Skip to main content

परीणाम

कविता 

आगनको मलीलो जमीन मासेर
ठुलो वुवाले एक सय सीँसौको रुख रोप्नुभो
छिमेकीले हकार्नु हकारे जमीन मास्यो भनेर
आज २१ वर्षपछि आगन हराभरा छ
रुखको मोल दिनदिनै वढ्दो छ ।
ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन ।


तल्लाघरे धनेस वाजेले भीरमा डोजर लगाए
भीरलाई जमीनमा वदले
सीचेँ पसीनाले
र फलाए हरीया पैशाका वुटाहरु
८ वर्षदेखी उनी यी वुटाहरु वेचेर
१२ जनाको जीवन खुसी राखेका छन् ।

यी त हरीया जीवन हुन् हजूर 

सुकेका कथाको पहिलो पात्र,
पल्लाघरे फुपाजु आज पनि वम्वइ छन्
नेपालमा उनको विघौ जमीन वाँझो छ
उनि वम्मइमै वस्न रुचाउछन्
५० वर्षदेखी चौकीदारी गरीरहेछन्
उनि भन्छन् खेत जोत्ने सीप छैन,चौकिदार मै खुसी छ
भारतको नागरीता पनि पाइसके,
परदेश नै घर लाग्छ, घर परदेश जस्तो ।


अझ सुक्दै गएको अर्को पात्र,
राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे
यो त उसको नियमीत काम हो
तर अचानक उ
अखवारको पहिलो पृष्ठमा समाचार वनिछ

सुकेको पात्र,
पखाला लागेर अस्पतालमा पालो कुर्दाकुदै
सुनिता पनि अखवारको समाचार वनिछ ।


रुख ढलेपछिको पात्र,
छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर
अरु छिमेकीहरुले आगनभरी फोहोरको थुप्रो लगाए
तपाई नै हेर्नुस न
वाटो, नाला र आगनमा
दिनदिनै फोहोर वढ्दै छ


१२ वर्षको उमेरमै फुलमतिले राजीखुसी विहे गरी
१६ पुग्दा २ छोराको आमा वनि
परीवार दंग थियो
दंग परीवारमा रंग ल्याउन श्रीमान परदेशीयो
उ फर्किनु भन्दा अघि नै नफकर्ने खवर आयो 
अव फुलमतिको भविष्य  के होला ?


आन्दोलनमा टायर वाल्नेहरु सवै वालक थिए
उनिहरुले ढुंगा मुढा, कारमाट सीकेका छन्
भोलीको नेता वन्ने सपना वुनेका छन्
भोली देश कस्तो वन्ला ?


यी हरेक कुरा हेर्दा सामान्य छन्
तर यीनको परीणाम सामान्य छैन ।

,,,,,,,,,,,,,,,,२०७४–१–१,,,,,,,,,,,,,,,,,,,,,,,,,,

निशु जोशी, नेपालगन्ज ।

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...