उनि
मलाई मन पर्ने मान्छेहरुको नाम लिनु प¥यो भने मेरो पहिलो रोजाइको नाम हुन्थ्यो रमा । मलाई उहाँ असाध्यै राम्रो लाग्थ्यो । किनकी उहाँको समाजमा राम्रो प्रतिष्ठा थियो । उहाँका केहि असल बानीहरुका बारेमा मैले धेरै सुनेकी थिए । उहाँलाई खुवै भेट्ने इच्छा थियो । उहाँको वारेमा धेरै राम्रो प्रशंशा सुनेकोले भविष्यमा उ जस्तै राम्रो मान्छे वन्नुपर्छ है भन्दै घरी घरी सम्झाउनुहुन्थ्यो काकुले ।
मैले उहाँलाई भेट्ने मौका पाउने थाहा पाएपछि उहाँलाई उपहार दिने निर्णय गरे । त्यति ठुलो मान्छे सवैले मानेको मान्छे । उपहार पो के दिने होला ?
म संग धेरै पैशा थिएन । आमासंग किताव किन्छु भनेर पैशा माग्ने उपाय निकाले । आमाले तल्लोघरे ठुली दिदिसंग पो किताव मागीदिनुभयो । अव मेरोे उपाय फेल खाएपछि अरु विकल्प सोच्न थाँले ।
अस्ती भर्खर काकीले किनिदिनुभएको घडि वेचिदिए १ सय २० रुपैयामा मात्र । खुत्रुकेमा राखेको पैशा निकाले । पल्लाघरे साइलि भाउजुको वारीमा फलेको तरकारी वेचेर उहाँले दिएका एक, दुई र पाँच रुपैया खुत्रुकेमा जम्मा पारेकी थिए ।
खुत्रुकेमा २ सय ७० रुपैया जम्मा भएको रहेछ । आमाले खुत्रुके फोडेको देखेर पैशा मागीहाल्नुभयो । धानमा हाल्ने युरीया मल किन्न, पसलेले उधारो दिएनन रे । आमालाई दुईसय रुपैया दिए । र बाँकी पैसा र घडि वेचेको पैशाले एउटा डायरी किने ।
म त्यो दिनको पर्खाइमा थिए, मेरो नृत्य प्रतियोगीताको दिनको । रमा दिदिको अफीसमा आयोजना गरीएको थियो प्रतियोगीता ।
गाउँवाट आएकाले आमाले वनाएको सीन्कि, उसीनेको मकै, टिमुर र अरु फलफुल ल्याएको थिए । प्रतियोगीताको पहिलो दिन उहाँसंग भेट हुने मौका मील्यौ । मैले उहाँलाइ सवै उपहार सुम्पए । उहाँले भन्नुभयो – प्रतियोगीताको लागी घुस हो योे .....?
अवाक भए, नसोचेको नमीठो जवाफले । के थाहा उनि नै यो प्रतियोगीताको जर्ज हुन भनेर ।
२०७३–३–५ गते आइतवार
निशु जोशी,
नेपालगन्ज ।