ए हजुर
उ त्यो त्यो चुचुरोमा केहि देख्नुभो
जुनकिरी झै झिलमील ?
त्यो भन्दा अघि थाहा छ
साउन र झरीको सम्वन्ध हरीयो हुन्छ ।
साउनमै त पलाउछ पालुवा
वाली रोपिन्छ, हरीयाली फैलीन्छ
साउनकै महिनामा त हो
सुन्तली, चमेली र मनिसाहरु
चुरा, पोते र लुगा पनि त हरीयै लगाउछन् ।
अझ भनौ,
साउनकै महिना त हो
खडेरी परेका ठाँउ ओसीला देखीने
हरीया देखीने
रसीला देखीने ।
थाहा छ ?
हजुरले टेकेको फाँटबाट देखीएको
त्यो पहाडको टुप्पोमा मानव वस्ती छ
वस्ती रातमा जुनकिरी झै देखीन्छ ।
ती वस्तीहरु
वर्षमा एक महिना मात्र नुहाउछन्
एक महिना मात्र मुस्कुराउछन्
र एक महिना मात्र कमाउछन्
मात्र साउन महिनामा ।
त्यो चुचुरोमा अनाज नउव्जने जमीन छ ।
परदेश जानेहरु फर्केर आउन मान्दैनन्
पानी पिउनका लागी पनि साउन पर्खनुपर्छ
तर पनि पुस्तौदेखी यसरी नै बाँचिरहेछन्
साउनलाई प्राण वनाएर ।
थाहा छ ?
साउनमै आउछन् त्यहाँ सवै जातका भगवानहरु
र प्राण भरेर फर्कन्छन् ।
त्यसैले,
निराहार व्रत वसेर
हिलो पानी नभनेर
सकि नसकि उकालो चढ्दै
आइपुग्छन् ति वस्तीहरुमा
धर्ममा आस्था राख्नेहरु
भगवानलाई पुजा गर्नेहरु
चढाउछन् आस्था र विश्वास
केहिले पाप पखाल्छन्
यहि साउनको महिनामा ।
भगवानलाई चढाएका
ति अनमोल मोति टिपेर
जीवन स्वर्ग वनाउछन्
एक दुइ रुपैयाको भेटि टिपेर
वर्षौ गुजारा चलाउछन्
यी वस्तीका केहि मानीसहरु ।
तपाईलाई थाहा नै छ
साउनै म त आकाश भरीन्छ
र पोखीन्छ धरतिका हरेक कुनामा
अझ भनौ,
साउनमै पानी जोरजाम गरीन्छ माटोका घैटाहरुमा
सुकेका आँत भिजाइन्छ
एक महिनामा टिपेको हरीयोले
वर्षदिनसम्म हरीयो पारीन्छ ।
र मुस्कुराइन्छ वषौवर्ष सम्म ।
यो त वर्षौेदेखीको कला हो
वाह्रै महिना साउन वनाउनका लागी।।
त्यसैले
साउन र झरीको सम्वन्ध हरीयो छ
त्यो वस्तीका लागी ।
हजुर पनि त्यो वस्ती हरीयो वन्ने वेला पुगीदिनुस है ।
म यो इन्टरनेटको भित्ताबाट त्यो हरीयो हेर्न चाहान्छु ।
त्यो हरीयोमा वाँचेका प्राणहरु संसारभर देखाउन चाहान्छु
ता कि वाच्ने कला सवैले जानुन् ।
हास्ने कला सवैले सीकुन् ।

२०७४ -०४- ०४ गते
उ त्यो त्यो चुचुरोमा केहि देख्नुभो
जुनकिरी झै झिलमील ?
त्यो भन्दा अघि थाहा छ
साउन र झरीको सम्वन्ध हरीयो हुन्छ ।
साउनमै त पलाउछ पालुवा
वाली रोपिन्छ, हरीयाली फैलीन्छ
साउनकै महिनामा त हो
सुन्तली, चमेली र मनिसाहरु
चुरा, पोते र लुगा पनि त हरीयै लगाउछन् ।
अझ भनौ,
साउनकै महिना त हो
खडेरी परेका ठाँउ ओसीला देखीने
हरीया देखीने
रसीला देखीने ।
थाहा छ ?
हजुरले टेकेको फाँटबाट देखीएको
त्यो पहाडको टुप्पोमा मानव वस्ती छ
वस्ती रातमा जुनकिरी झै देखीन्छ ।
ती वस्तीहरु
वर्षमा एक महिना मात्र नुहाउछन्
एक महिना मात्र मुस्कुराउछन्
र एक महिना मात्र कमाउछन्
मात्र साउन महिनामा ।
त्यो चुचुरोमा अनाज नउव्जने जमीन छ ।
परदेश जानेहरु फर्केर आउन मान्दैनन्
पानी पिउनका लागी पनि साउन पर्खनुपर्छ
तर पनि पुस्तौदेखी यसरी नै बाँचिरहेछन्
साउनलाई प्राण वनाएर ।
थाहा छ ?
साउनमै आउछन् त्यहाँ सवै जातका भगवानहरु
र प्राण भरेर फर्कन्छन् ।
त्यसैले,
निराहार व्रत वसेर
हिलो पानी नभनेर
सकि नसकि उकालो चढ्दै
आइपुग्छन् ति वस्तीहरुमा
धर्ममा आस्था राख्नेहरु
भगवानलाई पुजा गर्नेहरु
चढाउछन् आस्था र विश्वास
केहिले पाप पखाल्छन्
यहि साउनको महिनामा ।
भगवानलाई चढाएका
ति अनमोल मोति टिपेर
जीवन स्वर्ग वनाउछन्
एक दुइ रुपैयाको भेटि टिपेर
वर्षौ गुजारा चलाउछन्
यी वस्तीका केहि मानीसहरु ।
तपाईलाई थाहा नै छ
साउनै म त आकाश भरीन्छ
र पोखीन्छ धरतिका हरेक कुनामा
अझ भनौ,
साउनमै पानी जोरजाम गरीन्छ माटोका घैटाहरुमा
सुकेका आँत भिजाइन्छ
एक महिनामा टिपेको हरीयोले
वर्षदिनसम्म हरीयो पारीन्छ ।
र मुस्कुराइन्छ वषौवर्ष सम्म ।
यो त वर्षौेदेखीको कला हो
वाह्रै महिना साउन वनाउनका लागी।।
त्यसैले
साउन र झरीको सम्वन्ध हरीयो छ
त्यो वस्तीका लागी ।
हजुर पनि त्यो वस्ती हरीयो वन्ने वेला पुगीदिनुस है ।
म यो इन्टरनेटको भित्ताबाट त्यो हरीयो हेर्न चाहान्छु ।
त्यो हरीयोमा वाँचेका प्राणहरु संसारभर देखाउन चाहान्छु
ता कि वाच्ने कला सवैले जानुन् ।
हास्ने कला सवैले सीकुन् ।
२०७४ -०४- ०४ गते
Comments
Post a Comment