कविता
आगनको मलीलो जमीन मासेरठुलो वुवाले एक सय सीँसौको रुख रोप्नुभो
छिमेकीले हकार्नु हकारे जमीन मास्यो भनेर
आज २१ वर्षपछि आगन हराभरा छ
रुखको मोल दिनदिनै वढ्दो छ ।
ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन ।
तल्लाघरे धनेस वाजेले भीरमा डोजर लगाए
भीरलाई जमीनमा वदले
सीचेँ पसीनाले
र फलाए हरीया पैशाका वुटाहरु
८ वर्षदेखी उनी यी वुटाहरु वेचेर
१२ जनाको जीवन खुसी राखेका छन् ।
यी त हरीया जीवन हुन् हजूर ।।
पल्लाघरे फुपाजु आज पनि वम्वइ छन्
नेपालमा उनको विघौ जमीन वाँझो छ
उनि वम्मइमै वस्न रुचाउछन्
५० वर्षदेखी चौकीदारी गरीरहेछन्
उनि भन्छन् खेत जोत्ने सीप छैन,चौकिदार मै खुसी छ
भारतको नागरीता पनि पाइसके,
परदेश नै घर लाग्छ, घर परदेश जस्तो ।
अझ सुक्दै गएको अर्को पात्र,
राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे
यो त उसको नियमीत काम हो
तर अचानक उ
अखवारको पहिलो पृष्ठमा समाचार वनिछ
सुकेको पात्र,
पखाला लागेर अस्पतालमा पालो कुर्दाकुदै
सुनिता पनि अखवारको समाचार वनिछ ।
रुख ढलेपछिको पात्र,
छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर
अरु छिमेकीहरुले आगनभरी फोहोरको थुप्रो लगाए
तपाई नै हेर्नुस न
वाटो, नाला र आगनमा
दिनदिनै फोहोर वढ्दै छ
१२ वर्षको उमेरमै फुलमतिले राजीखुसी विहे गरी
१६ पुग्दा २ छोराको आमा वनि
परीवार दंग थियो
दंग परीवारमा रंग ल्याउन श्रीमान परदेशीयो
उ फर्किनु भन्दा अघि नै नफकर्ने खवर आयो
अव फुलमतिको भविष्य के होला ?
आन्दोलनमा टायर वाल्नेहरु सवै वालक थिए
उनिहरुले ढुंगा मुढा, कारमाट सीकेका छन्
भोलीको नेता वन्ने सपना वुनेका छन्
भोली देश कस्तो वन्ला ?
यी हरेक कुरा हेर्दा सामान्य छन्
तर यीनको परीणाम सामान्य छैन ।
,,,,,,,,,,,,,,,,२०७४–१–१,,,,,,,,,,,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।