Skip to main content

प्रयोग

Image result for Boat image

कविता 


कक्षा ६ मा विज्ञान शिक्षकले रटाएका हुन्
विर्सीए छु, पानीमा सीयो डुव्नु र डुंगा उत्रनुको कारण 
के तपाइलाई थाहा छ ?

पानीमा उत्रने वस्तुको तौल वरावर
त्यसले विस्थापित गर्ने पानीको तौल
यहि त हो आर्किमिडिजको सिद्धान्त
यहि सीद्धान्तले सीयो डुव्छ, डुंगा उत्रन्छ ।
कालोपाटिमा चित्र वनाएर शिक्षकहरुले पढाउदा
मेरो ध्यान कागजमा वुद्धको तस्वीर कोर्न व्यस्त हुन्थ्यो
झ्याल वाहिर सखीहरुले गुच्चा खेलेको हेर्दैमा दिन वित्थ्यो ।

ठिक आज त्यसको २० वर्षपछि
म वगरमा उभिएको छु
यात्रुहरुलाई माझीहरु
काठको डुंगावाट नदि वारपार गराइरहेका छन्
के उनिहरुलाई आर्किमीडिजको सीद्धान्त थाहा थियो ?

Image result for pani ghatta imageपानीलाई ओरालोमै झारेर
काठकै फिरफिरे जोडेर
पानी घट्ट वनाइएथ्यो
घट्मा अनेक थोक पिसीन्थ्यो । 

बाले थोत्रा प्लाटिकका वोराको रेसा निकालेर
नाम्लो र वरीयो वुन्नुहुन्थ्यो
अझ भनौ
आमाले परालका त्यान्द्रा गासेर
चकटि र फिनो वनाउनुहुन्थ्यो ।
तर उहाँहरु संग लेखापढिको छेउ छैन
गाउँमा पढेर ठुलो भएको मै हुँ
धेरै पढेरै गाँउवाट शहर आएको मै हुँ
तर यो प्रयोगको शव्द वुझेदेखी
म सुन्य छु
शहरमा म रीत्तो छु ।

हारे भनिएका थोमस एल्वा एडिसन
प्रयोग गर्दा गर्दै वल्व निर्माण गरेर वैज्ञानिक वने
चिया वेच्ने मोदि भारतको प्रधानमन्त्रि वने
दिमाग प्रयोग गरेरै अल्वट अल्वट वने
यो त उदाहरण मात्र हो
दिमाग प्रयोग गर्नेहरु कुहिनुर वन्दारहेछन् ।

काठ, ढुंगा, र माटो प्रयोग गरेर नै घर वन्छ ।
हासो, खुसी, जित हारले पनि जीवन वन्छ
ठिक यसै गरी
अरुले फ्याकेका गुट्खाका खोस्टा जोडेर
मेरो सानो भाइले मलाई झोला उपहार पठाएको छ ।

यी हरेक चिज देखेर मैले जानेको हुँ
दिमाग प्रयोग गर्नेहरु नै
सबैभन्दा बढि शक्तिशाली हुन् 

,,,,,,,,,,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज ।
२०७४–०२–३० गते

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...