कविता आगनको मलीलो जमीन मासेर ठुलो वुवाले एक सय सीँसौको रुख रोप्नुभो छिमेकीले हकार्नु हकारे जमीन मास्यो भनेर आज २१ वर्षपछि आगन हराभरा छ रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । तल्लाघरे धनेस वाजेले भीरमा डोजर लगाए भीरलाई जमीनमा वदले सीचेँ पसीनाले र फलाए हरीया पैशाका वुटाहरु ८ वर्षदेखी उनी यी वुटाहरु वेचेर १२ जनाको जीवन खुसी राखेका छन् । यी त हरीया जीवन हुन् हजूर । । सुकेका कथाको पहिलो पात्र, पल्लाघरे फुपाजु आज पनि वम्वइ छन् नेपालमा उनको विघौ जमीन वाँझो छ उनि वम्मइमै वस्न रुचाउछन् ५० वर्षदेखी चौकीदारी गरीरहेछन् उनि भन्छन् खेत जोत्ने सीप छैन,चौकिदार मै खुसी छ भारतको नागरीता पनि पाइसके, परदेश नै घर लाग्छ, घर परदेश जस्तो । अझ सुक्दै गएको अर्को पात्र, राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे यो त उसको नियमीत काम हो तर अचानक उ अखवारको पहिलो पृष्ठमा समाचार वनिछ सुकेको पात्र, पखाला लागेर अस्पतालमा पालो कुर्दाकुदै सुनिता पनि अखवारको समाचार वनिछ । रुख ढलेपछिको पात्र, छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर अरु छिमेक...
literature