कविता
माझिहरुलाई थाहा छ
डुंगा चढ्ने यात्रुहरुलाई थाहा छ
र थाहा छ हजुरहरुलाई पनि
किनारा वषौदेखी
एक अर्कालाई पखीरहेका छन् ।
पानी उड्दैछ निरन्तर वाफ वनेर
मुहान सुक्दैछ हरेक समय
नदि रीत्तो हुदैछ
वगर वन्दैछ
र भेट हुदैछ दुइ किनाराको
के यो नौलौ कुरा हुनेछ ?
म पर्खाइमा छु ।
वाजे भन्नुहुन्छ चर्पि वनाएदेखी
गाँउमा विरुवा उर्मेका छैनन्
चरा र अरीगाँल झुम्ने अम्वाका रुख
भगेरा वस्ने आरुको रुख
सुक्दै गएका छन्
ढल्दै गएका छन्
के यो नातिलाई सुनाउने कथा हुने छ ?
पर्खाइमा छु ।
यो पर्खाइ हो या समयको दौडाइ
केहि पखीरहेका छन्
र दौडिएका पनि ।
पखाइकै कुरा गर्ने हो भने
गाउँमा पर्खीरहेका वाआमा छन्
चउर पर्खीरहेछ डन्डीवियो खेल्ने वालापन
वाँझो खेत पर्खीरहेछ जवान
श्रीमति पखीरहेछिन् सीन्दुर
शताव्दि पर्खीरहेको छ नवयुग ।
मलाई चिन्ता छ मेरो भविष्य देखेर
जहाँ आइसक्रीम देखेर
सगरमाथाको हिउ यस्तै थियो रे नभनुन्
भेटमा किनारासंग पानी थियो र नसोधुन् ।
,,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।
२०७३ कात्तिक २६ गते ।
माझिहरुलाई थाहा छ
डुंगा चढ्ने यात्रुहरुलाई थाहा छ
र थाहा छ हजुरहरुलाई पनि
किनारा वषौदेखी
एक अर्कालाई पखीरहेका छन् ।
पानी उड्दैछ निरन्तर वाफ वनेर
मुहान सुक्दैछ हरेक समय
नदि रीत्तो हुदैछ
वगर वन्दैछ
र भेट हुदैछ दुइ किनाराको
के यो नौलौ कुरा हुनेछ ?
म पर्खाइमा छु ।
वाजे भन्नुहुन्छ चर्पि वनाएदेखी
गाँउमा विरुवा उर्मेका छैनन्
चरा र अरीगाँल झुम्ने अम्वाका रुख
भगेरा वस्ने आरुको रुख
सुक्दै गएका छन्
ढल्दै गएका छन्
के यो नातिलाई सुनाउने कथा हुने छ ?
पर्खाइमा छु ।
यो पर्खाइ हो या समयको दौडाइ
केहि पखीरहेका छन्
र दौडिएका पनि ।
पखाइकै कुरा गर्ने हो भने
गाउँमा पर्खीरहेका वाआमा छन्
चउर पर्खीरहेछ डन्डीवियो खेल्ने वालापन
वाँझो खेत पर्खीरहेछ जवान
श्रीमति पखीरहेछिन् सीन्दुर
शताव्दि पर्खीरहेको छ नवयुग ।
मलाई चिन्ता छ मेरो भविष्य देखेर
जहाँ आइसक्रीम देखेर
सगरमाथाको हिउ यस्तै थियो रे नभनुन्
भेटमा किनारासंग पानी थियो र नसोधुन् ।
,,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।
२०७३ कात्तिक २६ गते ।