Skip to main content

परीपक्क उमेर होइन, सोच र व्यवहार हो ।



म निशु जोशी, उमेरले २४ वर्षको भए । हाल मैले पत्रकारीता गरीरहेको छु। कथा, कविता र लेखहरु लेख्न मन पर्छ र लेख्छु पनि । भिडियोग्राफिमा पनि उत्तिकै रुचि छ ।

मानीसहरुले उमेरका आधारमा गर्ने व्यवहारका विषयमा मेरो यो लेख केन्द्रित छ । हुन त धेरै ठाँउमा कम उमेर देखेकै कारण होच्याएर वोल्ने, काम गर्न सक्दैन कि भनेर झट्ट विश्वास नगर्ने प्रवृति हामी सबैले भोग्दै आएको विषय हो । सधै कति भोगीरहने ? कमसे कम मनमा आफूलाई लागेको कुरा पोख्यो भने मन हलुंगो हुन्छ । परीवर्तन भन्ने कुरा त समयसंग हुने कुरा हो । आफू परीवर्तन हुन सकिन्छ तर अरुलाई परीवर्तन गर्न सकिदैन भन्ने लाग्छ । यो मेरो व्यक्तिगत धारणा मात्र हो यसो नहुन पनि सक्छ ।

एकजना दिदिले एक वर्ष अघि भनेको कुरा दिलमै लागेको थियो । अरुले विश्वास नगरेपनि उहाँले विश्वास गर्नुहुन्छ भन्नेमा पक्का थिए । तर उहाँका व्यवहारहरुले सधै उमेरलाई लिएर हेपिरहेको महसुस भइरहेको थियो ।

उहाँले तिमी अझै काचैँ छौ भनेर पटक पटक भनिरहदा खील वनेर विझ्यो। तर म वोल्न सकिन । किनकि यो धेरैले यस्तो व्यवहार गरीरहने गरेकाले मलाई सामान्य जस्तै लागेको थियो । तर असाध्य विश्वास गरेको पात्रले पनि यसरी हेपेरै वोलेपछि भने अझ धेरै चित्त दुख्यो । चित्त दुखाउने वाहेक अरु के गर्न सक्थे र ?

हुन त मैले म हरेक कुरामा सक्षम छु भन्न खोजेको कदापि होइन । मानीसहरुले उमेरका आधारमा गर्ने व्यवहार अव्यवहारीक र गलत हो भन्ने मात्र हो । तर कुरा आजसम्म मैले आफैलाई मात्र वुझाउन सक्षम रहेछु । अरुलाई वुझाउन नसकेको कारण यस्तो व्यवहार पाइहनुपरेको हो कि भन्ने ठानेर यो व्लग लेख्दैछु ।

मानीस परीपक्क उमेरले होइन, व्यवहारले हुन्छ यहि भनेर यो व्लगमार्फत जवाफ दिन्छु । म अन्याय सहन सक्तैन तर अन्याय विरुद्ध तत्काल प्रतिक्रिया दिन म सक्तैन । प्रभावकारी रुपले न्याय पाउनुपर्छ भन्ने लाग्छ ताकि मैले न्याय लिदा उनिहरु नै अन्यायमा नपरुन् । त्यसैले सकेसम्म म सृजनशिल र फरक तरीकाबाट विरोध वा असहमति जनाउने प्रयास गर्छु ।

हाम्रो समाजमा सवैले सधै उमेरलाई नै परीपक्क ठाँने । उमेर नै परीपक्क हुन्छ भन्ने कुरा सीकाए । सायद उनिहरुका अभिभावकहरुले पनि उनिहरुलाई यहि सिकाए । कैयन पुस्ता सकियो तर व्यवहार जहिँको तहिँ छ । मलाई लाग्छ, पाकिस्तानकि १७ वर्षिय युसुफ मलालालाई उमेरले अपरीपक्क मानेको भए आज उनले नोवेल पुरस्कार प्राप्त गर्ने थिइनन् होला ।

मैले पुरस्कारको कुरा जोड्न खोजेको होइन । परीपक्क र अपरीपक्कको परीभाषालाई अथ्र्याउन मात्र खोजेको हो । मलालालाई पनि हाम्रो समाजमा जस्तै तिमी काँचै छौ । अझै परीपक्क हुनलाई केहि वर्ष पर्ख भनेको भए आज उनले १७ वर्षको उमेरमा यो सफलता पार गर्ने थिइनन् ।

अर्को कुरा उमेरकै कुरा गर्दा कतिपय व्यक्ति उमेरले पाका हुन्छन् तर उनिहरुको व्यवहार र सोच वच्चाको जस्तै हुन्छ । के यसलाई अपवाद मात्रै भन्ने ? या सोचाइ परीपक्क हो मान्ने ? यो प्रश्न म तपाईलाई नै छाडिदिन्छु ।

अर्को पटक फेरी उनिसंग भेट भयो । भेटघाटका क्रममा एउटा विषयमा तर्क विर्तक भयो । मनमा लागेका कुरा मौका पाएको ठाँउमा वोलीहाल्ने वानीले त्यहाँ पनि स्थान पायो । पछि फर्किदा उनले फेरी भनिन् तिमी परीपक्क भएछौ ।

अहो । एक वर्षको अन्तरालमा म परीपक्क भएको हो कि उनको सोच ? म मनमनै हाँसे । मैले आफूलाई धेरै सोचेको पनि हुनसक्छु । गतवर्ष अपरीपक्क भएको म यो वर्ष परीपक्कको सूचिमा थपिए । सायद उनलाई मेरा तर्क मन परे । या उनि मेरो नजीक परीन् ।
कुनै मान्छेको क्षमता थाहा पाउन उमेर हेरेर मात्र हुदैन । उ संग संगत गर्नुपर्छ । यस्तो कुरा उनले सोचिन् सोचिनन् थाहा छैन् । तर उनीसंग भेटेपछि मैले यस्तै सोचे ।

केहिदिन अघि एउटा छलफलमा म सहभागी थिए । त्यहाँ पनि उमेर हेरेर नै परीपक्क र अपरीपक्क भनेर छुट्याइयो । अर्को छलफलमा पनि म उमेरकै कारण काम गर्न सक्ने मौकाबाट पछाडि पारीए ।

कुनै पनि काम गर्न सक्छु कि सक्तैन भन्ने कुराको निक्र्योल म त गर्न सक्छु । तर यो समाजका जुनसुकै व्यक्तिले काम गर्न सक्ने या नसक्ने भन्ने कुरा उमेरले निर्धारण गरीदिन्छन् र जीम्मेवारीबाट टाढा पु¥याइदिन्छन् । कुन उमेरलाई परीपक्क ठान्ने महोदय ? मान्छेको सोच र व्यवहारलाई कहिले मापन गर्ने ? जो उमेरमा जेठो छन् उनिहरुले मात्रै जिम्मेवारी निवार्ह गर्न सक्छन् भनेर कहिलेसम्म उनिहरुमाथि निर्भर रहने ?
कलिलै उमेरमा मानीस धेरै सृजनशिल र शक्तिशालि हुन्छ । उनिहरुको सृजनात्मक शक्ति प्रयोग गर्न नदिएर हामीले के गलत गरीरहेका छैनौ ? हामीले सिक्ने समयमा काम गर्न दिइरहेका छैनौ भने उनिहरुले कहिले काम गर्ने ?

उसो त साहित्यकार मोतिराम भट्टलाई उमेरकै आधारमा तिम्रो सृजना काँचै छ भनेको भए ।
मलाई भन्न मन लागेको यति मात्र हो । हामीले नयाँ पूस्तालाई मलाला कहिले बनाउने ? मोतिराम भट्ट कहिले बनाउने ? उनिहरुलाई तिमीले काम गर्नुपर्छ भनेर कहिले उप्रेरणा जगाउने ? कहिले गर्ने ? कस्ले गर्ने ? यो काम गर्नका लागी पनि उमेरले परीपक्क हुनुपर्ने हो र ? या त व्यवहारले परीपक्क भए हुन्छ ? हुन्छ भने आफ्ना छोराछोरी, नातिनातीना, साथिभाईलाई आजैदेखी जिम्मेवारी दिन सुरु गर्नुस् । किनकि बालबालीकाले सिक्ने तपाईको काम हेरेर नै हो । वातावरण जस्तो छ तपाईको भविष्य पनि त्यस्तै छ । त्यसैले के गर्ने भन्ने बारेमा पनि सोच्नुहोस् ।

किनिकि मेरा आफन्त, घरपरीवारको यहि सोचका कारण आज म मलाला वन्न सकेन । मलाला वन्न सक्ने उमेरका अरु क्षमतावान प्रतिभाहरुलाई पनि यसरी नै हतोत्साहित र उमेरको परीधिमा वाध्ने हो भने कम उमेरकाहरु कहिले अघि वढ्ने ? काम गर्ने, सोच, क्षमता भएको उमेर सकिएपछि ? काम, जीम्मेवारी, पारीवारीक वन्धनमा वाधिएपछि ? कस्ले सोच्ने ? कहिले सोच्ने ?

२०७६ कात्तिक ७ गते

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...