Skip to main content

शहर

कथा 
                                                       

–निशु जोशी

उ खीस्स हाँसी  । वाउको काखमा वोडिको त्यान्त्रा झै दुइटा कलिला हातहरु भुइतिर झुन्याएकी थिए । ए वि सी कुरमुरेको हरीयो प्लास्टीक च्यापेको थियो उसको वाँया हातले दायाँ हातभरी नुन खुर्सानि लतपतिएको थियो । मैले देखे उसका आखाँहरुले आराम खोजीरहेको । ध्यन भंग भयो साउजिले विल दिएपछि । साउजिले दिएको सामानको पोकाको वदलामा मैले पैशा दिए । र घर जानलाई दुइपाइला उचाले । 

   त्यो वालापनमा आखाँ लाउन मन लायो । मेरा वालाई सम्झीए । वालापनमा मेरा वा पनि यसरी नै मलाई पिठ्युमा वोकेर चार्हादा हुन चिया पसलमा । झलझली याद आमा र वाको सम्झना दिलायो यो दृश्यले । वाआमा गाँउमै छन् । यो सहरका लागी म नयाँ छु । भिज्दै छु सहरसंग ।

 वाटो रोकेर उसको वाले केहि भन्न खोजीरहे जस्तो लाग्यो । निकै हडवडाइरहेका थिए उनि । वाइकमा उभिएर छोरी हातमा समाएर सामान हातमा थमाउदै थिए । छोरी निन्द्राले लत्रक निउरीन्थी, उनि छोरीलाई सम्हाल्थे फेरी सामान मीलाउन खोज्थे फेरी छोरी निदले लत्रिन्थी ।

 साहारा मागे मसंग । कोठामा दाल, तरकारी, नुन सवै सकिएको थियो । अव सामान कीनेर खाना पकाउनुपर्ने । दिनभरीको कामको थकाइ भएपनि वाच्नका लागी खाना खानका लागी नै दिदिले मलाई यति सामान किन्न पठाउनुभएको थियो । साँझ झमक्कै परीसकेकाले छिटो छिटो पाइला चाल्न हतारीएको थिए । तर ति वचपनका आखाँका अगाडि वचन काट्न नसकेर समाजसेवि नै वन्न मन लाग्यो ।

साँझको समय छ चाडै फकिर्नु यो सहर हो शहरमा मान्छेहरु स्वार्थ लिएर जान्छन भन्नुभाथ्यो दिदिले । यो मान्छेमा त्यस्तो के स्वार्थ होला रु म सोच्दै थिए । मैले उसकको छोरीलाई समातेर उसको घर पुगाउनुपर्ने उसले मेरो कोठासम्म पुगाउने निर्णय भयो । उसले छोरीलाई काखमा च्यापेर भन्यो – मलाई घण्टाघर लाइन पुग्नुपर्ने हातमा सामान छ । छोरी निदाउन थालि । वाइकमा घर जान असहज भयो । कतै छोरीलाई चोटपटक लाग्छ कि त्यसैले यसलाई समाएदिएर मेरो  घरसम्म पुराइदिनुस् पछि म हजुरलाई हजुरको घरैसम्म पुराइदिन्छु ।

यति साँझ भैसक्यो दिदिले गालि गर्नुहोला भन्ने डर पनि लागी रह्यो । तर दिदिको गालि भन्दा मानवताको हिसावले पनि यो अजनविलाई सहयोग गर्नु नै थियो । यहि सहि ठाँने । म पनि घर पुगीहाल्छु सोचेर उसकी हसीली छोरी उसको काखवाट तानेर समाए ।

उसले सामानलाई वाइकको ह्यान्डीलमा झुन्डायो । छोरीलाई काखमा राख्दीनुसन भनेपछि काखमा छोरी राखीदिए । काखमा छोरी लियो र सुइकियो घरतिर ।


,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,  २०७३–३–५ गते आइतवार

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...