Skip to main content

परीपक्क उमेर होइन, सोच र व्यवहार हो ।



म निशु जोशी, उमेरले २४ वर्षको भए । हाल मैले पत्रकारीता गरीरहेको छु। कथा, कविता र लेखहरु लेख्न मन पर्छ र लेख्छु पनि । भिडियोग्राफिमा पनि उत्तिकै रुचि छ ।

मानीसहरुले उमेरका आधारमा गर्ने व्यवहारका विषयमा मेरो यो लेख केन्द्रित छ । हुन त धेरै ठाँउमा कम उमेर देखेकै कारण होच्याएर वोल्ने, काम गर्न सक्दैन कि भनेर झट्ट विश्वास नगर्ने प्रवृति हामी सबैले भोग्दै आएको विषय हो । सधै कति भोगीरहने ? कमसे कम मनमा आफूलाई लागेको कुरा पोख्यो भने मन हलुंगो हुन्छ । परीवर्तन भन्ने कुरा त समयसंग हुने कुरा हो । आफू परीवर्तन हुन सकिन्छ तर अरुलाई परीवर्तन गर्न सकिदैन भन्ने लाग्छ । यो मेरो व्यक्तिगत धारणा मात्र हो यसो नहुन पनि सक्छ ।

एकजना दिदिले एक वर्ष अघि भनेको कुरा दिलमै लागेको थियो । अरुले विश्वास नगरेपनि उहाँले विश्वास गर्नुहुन्छ भन्नेमा पक्का थिए । तर उहाँका व्यवहारहरुले सधै उमेरलाई लिएर हेपिरहेको महसुस भइरहेको थियो ।

उहाँले तिमी अझै काचैँ छौ भनेर पटक पटक भनिरहदा खील वनेर विझ्यो। तर म वोल्न सकिन । किनकि यो धेरैले यस्तो व्यवहार गरीरहने गरेकाले मलाई सामान्य जस्तै लागेको थियो । तर असाध्य विश्वास गरेको पात्रले पनि यसरी हेपेरै वोलेपछि भने अझ धेरै चित्त दुख्यो । चित्त दुखाउने वाहेक अरु के गर्न सक्थे र ?

हुन त मैले म हरेक कुरामा सक्षम छु भन्न खोजेको कदापि होइन । मानीसहरुले उमेरका आधारमा गर्ने व्यवहार अव्यवहारीक र गलत हो भन्ने मात्र हो । तर कुरा आजसम्म मैले आफैलाई मात्र वुझाउन सक्षम रहेछु । अरुलाई वुझाउन नसकेको कारण यस्तो व्यवहार पाइहनुपरेको हो कि भन्ने ठानेर यो व्लग लेख्दैछु ।

मानीस परीपक्क उमेरले होइन, व्यवहारले हुन्छ यहि भनेर यो व्लगमार्फत जवाफ दिन्छु । म अन्याय सहन सक्तैन तर अन्याय विरुद्ध तत्काल प्रतिक्रिया दिन म सक्तैन । प्रभावकारी रुपले न्याय पाउनुपर्छ भन्ने लाग्छ ताकि मैले न्याय लिदा उनिहरु नै अन्यायमा नपरुन् । त्यसैले सकेसम्म म सृजनशिल र फरक तरीकाबाट विरोध वा असहमति जनाउने प्रयास गर्छु ।

हाम्रो समाजमा सवैले सधै उमेरलाई नै परीपक्क ठाँने । उमेर नै परीपक्क हुन्छ भन्ने कुरा सीकाए । सायद उनिहरुका अभिभावकहरुले पनि उनिहरुलाई यहि सिकाए । कैयन पुस्ता सकियो तर व्यवहार जहिँको तहिँ छ । मलाई लाग्छ, पाकिस्तानकि १७ वर्षिय युसुफ मलालालाई उमेरले अपरीपक्क मानेको भए आज उनले नोवेल पुरस्कार प्राप्त गर्ने थिइनन् होला ।

मैले पुरस्कारको कुरा जोड्न खोजेको होइन । परीपक्क र अपरीपक्कको परीभाषालाई अथ्र्याउन मात्र खोजेको हो । मलालालाई पनि हाम्रो समाजमा जस्तै तिमी काँचै छौ । अझै परीपक्क हुनलाई केहि वर्ष पर्ख भनेको भए आज उनले १७ वर्षको उमेरमा यो सफलता पार गर्ने थिइनन् ।

अर्को कुरा उमेरकै कुरा गर्दा कतिपय व्यक्ति उमेरले पाका हुन्छन् तर उनिहरुको व्यवहार र सोच वच्चाको जस्तै हुन्छ । के यसलाई अपवाद मात्रै भन्ने ? या सोचाइ परीपक्क हो मान्ने ? यो प्रश्न म तपाईलाई नै छाडिदिन्छु ।

अर्को पटक फेरी उनिसंग भेट भयो । भेटघाटका क्रममा एउटा विषयमा तर्क विर्तक भयो । मनमा लागेका कुरा मौका पाएको ठाँउमा वोलीहाल्ने वानीले त्यहाँ पनि स्थान पायो । पछि फर्किदा उनले फेरी भनिन् तिमी परीपक्क भएछौ ।

अहो । एक वर्षको अन्तरालमा म परीपक्क भएको हो कि उनको सोच ? म मनमनै हाँसे । मैले आफूलाई धेरै सोचेको पनि हुनसक्छु । गतवर्ष अपरीपक्क भएको म यो वर्ष परीपक्कको सूचिमा थपिए । सायद उनलाई मेरा तर्क मन परे । या उनि मेरो नजीक परीन् ।
कुनै मान्छेको क्षमता थाहा पाउन उमेर हेरेर मात्र हुदैन । उ संग संगत गर्नुपर्छ । यस्तो कुरा उनले सोचिन् सोचिनन् थाहा छैन् । तर उनीसंग भेटेपछि मैले यस्तै सोचे ।

केहिदिन अघि एउटा छलफलमा म सहभागी थिए । त्यहाँ पनि उमेर हेरेर नै परीपक्क र अपरीपक्क भनेर छुट्याइयो । अर्को छलफलमा पनि म उमेरकै कारण काम गर्न सक्ने मौकाबाट पछाडि पारीए ।

कुनै पनि काम गर्न सक्छु कि सक्तैन भन्ने कुराको निक्र्योल म त गर्न सक्छु । तर यो समाजका जुनसुकै व्यक्तिले काम गर्न सक्ने या नसक्ने भन्ने कुरा उमेरले निर्धारण गरीदिन्छन् र जीम्मेवारीबाट टाढा पु¥याइदिन्छन् । कुन उमेरलाई परीपक्क ठान्ने महोदय ? मान्छेको सोच र व्यवहारलाई कहिले मापन गर्ने ? जो उमेरमा जेठो छन् उनिहरुले मात्रै जिम्मेवारी निवार्ह गर्न सक्छन् भनेर कहिलेसम्म उनिहरुमाथि निर्भर रहने ?
कलिलै उमेरमा मानीस धेरै सृजनशिल र शक्तिशालि हुन्छ । उनिहरुको सृजनात्मक शक्ति प्रयोग गर्न नदिएर हामीले के गलत गरीरहेका छैनौ ? हामीले सिक्ने समयमा काम गर्न दिइरहेका छैनौ भने उनिहरुले कहिले काम गर्ने ?

उसो त साहित्यकार मोतिराम भट्टलाई उमेरकै आधारमा तिम्रो सृजना काँचै छ भनेको भए ।
मलाई भन्न मन लागेको यति मात्र हो । हामीले नयाँ पूस्तालाई मलाला कहिले बनाउने ? मोतिराम भट्ट कहिले बनाउने ? उनिहरुलाई तिमीले काम गर्नुपर्छ भनेर कहिले उप्रेरणा जगाउने ? कहिले गर्ने ? कस्ले गर्ने ? यो काम गर्नका लागी पनि उमेरले परीपक्क हुनुपर्ने हो र ? या त व्यवहारले परीपक्क भए हुन्छ ? हुन्छ भने आफ्ना छोराछोरी, नातिनातीना, साथिभाईलाई आजैदेखी जिम्मेवारी दिन सुरु गर्नुस् । किनकि बालबालीकाले सिक्ने तपाईको काम हेरेर नै हो । वातावरण जस्तो छ तपाईको भविष्य पनि त्यस्तै छ । त्यसैले के गर्ने भन्ने बारेमा पनि सोच्नुहोस् ।

किनिकि मेरा आफन्त, घरपरीवारको यहि सोचका कारण आज म मलाला वन्न सकेन । मलाला वन्न सक्ने उमेरका अरु क्षमतावान प्रतिभाहरुलाई पनि यसरी नै हतोत्साहित र उमेरको परीधिमा वाध्ने हो भने कम उमेरकाहरु कहिले अघि वढ्ने ? काम गर्ने, सोच, क्षमता भएको उमेर सकिएपछि ? काम, जीम्मेवारी, पारीवारीक वन्धनमा वाधिएपछि ? कस्ले सोच्ने ? कहिले सोच्ने ?

२०७६ कात्तिक ७ गते

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...