Skip to main content

फेसवुक वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड

निशु जोशी


वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो फेसवुक । एकै ठाँउमा रहेर हजारौँसँग एकैचोटि वार्तालाप गर्न सकिने  माध्याम हो सोसल मिडिया । यो एउटा यस्तो माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनि सजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो । 
अहिले शहर देखी गाँउका कुनाकाप्चामा समेत सोसल मीडियाको पहुँच छ । सोसल मिडिया टुलहरु मध्य फेसवुक, टुईटर, युटुव, वल्डप्रेस, ब्लग लोकप्रिय छन् । यस्तै अरु सयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचित सोसल मिडियाको एक प्रविधि हो ।

एक तत्थ्याङ्कका अनुसार अहिले १ अर्ब भन्दा धेरै मानिसहरुले दिनहुँजसो  सोसल मीडियाको प्रयोग गर्ने गरेको अध्यायनले देखाउछ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ । अहिले १३ लाख नेपालीहरुले फेसबुकको प्रयोग गर्ने गरेको पाईएको छ । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको पनि छ । यसको प्रयोग गर्नेहरु मध्य करिब ६९.५ पुरूष छन् भने ३१.५ महिला रहेको तत्थ्यांक छ ।

 सकरात्मक कुरा यो हो कि हरेक व्यक्तिले विश्वका कुनैपनि कुनामा रहेका नयाँ नौला, ज्ञानगुनका कुरा, घटना, समाचारवारे जानकारी पाउछन् । 

नकरात्मक कुरा गर्दा एउटा उदाहरण लिउ । अविकसित, विकट गाउँमा पनि घरमा चर्पि नवनाएका तर फेसवुक चलाउनकै लागी १० –१२ हजारसम्मका मोवाइल किन्नेहरु पनि प्रश्स्त भेटिन्छन् । अझ भनौ साँझ विहान छाक टार्न धौ–धौ हुने भएकाले समेत महंगा महंगा मोवाइल किनेर फेसवुक चलाउछन् । यहाँ उनिहरुले फेसवुक चलाए भनेर आपत्ति छैन तर प्रविधीको दुरुपयोग भएको विषयमा आपत्ती हो । 
उनिहरु मजदुरी गर्न भारत जान्छन् । कमाउछन् कमाइको पहिलो अंशवाट मोवाइल किन्छन् । समस्या त यतिवेला हुन्छ, जव श्रीमान पैशा कमाउन भारत जान्छ । श्रीमतिको सम्पर्कमा रहिरहन मोवाइल किनिदिन्छ । घर आउछ फेसवुक चलाउछ, श्रीमतिलाई फेसवुकका रमाइलो देखाउछ, पुनः भारत लाग्छ । श्रीमतिलाई खाली समय कसरी विताउ भन्ने भइरहेका वेला साथी संगी सवै फेसवुकमै लागेको देखेर उसलाई पनि कुत्कुत्याउ छ । फेसवुक चलाउदा चलाउदै अपरीचित संग कुराकानी हुन्छ, भेट घाट हुन्छ माया प्रीति वस्छ । श्रीमान घर आउछ श्रीमानको पनि अकैसंग माया प्रीति वसेको कुरा फुत्किन्छ । श्रीमानश्रीमती विच खटपट हुन्छ । फेरी उनिहरुलाई मिलाइन्छ । केहि समयपछि घर फर्केर आउदा श्रीमति अर्कैसंग गइसकेकी हुन्छ । केहि समय पछि उ वेचिएको खवर आउछ ।

यति मात्र होइन फेसवुकमा मायाप्रेमवसेर भेट्न जादा फेक आइडिचलाउने गरेका आफ्नै वावाछोरी भएका घटना हाम्रा सामु छर्लग छन् ।

फेसवुकका फाइदाहरु पनि छन् । यसलाई सकरात्मक तवरले प्रयोग गर्ने प्रयोगकर्ता पनि भेटिएका छन् ।

नेपालको इतिहासमा २०७२ साल वैशाख १२ गते मध्याह्न ११ वजेर ५६ मीनेटमा ७।९ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्प गएको अठारौं मिनेटमा पत्रकार गुणराज लुइँटेलले आफ्नो घर नजिकैको भग्नावशेष खिचेर ट्वीटरमा पोस्ट गर्नुभयो रे । भूकम्पबारे सामाजिक सञ्जालमा देखिएको त्यो तस्बिर सम्भवतः पहिलो पनि थियो, जसले यहि सोलमिडिया मार्फत निमेषमै संसारलाई नेपालको तहसनहसबारे जानकारी दियो ।, यतिवेला थुप्रैले सहि जानकारी लिए र ढुक्क भए । 


त्यस्तै, २०७१ साल साउन २९ गते आएको वाढि पहिरोले वगाएको खवर मिडियामा आए र जानकारी पाउन वित्तिकै उद्धार कार्य गरीयो र धेरैले ज्यान जोगाए । त्यस्तै, अन्य अप्रीय घटना घटेका वेला पनि उद्धार र राहतका कार्यक्रम हरु सजिलै सम्पन्न भए । पहिलेको जमनामा हुलाकवाट छोराको विहेको निम्तो पठाएको चिठि नाति जन्मदा पुग्थ्यो रे वुवाले भन्नुभएको । केहि जानकारी दिनुपरे २,३ दिन लगाएर हुलाक जानुपर्ने । यो भन्दा अहिलेको प्रविधि धेरै विकसीत भइसकेको छ ।



मैले भन्न खोजेको हामी प्रविधिको पहुँचमा रहनु, पुग्नु एउटा सकरात्मक पक्ष हो भने त्यसको दुरुपयोग गर्नु नकरात्मक पक्ष हो । हरेक कुरामा फाइदा र वेफाइदा हुन्छन् । त्यसलाई प्रयोग गर्न जान्नुपर्छ । त्यसैले फेसवुक पनि वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो ।

मिति ः २०७२ साल कात्तिक ११ गते

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...