निशु जोशी
जव सडकमा गाडिहरु गुडेको देख्छु या त भनौ विजुलीको विल, मोवाइल रीचार्ज लगायत यस्तै यस्तै जतिपनि निर्जीव चिजहरु जति देख्छु लाग्छ यी कति महान छन् । जो सधै एक अर्कालाई न्याय दिइरहेका छन् ।
हो न्याय । न्याय भन्नेवित्तिकै एउटा मान्छेले वरावर भएको तराजु वोकेको चित्र मेरो मष्तिष्कले देख्छ । जो मैले वाल्यकालदेखी पढेको चित्र हो । तर जीउदो प्राणिले भने यो भोगेको देखेको छैन ।
माथिका तिनै चिज मोवाइल रीचार्ज, विजुलीको विल । जो निर्जीव छन् । निर्जीव भएर पनि सधै न्यायको तराजुमा वरावर छन् । जस्तो जवसम्म मोवाइलमा रीचार्ज गरीदैन तवसम्म मोवाइलले फोन कनेक्ट गर्दैन । विजुलीको विल जवसम्म तिरीदैन तवसम्म वल्दैन । अझ भनौ जवसम्म डिजेल र पेट्रोल खान पाउदैन तवसम्म गाडि पनि गुड्दैन । यीनिहरु जति लिन्छन् त्यति नै दिन्छन् । अर्थात यीनिहरुमा हिसाव किताव वरावर छ । एक अर्काले न्याय पाएका छन् ।
तर जसमा प्राण छ के तिनीहरुले यस्तै वरावरीको न्याय पाएका छन् ? छैनन् । कदापि छैनन् । त्यहि न्याय नपाएकाले यो विद्रोह र अशान्ति छ । ठुलाले सानालाई सधै अन्यायमा पारीरहन्छन् । सानाहरु सधै चुप वसीरहन्छन् । उनिहरु विद्रोह गर्न चाहान्छन् । तर उनिहरुको कमजोरी देखाएरै उनिहरुको आवाज दवाइन्छ । प्राण भएर पनि कति अनसिस्टमेटेक छ प्राणी ।
मान्छे मात्रै होइन, चरा, जनावर सवैमा न्याय छैन । यी सवैले अरुलाई प्रयोग गर्छन् तर आफु प्रयोग हुदैनन् । अझ भनौ अरुबाट धेरै अपेक्षा राख्छन् तर आफूले त्यो अपेक्षा पुरा गर्दैनन् । जति लिइन्छ त्यति दिदैनन् । के यो न्याय हो ?
हो सवै न्याय नै चाहान्छन् । तर व्यवहारमा आफुभन्दा कमजोर माथि अन्याय गरीरहेका छन् ।
मान्छेहरु नुनको सोझो गराउने वाहानामा गुलाम वनाइरहेका छन् । आवश्यक्ता परेको खण्डमा सहयोग गर्नेहरुको गुलाम वनीरहेका छन् । के यो न्याय हो ? फेरी किन न्यायको कुरा गरीन्छ ? किन नियम र कानुनका कुरा गरीन्छ ? जव त्यहि कानुन मििचन्छ भने किन चाहियो कानुन ?
न्याय कागजमा लेख्दैमा मात्र पाइने चिज हो र ? वरु जीवनमा न्यायको अनुभूत गर्न पाइयोस् । वस् यो निति नियम ऐन कानुनको आवश्यक्ता पर्दैन ।
हामी ती निर्जीव प्राणीजस्तो सीस्टमेटिक त हुन सक्तैनौ होला तर कोसीस त गर्न सक्छौ । जव हामी हरेक दिन न्यायको लडाई लडिरहेका छौ भने यति व्यवहार परीवर्तन गर्न किन आपत्ती ? के हामी एक अर्कालाई सम्मान गर्न सक्तैनौ ।
एउटाको पेट भरी अर्काको रीत्तो ? जव दुवैको मेहनत उत्तिकै पर्छ भने वाडेर वरावरी खान किन आपत्ती ? यहाँ अधिकार होइन । नीति नियम पनि होइन । व्यवहार समान चाहिएको हो । न्याय चाहिएको हो ।
२०७६ -०७ -३०