Skip to main content

संस्मरण

पौष २१ गते जमघट भयो ३० जील्लाका पत्रकार महिलाहरुको नेपालगन्जमा । पत्रकार महिलाहरुविच एक कार्यक्रम सम्पन्न भयो । एक अर्काका अनुभवहरु साटासाट गरीयो । गरीयो मीडियामा काम गर्दा भोग्नुपरेका समस्या, चुनौतिका बारेमा छलफल । चुनौतिपछि प्राप्ती हुने अवसरका वारेमा पनि चर्चा परीचर्चा भयो । पत्रकार महिलाहरुमा संख्यात्मक मात्र नभई गुणात्मक बिकास आवश्यक भएको निष्कर्ष निस्क्यो । पत्रकार महिलाहरुको अबस्था अध्ययनका लागि क्रियाशील पत्रकार महिला समूहको आयोजनामा तनहँु, पोखरा, बुटवलमा कार्यक्रम सकेर नेपालगंजमा गरिएको समापन कार्यक्रमका सहभागी पत्रकारहरुले यस्तो निष्कर्ष निकाले । क्रियाशील पत्रकार महिला समूहका संस्थापक अध्यक्ष संगीता लामाले पत्रकार महिलाहरुको दक्षता बृद्धिका लागि पनि एक्स्पोजर भ्रमण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा समूहका अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरले समग्रमा पत्रकार महिलाहरुले भोगिरहेका चुनौती एकैखाले भएको पाइएको बताउँदै पत्रकार महिलाहरुले पनि स्वयम् आप्mनो अधिकारबारे बोल्नसक्नुपर्नेमा जोड दिनुभयो । 
               कार्यक्रममा बाँके, बर्दिया, दाङ, कञ्चनपुर, रामेछाप, रसुवा, काभ्रे, मकवानपुर, तनहँु, कास्की लगायतका अन्य ३० जिल्लाहरुबाट एक्स्पोजर भ्रमणमा निस्कनुभएका पत्रकार महिलाहरुले आ–आप्mना अनुभबहरु सुनाउनुभयो । झण्डै ४ दर्जन पत्रकार महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मुख्य चुनौति आर्थीक समस्या नै देखीयो । सवैको साझा समस्या भनेको पत्रकार महिलाहरु संग सवारी साधन नहुनु  जस्ता समस्या हरु देखीए । जसले गर्दा पुरुषहरुको सहयोग लिनुपर्ने र गलत मानसीकताका पुरुषहरुवाट सहयोग लिएपछि उनिहरुले आफूहरुलाई गलत रुपमा प्रयोग गर्न खोज्ने लगायतका कुराहरु पनि निस्के । निकै मन छुने कुरा पोखराको एकजना साथीले गहना लाउनुभन्दा सवारी किन्नु जाति भन्ने कुरा पनि आयो  । सवैको अनुभववाट केहि न केहि सीकाई सवैजनाले गर्नुभयो होला तर मेरो लागी भने ठुलै उपलव्धी भयो ।
विहान ८ वजेदेखी कारकादोस्थीत सनराइज होटेलमा २ वजेसम्म भएको अनुभव आदानप्रदानमा सहभागी वने र रेडियोमा फर्के ।
रेडियोका साझ ६ वजेको पश्चीम डायरी सकियो । सहकर्मी सावित्रि गीरीले साझँ आयोजना गरीएको कार्यक्रममा सहभागीका लागी आग्रह गर्नुभयो ।  विसन्चो भएको महसुस गरीरहेको थिए । मैले कार्यक्रममा नजाने बताएपछि उहाँले यस्तो मौका आउदैन भनेर फकाउने प्रयास गर्नुभयो । म सजिलै फकिय आमाले छोराछोरीलाई फकाय जसरी ।
उहाँको त १ वर्षकी छोरी पनि छिन् । आमाको मन न हो मनले मानेन छोरीलाई छोडेर रमाइलो गर्न, न त मान्यौ रमाइलो गर्न नजाउ भनेर । छोरीलाई लिन कोठामा जानुपर्ने भयो । कृष्णसार एफएफमवाट कम्तीमा स्कुटरमा १५ मीनेट त लाग्छ नै । वाटो पनि सजिलो छैन् । जताततै हिलो छ । पानी छ । साझ झमक्क परेको छ । वाटोमा हिडिरहेको मान्छेलाई सजिलै चिन्न सकिन्न ।
हामी उहाँको कोठामा पुग्यौ । उहाँलाई देखेर छोरी दौडिदै आइपुगीन् उहाँकै सारीको फेरमा लुटुपुटु गर्न । तर थीएन लुटुपुटु गर्ने सारी । मेडमले पाइन्ट लाउनुभएको थियो मेरो जस्तै ।
घरमा घरवेटि आन्टी र उहाँको नन्द मात्र हुनुहुन्थ्यौ । उहाँले छोरीलाई सीगाँरीदिन थाल्नुभयो ।  तातो लुगा लगाइ दिनुभयो ।
घरवेटि आन्टी कति मीजासीली । दुलहि सींगारेझै सीगारीदिनुभयो उहाँलाई । आमाछोरीको सींगारपटार सकिएपछि हामी हिड्यो नाइट पाटितिर ।
कार्यक्रम सीद्धार्थ कटेजमा रहेछ । हामी आइपुग्यौ । अध्यारो भैसकेको थियो । सवै जनाको रमाइलो जमघट भइरहेको ।
सवैजना नाचगान गरेर, विभिन्न परीकार खाएर रमाइलो गरीरहेका थियौ । घर फर्कीने समय भएछ । घडिले ९ वजेको संकेत गदै थियो । जानको लागी तयारी भयौ । मूलढोकामा पुगीसकेका थियौ । एउटा परीचित आवाजले स्पर्स ग¥यो । फर्केर हेरे । सोधे तपाइको आवाज सुने सुनेजस्तो लाग्यो । उहाँले मात्रै सुने सुनेजस्तो भनेर जवाफ दिनुभयो । रुक्मणी हो हजुरको नाम अचम्ममा पर्दै नाम सोधिरहेको थिए । उहाँले मुस्कुराउदै जवाफ दिनुभयो हो । तपाइ रेडियोनेपालको रुक्मणी दिदि हो । हो भन्ने जवाफ पाए । मेरा पाइलाहरु यहि जवाफमै रोकीए । मैले सधै सुन्ने गरेको आवाज, मेरो स्टारलाई मैले नजीकमा नियाल्न पाए । दिनभरी भेटघाट भयो तर निष्कने वेलामा मात्र चिनजान । मलाई अत्याधिक खुसी लाग्यो । उहाँले सञ्चालन गर्ने गरेका सवै कार्यक्रमको नाम भनेर उहालाई विश्वास दिलाए कि म उहाँको फ्यान हो भनेर । उहाँको कार्यक्रममा मैले पठाएका पत्रहरु पहिलोपटक प्रसारण भएका थिए । पहिलोपटक रेडियोवाट मेरो नाम मैले आफै सुनिरहदा खुसीको सीमा नै थिएन् । त्यहि खुसी समिपैमा भेटेको छ आज त झन खुसी नहुने कुरै भएन । यति मात्रै कहाँ होर मंगलवार विहान १२ वजेपछि को कार्यक्रम जीवन सुख की सञ्चालीका चन्दा विष्ट पनि आउनुभएको रहेछ । उहाँसंग पनि भेट भयो । खुसीहरु साट्ने धेरै गफ गाफ गर्ने मन थियो तर समय घर्किसकेको थियो । फर्किनेवेला भइसककेको थियो । रात छिप्पीदै थियो । मनमा त नछुटिउ लागेको थियो तर पनि छुट्नुपर्ने भयो । नमजा लागी लागी छुट्यौ । स्मरण भइररह्यो मगजमा र पाना भरीयो । आजसम्म पनि ।। रुक्मीणी र चन्दा दि संगको आकस्मीक भेटीदा छुटिदाको क्षण ।।।


,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन २0 गते
निशु जोशी, नेपालगन्ज ।

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...