Skip to main content

गाँउको ठूलो रंगमन्च र कलाकार



नाटक देखाउनका लागी अन्तिम तयारी भइरहेको थियो । गाँउभरीका कलाकारहरु मीलेर वर्षमा नयाँवर्ष र दशैमा गरेर २ वटा भव्य सांस्कृतिक कार्यक्रम गर्ने गरेका थियौ । यो वर्ष अन्यबर्ष भन्दा फरक र भव्य वनाउने योजना थियो । योजना अनुसार खर्च पनि बढेको थियो । यो कार्यक्रमका लागी बजार, गाँउ, समाजसेवि, राजनीीतक दलहरुसंंग केहि रकम चन्दा पनि मागेका थियौ । केहिले कार्यक्रमको दिन कसैको नाँच या नाटक मन पराएपछि आफ्नो इच्छाअनुसारको रकम दिने गरेका थिए । केहिले माइकबाट आफ्नो नाम सुनाउनका लागी ५ देखी २ हजार रुपैयासम्म दिने गरेका थिए ।
केहिले भने कसैको वदनाम गर्नुपरयो भने ५ रुपैया दिएर २० जनाको नाम लिष्ट समेत दिने गरेका थिए । व्यक्तिको नाममा पैशा आएपनि क्लवको नाममा रकम जम्मा हुने गरेको थियो ।

यो यहि समय हो २÷४ गाँउका युवा युवतिहरु मेला हेर्न आए झै उक्त कार्यक्रम हेर्न आउथे । केटाहरु त २ घण्टा टाढाबाट समेत आउने गरेका थिए । त्यसैले व्यापार गर्नेहरु वदाम, चाउचाउ, पुकार, चुरोट लगायतका सामानहरु पोको पारेर ल्याएर अन्यदिन भन्दा राम्रो कमाई गर्थे । केहिले पुराना नचल्ने नोटहरु पनि यहि रातको मौका पारेर चलाउथे । 

दिनमा सबै काममा व्यस्त हुने भएकाले यो कार्यक्रम रातिमा मात्र हुन्थ्यो । रातिमा कार्यक्रम भएकाले धेरैले प्रेम गर्ने प्रेमी प्रेमीका पनि खोज्थे । केहिले आफ्ना कला मन्चमा प्रस्तुत गर्थे । कोहि गजल, सायरी, देउडा गीत, झ्याउरे गीत, डेगमा डान्स समेत गर्ने मौका पाउथे । नाम लिष्ट धेरै लामो भयो र रात छिप्पिदै गयो भने केहिले मौका पाउथेनन् र गाली गलौज समेत गर्थे । केहिले त मदिरापान गरेर लडाई झगडाका साथ साथमा खुकुरी हानाहान पनि गर्ने गरेका घटना थिए ।

त्यसैले यो कार्यक्रमका लागी प्रहरीहरुको अनुमति अनिवार्य लिनु पर्ने थियो । प्रहरी वडामा यहि वर्ष आएको थियो । प्रहरीसंगै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवि, शिक्षक लगायतलाई अथिती वनाउनु पथ्र्यो । केहिले अथिती वन्नका लागी पनि मोटो रकमको सहयोग गर्ने गरेका थिए ।
 
यसरी कार्यक्रम गर्न लागेको १० वर्ष भन्दा धेरै लामो समय भइसकेको थियो । यो अवधीमा यस क्लवमा आवद्ध भएकाहरु विच माया प्रेम बसेर विवाह पनि भएको थियो । त्यसैले धेरैले यो क्लवको नाम प्रेम सांस्कृतिक क्लव भएको होला भनेर लख काट्ने गरेका थिए । तर २०÷२१ वर्ष उमेरका प्रेम गड्तौला भन्ने विद्यार्थीलाई शसस्त्र द्धन्द्धका क्रममा मारीयो । उनैको सम्झनामा प्रेम सांस्कृतिक क्लब भनेर राखीयो भनेर अध्यक्ष जगत जोशी दाईले स्पष्ट पार्नुभएको थियो । त्यसैले यो कार्यक्रममा गड्तौला परीवारको सदस्यलाई सम्मान गर्दै कार्यक्रमको शुभारम्भ गरीन्थ्यो ।

पहिले मादल, खैजडिमा नाँचगान गर्ने गरीएपनि अहिले हार्मोनियम साथै साउन्ड सीस्टम समेत गाँउमा भित्रिएको थियो । यो पटक पनि हरेक वर्षजस्तै ३÷४ वटा नाटक ७÷८ वटा नाँचको तयारी भएको थियो ।
 
 मध्यपश्चिमको लोकप्रिय झ्याउरे, टप्पा, कउडा गीत र नाटक आफैले लेखेका ओर्जिनल गीतहरु । बासुरी, मादल, खैजडि लगायतका वाध्यवाधक पनि आफै । नाँच्ने, नाँचका स्टेपहरु पनि आफ्नै ।

केहि वर्ष पहिले दाईहरुले नाटक गर्दा उनिहरु असाध्यै ठुला कलाकार हुन् भन्ने लागेको थियो । नाटक, नाँच प्रस्तुत गर्नुभन्दा अगाडि पर्दा सररर लगाइन्थयो । जव कलाकारहरु हातमा दियो, कलस या डोको नाम्लो लिएर रेडि पोजिसनमा वस्थे । त्यसपछि सररर सिट्टी फुकिन्थ्यो । सिट्टी वजेपछि मात्र पर्दा खुल्थ्यो । अनि मात्र कलाकारहरु कस्ता स्वरुपमा सजिएर आए भन्ने कुरा देखीन्थ्यो ।
 
आफू पनि क्लबमा प्रवेश पाएपछि बल्ल थाहा भयो । यी कलाकारहरुले अनुहारमा लाली, पाउडर र गाजलको जुंगा वनाएर नाटक गर्दा रहेछन् । उनिहरुजस्तै ठुलो कलाकार बन्ने रहर थियो । त्यसैले कहिलै वदमासी नगरेको मैले पसलबाट चोरेर १ सय ६० रुपैया तिरेर क्लवको सदस्यता पाएको थिए । त्यसपछि मात्रै नजानेपनि गाँउन र नाच्न सिके । नाटक गर्न पनि सिके ।
 
यो पटक भव्य कार्यक्रम बनाउनका लागी एकजना डान्स सिकाउने गुरु बोलाइएको थियो । यो पटकको डान्सहरु धमाकेदार हुनेवाला थिए । किनकि डान्स सिकाउनका लागी एउटा कोठा भाडामा लिइएको थियो । कोठामा ठूला ठूला ऐना राखीएको थियो । ऐना अगाडि आफूलाई हेर्दै कलाकारहरुले डान्स गर्ने मौका पहिलोपटक पाएका थिए । तर मैले भने त्यो मौका पाएन । नाच्नमा म भन्दा राम्रो जान्ने भएकाले अरु साथीहरुले नै सिकीरहेका थिए । तर म हार्मोनियममा गीत गाँउन र नाटकमा अभिनय गर्न सिकिरहेको थिए ।

तर यो पटकको नाटक भव्य वनाउने हाम्रो सपना चकनाचुर भयो । नाटक मन्चनको केहि दिन मात्र बाँकी रहदा डान्सगुरुले एकजना डान्स गर्ने केटिलाई लिएर भागेको सुनीयो । यो पटक पनि स्थानीयले अझ धेरै कुरा काट्ने भए भनेर अध्यक्ष दाईलाई चिन्ता थियो । 

कलाकारहरु खराब हुन्छन् भन्ने धारणालाई उहाँ परीवर्तन गर्न चाहानुहुन्थ्यो । तर कसैले पनि साथ दिइरहेको थिएन । तरपनि हामीले भव्यताका साथ कार्यक्रम सफ पारयौ। 

यसरी हरेक वर्ष क्लबका होनाहार क्षमता भएका कलाकारहरु मासीदै थिए । विस्तारै कमाई गर्न कोहि वम्वई पसे, कोहि खाडि पसे कोहि पारीवारीक जिम्मेवारीमा वाँधीए । आज नयाँ वर्षको दिन सुनसान छ गाँउ । भव्य कार्यक्रम हुने हुलाक वरपरको ठाँउ पनि सुनसान छ होला ।
त्यतिवेला मलाई ठुला लागेका यी कलाकारहरु आज कुन गाँउमा थन्किएका छन् । कला भएर मात्र नहुने रहेछ । परीस्थीति, समय र मेहनतले पनि साथ दिनुपर्ने रहेछ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...