कविता
हलि हलो जोतिरहेछ दशकदेखी
तर पनि जीवनमा खुसी भेटेको अनुभव छैन ।
जातो, ढिकि गरीरहेछिन्
पहरा चढिरहेछिन्
पसीना वगाइरहेछिन्
तर पनि नाति अघाउदैन भन्छिन् हजुरआमा ।
जीउदो भएझै लाग्न थालेको वर्षौ भो
आशाको एक त्यान्द्रोमा
प्राण वाचेको छ आमाको ।
द्धन्द्धमा हराएका हुन रे हजुरबा आँखावाटै
प्राण भर्ने आशामा परदेशीएका बा परदेशवाट ।
आजभोली यी ढुंगे जमिनमा अन्न फल्न छोडिसक्यो
मुहान सुके पानी छैन
जमीन बाँझो भो उव्जनि छैन
छ त केवल दुःख, आसु र एक त्यान्द्रो आशा ।
उमेर चलीरहेछ
तै पनि पसीना वगीरहेछ
जागर चलिरहेछ
हिजोजस्तै ।
ए सरकार,
आशा त के गर्नु तिमीसंग
न तिमी सपना देखाउछौ
न सपना पुरा गर्ने वाटो देखाउछौ
एक क्षण खुसी पाउने आशमा बाँचेका
तिम्रो उचाइ उचालेर थामेका
यी जगहरुलाइ युगौ जिउने कला त सीकाइदेउ
या कि गुमाइएको सासको आसमा तिमी आफै वाच्न नपरोस् ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,२०७३–२–२१,,,,,,,,,,,,,,,,,,,
निशु जोशी
नेपालगन्ज ।