Skip to main content

न्याय

Image result for taraju image
निशु जोशी
जव सडकमा गाडिहरु गुडेको देख्छु या त भनौ विजुलीको विल, मोवाइल रीचार्ज लगायत यस्तै यस्तै जतिपनि निर्जीव चिजहरु जति देख्छु लाग्छ यी कति महान छन् । जो सधै एक अर्कालाई न्याय दिइरहेका छन् ।
हो न्याय । न्याय भन्नेवित्तिकै एउटा मान्छेले वरावर भएको तराजु वोकेको चित्र मेरो मष्तिष्कले देख्छ । जो मैले वाल्यकालदेखी पढेको चित्र हो । तर जीउदो प्राणिले भने यो भोगेको देखेको छैन ।
माथिका तिनै चिज मोवाइल रीचार्ज, विजुलीको विल । जो निर्जीव छन् । निर्जीव भएर पनि सधै न्यायको तराजुमा वरावर छन् । जस्तो जवसम्म मोवाइलमा रीचार्ज गरीदैन तवसम्म मोवाइलले फोन कनेक्ट गर्दैन । विजुलीको विल जवसम्म तिरीदैन तवसम्म वल्दैन । अझ भनौ जवसम्म डिजेल र पेट्रोल खान पाउदैन तवसम्म गाडि पनि गुड्दैन । यीनिहरु जति लिन्छन् त्यति नै दिन्छन् । अर्थात यीनिहरुमा हिसाव किताव वरावर छ । एक अर्काले न्याय पाएका छन् ।
तर जसमा प्राण छ के तिनीहरुले यस्तै वरावरीको न्याय पाएका छन् ? छैनन् । कदापि छैनन् । त्यहि न्याय नपाएकाले यो विद्रोह र अशान्ति छ । ठुलाले सानालाई सधै अन्यायमा पारीरहन्छन् । सानाहरु सधै चुप वसीरहन्छन् । उनिहरु विद्रोह गर्न चाहान्छन् । तर उनिहरुको कमजोरी देखाएरै उनिहरुको आवाज दवाइन्छ । प्राण भएर पनि कति अनसिस्टमेटेक छ प्राणी ।
मान्छे मात्रै होइन, चरा, जनावर सवैमा न्याय छैन । यी सवैले अरुलाई प्रयोग गर्छन् तर आफु प्रयोग हुदैनन् । अझ भनौ अरुबाट धेरै अपेक्षा राख्छन् तर आफूले त्यो अपेक्षा पुरा गर्दैनन् । जति लिइन्छ त्यति दिदैनन् । के यो न्याय हो ?
हो सवै न्याय नै चाहान्छन् । तर व्यवहारमा आफुभन्दा कमजोर माथि अन्याय गरीरहेका छन् ।
मान्छेहरु नुनको सोझो गराउने वाहानामा गुलाम वनाइरहेका छन् । आवश्यक्ता परेको खण्डमा सहयोग गर्नेहरुको गुलाम वनीरहेका छन् । के यो न्याय हो ? फेरी किन न्यायको कुरा गरीन्छ ? किन नियम र कानुनका कुरा गरीन्छ ? जव त्यहि कानुन मििचन्छ भने किन चाहियो कानुन ?
न्याय कागजमा लेख्दैमा मात्र पाइने चिज हो र ? वरु जीवनमा न्यायको अनुभूत गर्न पाइयोस् । वस् यो निति नियम ऐन कानुनको आवश्यक्ता पर्दैन ।
हामी ती निर्जीव प्राणीजस्तो सीस्टमेटिक त हुन सक्तैनौ होला तर कोसीस त गर्न सक्छौ । जव हामी हरेक दिन न्यायको लडाई लडिरहेका छौ भने यति व्यवहार परीवर्तन गर्न किन आपत्ती ? के हामी एक अर्कालाई सम्मान गर्न सक्तैनौ ।
एउटाको पेट भरी अर्काको रीत्तो ? जव दुवैको मेहनत उत्तिकै पर्छ भने वाडेर वरावरी खान किन आपत्ती ? यहाँ अधिकार होइन । नीति नियम पनि होइन । व्यवहार समान चाहिएको हो । न्याय चाहिएको हो ।
२०७६ -०७ -३०

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...