Skip to main content

फेसवुक वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड

निशु जोशी


वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो फेसवुक । एकै ठाँउमा रहेर हजारौँसँग एकैचोटि वार्तालाप गर्न सकिने  माध्याम हो सोसल मिडिया । यो एउटा यस्तो माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनि सजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो । 
अहिले शहर देखी गाँउका कुनाकाप्चामा समेत सोसल मीडियाको पहुँच छ । सोसल मिडिया टुलहरु मध्य फेसवुक, टुईटर, युटुव, वल्डप्रेस, ब्लग लोकप्रिय छन् । यस्तै अरु सयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचित सोसल मिडियाको एक प्रविधि हो ।

एक तत्थ्याङ्कका अनुसार अहिले १ अर्ब भन्दा धेरै मानिसहरुले दिनहुँजसो  सोसल मीडियाको प्रयोग गर्ने गरेको अध्यायनले देखाउछ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ । अहिले १३ लाख नेपालीहरुले फेसबुकको प्रयोग गर्ने गरेको पाईएको छ । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको पनि छ । यसको प्रयोग गर्नेहरु मध्य करिब ६९.५ पुरूष छन् भने ३१.५ महिला रहेको तत्थ्यांक छ ।

 सकरात्मक कुरा यो हो कि हरेक व्यक्तिले विश्वका कुनैपनि कुनामा रहेका नयाँ नौला, ज्ञानगुनका कुरा, घटना, समाचारवारे जानकारी पाउछन् । 

नकरात्मक कुरा गर्दा एउटा उदाहरण लिउ । अविकसित, विकट गाउँमा पनि घरमा चर्पि नवनाएका तर फेसवुक चलाउनकै लागी १० –१२ हजारसम्मका मोवाइल किन्नेहरु पनि प्रश्स्त भेटिन्छन् । अझ भनौ साँझ विहान छाक टार्न धौ–धौ हुने भएकाले समेत महंगा महंगा मोवाइल किनेर फेसवुक चलाउछन् । यहाँ उनिहरुले फेसवुक चलाए भनेर आपत्ति छैन तर प्रविधीको दुरुपयोग भएको विषयमा आपत्ती हो । 
उनिहरु मजदुरी गर्न भारत जान्छन् । कमाउछन् कमाइको पहिलो अंशवाट मोवाइल किन्छन् । समस्या त यतिवेला हुन्छ, जव श्रीमान पैशा कमाउन भारत जान्छ । श्रीमतिको सम्पर्कमा रहिरहन मोवाइल किनिदिन्छ । घर आउछ फेसवुक चलाउछ, श्रीमतिलाई फेसवुकका रमाइलो देखाउछ, पुनः भारत लाग्छ । श्रीमतिलाई खाली समय कसरी विताउ भन्ने भइरहेका वेला साथी संगी सवै फेसवुकमै लागेको देखेर उसलाई पनि कुत्कुत्याउ छ । फेसवुक चलाउदा चलाउदै अपरीचित संग कुराकानी हुन्छ, भेट घाट हुन्छ माया प्रीति वस्छ । श्रीमान घर आउछ श्रीमानको पनि अकैसंग माया प्रीति वसेको कुरा फुत्किन्छ । श्रीमानश्रीमती विच खटपट हुन्छ । फेरी उनिहरुलाई मिलाइन्छ । केहि समयपछि घर फर्केर आउदा श्रीमति अर्कैसंग गइसकेकी हुन्छ । केहि समय पछि उ वेचिएको खवर आउछ ।

यति मात्र होइन फेसवुकमा मायाप्रेमवसेर भेट्न जादा फेक आइडिचलाउने गरेका आफ्नै वावाछोरी भएका घटना हाम्रा सामु छर्लग छन् ।

फेसवुकका फाइदाहरु पनि छन् । यसलाई सकरात्मक तवरले प्रयोग गर्ने प्रयोगकर्ता पनि भेटिएका छन् ।

नेपालको इतिहासमा २०७२ साल वैशाख १२ गते मध्याह्न ११ वजेर ५६ मीनेटमा ७।९ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्प गएको अठारौं मिनेटमा पत्रकार गुणराज लुइँटेलले आफ्नो घर नजिकैको भग्नावशेष खिचेर ट्वीटरमा पोस्ट गर्नुभयो रे । भूकम्पबारे सामाजिक सञ्जालमा देखिएको त्यो तस्बिर सम्भवतः पहिलो पनि थियो, जसले यहि सोलमिडिया मार्फत निमेषमै संसारलाई नेपालको तहसनहसबारे जानकारी दियो ।, यतिवेला थुप्रैले सहि जानकारी लिए र ढुक्क भए । 


त्यस्तै, २०७१ साल साउन २९ गते आएको वाढि पहिरोले वगाएको खवर मिडियामा आए र जानकारी पाउन वित्तिकै उद्धार कार्य गरीयो र धेरैले ज्यान जोगाए । त्यस्तै, अन्य अप्रीय घटना घटेका वेला पनि उद्धार र राहतका कार्यक्रम हरु सजिलै सम्पन्न भए । पहिलेको जमनामा हुलाकवाट छोराको विहेको निम्तो पठाएको चिठि नाति जन्मदा पुग्थ्यो रे वुवाले भन्नुभएको । केहि जानकारी दिनुपरे २,३ दिन लगाएर हुलाक जानुपर्ने । यो भन्दा अहिलेको प्रविधि धेरै विकसीत भइसकेको छ ।



मैले भन्न खोजेको हामी प्रविधिको पहुँचमा रहनु, पुग्नु एउटा सकरात्मक पक्ष हो भने त्यसको दुरुपयोग गर्नु नकरात्मक पक्ष हो । हरेक कुरामा फाइदा र वेफाइदा हुन्छन् । त्यसलाई प्रयोग गर्न जान्नुपर्छ । त्यसैले फेसवुक पनि वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो ।

मिति ः २०७२ साल कात्तिक ११ गते

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...