Skip to main content

उनि

उनि
                  
मलाई मन पर्ने मान्छेहरुको नाम लिनु प¥यो भने मेरो पहिलो रोजाइको नाम हुन्थ्यो रमा । मलाई उहाँ असाध्यै राम्रो लाग्थ्यो । किनकी उहाँको समाजमा राम्रो प्रतिष्ठा थियो । उहाँका केहि असल बानीहरुका बारेमा मैले धेरै सुनेकी थिए । उहाँलाई खुवै भेट्ने इच्छा थियो । उहाँको वारेमा धेरै राम्रो प्रशंशा सुनेकोले भविष्यमा उ जस्तै राम्रो मान्छे वन्नुपर्छ है भन्दै घरी घरी सम्झाउनुहुन्थ्यो काकुले ।
मैले उहाँलाई भेट्ने मौका पाउने थाहा पाएपछि उहाँलाई उपहार दिने निर्णय गरे । त्यति ठुलो मान्छे सवैले मानेको मान्छे । उपहार पो के दिने होला ?

म संग धेरै पैशा थिएन । आमासंग किताव किन्छु भनेर पैशा माग्ने उपाय निकाले । आमाले तल्लोघरे ठुली दिदिसंग पो किताव मागीदिनुभयो । अव मेरोे उपाय फेल खाएपछि अरु विकल्प सोच्न थाँले ।
अस्ती भर्खर काकीले किनिदिनुभएको घडि वेचिदिए १ सय २० रुपैयामा मात्र । खुत्रुकेमा राखेको पैशा निकाले । पल्लाघरे साइलि भाउजुको वारीमा फलेको तरकारी वेचेर उहाँले दिएका एक, दुई र पाँच रुपैया खुत्रुकेमा जम्मा पारेकी थिए ।
खुत्रुकेमा २ सय ७० रुपैया जम्मा भएको रहेछ । आमाले खुत्रुके फोडेको देखेर पैशा मागीहाल्नुभयो । धानमा हाल्ने युरीया मल किन्न, पसलेले उधारो दिएनन रे । आमालाई दुईसय रुपैया दिए । र बाँकी पैसा र घडि वेचेको पैशाले एउटा डायरी किने ।

म त्यो दिनको पर्खाइमा थिए, मेरो नृत्य प्रतियोगीताको दिनको । रमा दिदिको अफीसमा आयोजना गरीएको थियो प्रतियोगीता ।
गाउँवाट आएकाले आमाले वनाएको सीन्कि, उसीनेको मकै, टिमुर र अरु फलफुल ल्याएको थिए । प्रतियोगीताको पहिलो दिन उहाँसंग भेट हुने मौका मील्यौ । मैले उहाँलाइ सवै उपहार सुम्पए । उहाँले भन्नुभयो – प्रतियोगीताको लागी घुस हो योे .....?

अवाक भए, नसोचेको नमीठो जवाफले । के थाहा उनि नै यो प्रतियोगीताको जर्ज हुन भनेर ।
२०७३–३–५ गते आइतवार

निशु जोशी,
नेपालगन्ज ।

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...