Skip to main content

हरीयो साउन

ए हजुर
उ त्यो त्यो चुचुरोमा केहि देख्नुभो
जुनकिरी झै झिलमील ?

त्यो भन्दा अघि  थाहा छ 
साउन र झरीको सम्वन्ध हरीयो हुन्छ ।
साउनमै त पलाउछ पालुवा
वाली रोपिन्छ, हरीयाली फैलीन्छ
साउनकै महिनामा त हो
सुन्तली, चमेली र मनिसाहरु
चुरा, पोते र लुगा पनि त हरीयै लगाउछन् ।

अझ भनौ,
साउनकै महिना त हो
खडेरी परेका ठाँउ ओसीला देखीने
हरीया देखीने
रसीला देखीने ।

थाहा छ ?
हजुरले टेकेको फाँटबाट देखीएको
त्यो पहाडको टुप्पोमा मानव वस्ती छ
वस्ती रातमा जुनकिरी झै देखीन्छ ।

ती वस्तीहरु
वर्षमा एक महिना मात्र नुहाउछन्
एक महिना मात्र मुस्कुराउछन्
र एक महिना मात्र कमाउछन्
मात्र साउन महिनामा ।

त्यो चुचुरोमा अनाज नउव्जने जमीन छ ।
परदेश जानेहरु फर्केर आउन मान्दैनन्
पानी पिउनका लागी पनि साउन पर्खनुपर्छ
तर पनि पुस्तौदेखी यसरी नै बाँचिरहेछन्
साउनलाई प्राण वनाएर ।

थाहा छ ?
साउनमै आउछन् त्यहाँ सवै जातका भगवानहरु
र प्राण भरेर फर्कन्छन् ।
त्यसैले,
निराहार व्रत वसेर
हिलो पानी नभनेर
सकि नसकि उकालो चढ्दै
आइपुग्छन् ति वस्तीहरुमा
धर्ममा आस्था राख्नेहरु
भगवानलाई पुजा गर्नेहरु
चढाउछन् आस्था र विश्वास
केहिले पाप पखाल्छन्
यहि साउनको महिनामा ।

भगवानलाई चढाएका
ति अनमोल मोति टिपेर
जीवन स्वर्ग वनाउछन्
एक दुइ रुपैयाको भेटि टिपेर
वर्षौ गुजारा चलाउछन्
यी वस्तीका केहि मानीसहरु ।

तपाईलाई थाहा नै छ
साउनै म त आकाश भरीन्छ
र पोखीन्छ धरतिका हरेक कुनामा

अझ भनौ,
साउनमै पानी जोरजाम गरीन्छ माटोका घैटाहरुमा
सुकेका आँत भिजाइन्छ
एक महिनामा टिपेको हरीयोले
वर्षदिनसम्म हरीयो पारीन्छ ।
र मुस्कुराइन्छ वषौवर्ष सम्म ।
यो त वर्षौेदेखीको कला हो
वाह्रै महिना साउन वनाउनका लागी।।

त्यसैले
साउन र झरीको सम्वन्ध हरीयो छ
त्यो वस्तीका लागी ।
हजुर पनि त्यो वस्ती हरीयो वन्ने वेला पुगीदिनुस है ।
म यो इन्टरनेटको भित्ताबाट त्यो हरीयो हेर्न चाहान्छु ।
त्यो हरीयोमा वाँचेका प्राणहरु संसारभर देखाउन चाहान्छु
ता कि वाच्ने कला सवैले जानुन् ।
हास्ने कला सवैले सीकुन् ।
Image result for hill image

२०७४ -०४- ०४ गते

Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...