कविता
कक्षा ६ मा विज्ञान शिक्षकले रटाएका हुन्
विर्सीए छु, पानीमा सीयो डुव्नु र डुंगा उत्रनुको कारण
के तपाइलाई थाहा छ ?
पानीमा उत्रने वस्तुको तौल वरावर
त्यसले विस्थापित गर्ने पानीको तौल
यहि त हो आर्किमिडिजको सिद्धान्त
यहि सीद्धान्तले सीयो डुव्छ, डुंगा उत्रन्छ ।
कालोपाटिमा चित्र वनाएर शिक्षकहरुले पढाउदा
मेरो ध्यान कागजमा वुद्धको तस्वीर कोर्न व्यस्त हुन्थ्यो
झ्याल वाहिर सखीहरुले गुच्चा खेलेको हेर्दैमा दिन वित्थ्यो ।
ठिक आज त्यसको २० वर्षपछि
म वगरमा उभिएको छु
यात्रुहरुलाई माझीहरु
काठको डुंगावाट नदि वारपार गराइरहेका छन्
के उनिहरुलाई आर्किमीडिजको सीद्धान्त थाहा थियो ?
काठकै फिरफिरे जोडेर
पानी घट्ट वनाइएथ्यो
घट्मा अनेक थोक पिसीन्थ्यो ।
बाले थोत्रा प्लाटिकका वोराको रेसा निकालेर
नाम्लो र वरीयो वुन्नुहुन्थ्यो
अझ भनौ
आमाले परालका त्यान्द्रा गासेर
चकटि र फिनो वनाउनुहुन्थ्यो ।
तर उहाँहरु संग लेखापढिको छेउ छैन
गाउँमा पढेर ठुलो भएको मै हुँ
धेरै पढेरै गाँउवाट शहर आएको मै हुँ
तर यो प्रयोगको शव्द वुझेदेखी
म सुन्य छु
शहरमा म रीत्तो छु ।
हारे भनिएका थोमस एल्वा एडिसन
प्रयोग गर्दा गर्दै वल्व निर्माण गरेर वैज्ञानिक वने
चिया वेच्ने मोदि भारतको प्रधानमन्त्रि वने
दिमाग प्रयोग गरेरै अल्वट अल्वट वने
यो त उदाहरण मात्र हो
दिमाग प्रयोग गर्नेहरु कुहिनुर वन्दारहेछन् ।
काठ, ढुंगा, र माटो प्रयोग गरेर नै घर वन्छ ।
हासो, खुसी, जित हारले पनि जीवन वन्छ
ठिक यसै गरी
अरुले फ्याकेका गुट्खाका खोस्टा जोडेर
मेरो सानो भाइले मलाई झोला उपहार पठाएको छ ।
यी हरेक चिज देखेर मैले जानेको हुँ
दिमाग प्रयोग गर्नेहरु नै
सबैभन्दा बढि शक्तिशाली हुन् ।
,,,,,,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।
२०७४–०२–३० गते