कविता
धुवाले ढाकिएका ओठमाथि
गुलावि रंगको मुस्कान देखेको छु
पहिलोपल्ट उज्याला छन्
फलामजस्ता वत्तिसे दातहरु
सधै चिन्तामा धम्लीरहने मन
सम्लीएको छ आज
तोरीको तेलजस्तो देख्दैछु
पहिलो पल्ट यति खुसी धेरै खुसी
रस निचोरीएका कागति जस्ता गालामा
जालो लागेका आखाँमा
उन्मात खुसी भरीएको छ
तप्प आसुले कागज रुझेपछि
परदेशी यो मरभुमी ओेसीलो लाग्यो
वैशाखी भन्दा कलम वनेछ साहारा वैनिको
लेखाई, कृतित्वले दिएका मोतिहरु वेचेर
पाता लागेछ छाप्रोमा
टिनको टुंगो लागेछ
वर्षौदेखीको रीण
बाँले प्राण त्यागेर फर्काउन नसकेको जमीन
आज हाम्रै भएको कागज प्रमाण वनाइछ उसले
सवैले काम नलाग्ने भनेर थन्काइएकि
भगवानको श्राप लागेको भनेर मील्काएकि
सात भाइपछि जन्मीएकी हिराले
खुसी दिइ छ आमालाई
वैनिले पठाएको खवर यस्तो पाए
आमाले खुसी वाड्न
अव घर फकर्न
यो खुसीको खवर पठाएकि रहेछिन्
म त परदेशमा शरीर पेलेर जुस वनाउदै छु
भाइहरु खै कता छन्
तर म यहाँ कहिल्यै घर नफकर्ने गरी
यो मरभुमीमा ठगीएको छु,
आफन्तवाटै ।।
,,,,,,,,,,,,,,, २०७२–१२–२४,,,,,,,,,,,,,,,,,,,
nishu joshi , nepalgunj
धुवाले ढाकिएका ओठमाथि
गुलावि रंगको मुस्कान देखेको छु
पहिलोपल्ट उज्याला छन्
फलामजस्ता वत्तिसे दातहरु
सधै चिन्तामा धम्लीरहने मन
सम्लीएको छ आज
तोरीको तेलजस्तो देख्दैछु
पहिलो पल्ट यति खुसी धेरै खुसी
रस निचोरीएका कागति जस्ता गालामा
जालो लागेका आखाँमा
उन्मात खुसी भरीएको छ
तप्प आसुले कागज रुझेपछि
परदेशी यो मरभुमी ओेसीलो लाग्यो
वैशाखी भन्दा कलम वनेछ साहारा वैनिको
लेखाई, कृतित्वले दिएका मोतिहरु वेचेर
पाता लागेछ छाप्रोमा
टिनको टुंगो लागेछ
वर्षौदेखीको रीण
बाँले प्राण त्यागेर फर्काउन नसकेको जमीन
आज हाम्रै भएको कागज प्रमाण वनाइछ उसले
सवैले काम नलाग्ने भनेर थन्काइएकि
भगवानको श्राप लागेको भनेर मील्काएकि
सात भाइपछि जन्मीएकी हिराले
खुसी दिइ छ आमालाई
वैनिले पठाएको खवर यस्तो पाए
आमाले खुसी वाड्न
अव घर फकर्न
यो खुसीको खवर पठाएकि रहेछिन्
म त परदेशमा शरीर पेलेर जुस वनाउदै छु
भाइहरु खै कता छन्
तर म यहाँ कहिल्यै घर नफकर्ने गरी
यो मरभुमीमा ठगीएको छु,
आफन्तवाटै ।।
,,,,,,,,,,,,,,, २०७२–१२–२४,,,,,,,,,,,,,,,,,,,
nishu joshi , nepalgunj