कविता
विउ
आज अकेली छैनन् नन्नकला
तै पनि हिजो जस्तै
गम्भीर, शान्त र शालीन छ त्यो भिड
च्यातिएका घरका भित्तामा
सपना झुण्डाइएका छन् पटुकिको फेरमा वाधेर
मुन्तिर नदि वगेको छ
घर वगर तिर्खाएका छन् र लुटिएका पनि त्यसैवाट
यसपाली पानी परेन मकै फलेन
चराले खायो वगरमा छरेको धानको विउ
मुसाले सीद्यायो जमीन मुनिको विउ
द्धन्द्धमा खुट्टा गुमाएकि श्रीमति लाई
मनले हेरे र आखाँ गुमाएका गुमानेले
परदेशवाट आएको रातो वाकस देखाउदै भने
खडेरीमा, वुढेशकाल र अनिकालमा
विउ जोगाउन सकियन
न धानको न ज्यानको ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
निशु जोशी
२०७३–३–१४ गते
विउ
आज अकेली छैनन् नन्नकला
तै पनि हिजो जस्तै
गम्भीर, शान्त र शालीन छ त्यो भिड
च्यातिएका घरका भित्तामा
सपना झुण्डाइएका छन् पटुकिको फेरमा वाधेर
मुन्तिर नदि वगेको छ
घर वगर तिर्खाएका छन् र लुटिएका पनि त्यसैवाट
यसपाली पानी परेन मकै फलेन
चराले खायो वगरमा छरेको धानको विउ
मुसाले सीद्यायो जमीन मुनिको विउ
द्धन्द्धमा खुट्टा गुमाएकि श्रीमति लाई
मनले हेरे र आखाँ गुमाएका गुमानेले
परदेशवाट आएको रातो वाकस देखाउदै भने
खडेरीमा, वुढेशकाल र अनिकालमा
विउ जोगाउन सकियन
न धानको न ज्यानको ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
निशु जोशी
२०७३–३–१४ गते