताएपछि उहाँले यस्तो मौका आउदैन भनेर फकाउने प्रयास गर्नुभयो । म सजिलै फकिय आमाले छोराछोरीलाई फकाय जसरी ।
उहाँको त १ वर्षकी छोरी पनि छिन् । आमाको मन न हो मनले मानेन छोरीलाई छोडेर रमाइलो गर्न, न त मान्यौ रमाइलो गर्न नजाउ भनेर । छोरीलाई लिन कोठामा जानुपर्ने भयो । कृष्णसार एफएफमवाट कम्तीमा स्कुटरमा १५ मीनेट त लाग्छ नै । वाटो पनि सजिलो छैन् । जताततै हिलो छ । पानी छ । साझ झमक्क परेको छ । वाटोमा हिडिरहेको मान्छेलाई सजिलै चिन्न सकिन्न ।
हामी उहाँको कोठामा पुग्यौ । उहाँलाई देखेर छोरी दौडिदै आइपुगीन् उहाँकै सारीको फेरमा लुटुपुटु गर्न । तर थीएन लुटुपुटु गर्ने सारी । मेडमले पाइन्ट लाउनुभएको थियो मेरो जस्तै ।
घरमा घरवेटि आन्टी र उहाँको नन्द मात्र हुनुहुन्थ्यौ । उहाँले छोरीलाई सीगाँरीदिन थाल्नुभयो ।  तातो लुगा लगाइ दिनुभयो ।
घरवेटि आन्टी कति मीजासीली । दुलहि सींगारेझै सीगारीदिनुभयो उहाँलाई । आमाछोरीको सींगारपटार सकिएपछि हामी हिड्यो नाइट पाटितिर ।
कार्यक्रम सीद्धार्थ कटेजमा रहेछ । हामी आइपुग्यौ । अध्यारो भैसकेको थियो । सवै जनाको रमाइलो जमघट भइरहेको ।
सवैजना नाचगान गरेर, विभिन्न परीकार खाएर रमाइलो गरीरहेका थियौ । घर फर्कीने समय भएछ । घडिले ९ वजेको संकेत गदै थियो । जानको लागी तयारी भयौ । मूलढोकामा पुगीसकेका थियौ । एउटा परीचित आवाजले स्पर्स ग¥यो । फर्केर हेरे । सोधे तपाइको आवाज सुने सुनेजस्तो लाग्यो । उहाँले मात्रै सुने सुनेजस्तो भनेर जवाफ दिनुभयो । रुक्मणी हो हजुरको नाम अचम्ममा पर्दै नाम सोधिरहेको थिए । उहाँले मुस्कुराउदै जवाफ दिनुभयो हो । तपाइ रेडियोनेपालको रुक्मणी दिदि हो । हो भन्ने जवाफ पाए । मेरा पाइलाहरु यहि जवाफमै रोकीए । मैले सधै सुन्ने गरेको आवाज, मेरो स्टारलाई मैले नजीकमा नियाल्न पाए । दिनभरी भेटघाट भयो तर निष्कने वेलामा मात्र चिनजान । मलाई अत्याधिक खुसी लाग्यो । उहाँले सञ्चालन गर्ने गरेका सवै कार्यक्रमको नाम भनेर उहालाई विश्वास दिलाए कि म उहाँको फ्यान हो भनेर । उहाँको कार्यक्रममा मैले पठाएका पत्रहरु पहिलोपटक प्रसारण भएका थिए । पहिलोपटक रेडियोवाट मेरो नाम मैले आफै सुनिरहदा खुसीको सीमा नै थिएन् । त्यहि खुसी समिपैमा भेटेको छ आज त झन खुसी नहुने कुरै भएन । यति मात्रै कहाँ होर मंगलवार विहान १२ वजेपछि को कार्यक्रम जीवन सुख की सञ्चालीका चन्दा विष्ट पनि आउनुभएको रहेछ । उहाँसंग पनि भेट भयो । खुसीहरु साट्ने धेरै गफ गाफ गर्ने मन थियो तर समय घर्किसकेको थियो । फर्किनेवेला भइसककेको थियो । रात छिप्पीदै थियो । मनमा त नछुटिउ लागेको थियो तर पनि छुट्नुपर्ने भयो । नमजा लागी लागी छुट्यौ । स्मरण भइररह्यो मगजमा र पाना भरीयो । आजसम्म पनि ।। रुक्मीणी र चन्दा दि संगको आकस्मीक भेटीदा छुटिदाको क्षण ।।।


,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन २0 गते
निशु जोशी, नेपालगन्ज ।

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...