एक अवोध वालीकाको जस्तो
क्रन्दन सुनियो महलको भित्तावाट
उसको क्रन्दनले न्याय मागीरहेको थियो
न्याय दिलाउनेहरु भिडमै थिए
दौडिएका हुल मानिस आफ्नै काममा व्यस्त देखीन्थे
भीडमै अस्मीता लुटियो वृद्धआमाको
र पनि सवै दौडिरहे
जीउदो शरीर सडकमै ढलीरह्यो
खवर अखवारमा थियो
वाजेले नातीनिको वलात्कार गरेको
दिनहुका यी खवरले मुटु काम्दैन यो शहरमा
यहाँ लुट्दोरहेछ भाइले भाइलाई
विश्वास नगर्दा रहेछन वा आमालाई पनि
र सडकमा आमा ढलेको देखीने रहेछ
यो शहरमा
तर गाँउका मान्छे
अझै ढुंगोलाई विश्वास गर्छन् ।
तै पनि मान्छेलाई सहयोग गर्छन्
पशुसंग पनि पैचो चलाउछन्
दुध लिन्छन् घास दिन्छन्
भिरमा अडेको ढुंगो जस्तो जीवन गाउँको
भिरवाट कतिवेला खस्छ पत्तै हुदैन
यति जान्दाजान्दै पनि
फुल्छन् भिरको गुरासजस्तै भिरमै
र मुस्कुराउछन दुस्मनसंग पनि ।।
जीवन सुखमा भन्दा दुःखमै आनन्द हुदोरहेछ
सरल भन्दा जटिलमै अर्थ हुदो रहेछ
त्यसैले हरेक जीवन सहज नहुने रहेछ ।
,,,,,,,,,,,,,,,,,,,, २०७३–०३–२७,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।