Skip to main content

गाँउको ठूलो रंगमन्च र कलाकार



नाटक देखाउनका लागी अन्तिम तयारी भइरहेको थियो । गाँउभरीका कलाकारहरु मीलेर वर्षमा नयाँवर्ष र दशैमा गरेर २ वटा भव्य सांस्कृतिक कार्यक्रम गर्ने गरेका थियौ । यो वर्ष अन्यबर्ष भन्दा फरक र भव्य वनाउने योजना थियो । योजना अनुसार खर्च पनि बढेको थियो । यो कार्यक्रमका लागी बजार, गाँउ, समाजसेवि, राजनीीतक दलहरुसंंग केहि रकम चन्दा पनि मागेका थियौ । केहिले कार्यक्रमको दिन कसैको नाँच या नाटक मन पराएपछि आफ्नो इच्छाअनुसारको रकम दिने गरेका थिए । केहिले माइकबाट आफ्नो नाम सुनाउनका लागी ५ देखी २ हजार रुपैयासम्म दिने गरेका थिए ।
केहिले भने कसैको वदनाम गर्नुपरयो भने ५ रुपैया दिएर २० जनाको नाम लिष्ट समेत दिने गरेका थिए । व्यक्तिको नाममा पैशा आएपनि क्लवको नाममा रकम जम्मा हुने गरेको थियो ।

यो यहि समय हो २÷४ गाँउका युवा युवतिहरु मेला हेर्न आए झै उक्त कार्यक्रम हेर्न आउथे । केटाहरु त २ घण्टा टाढाबाट समेत आउने गरेका थिए । त्यसैले व्यापार गर्नेहरु वदाम, चाउचाउ, पुकार, चुरोट लगायतका सामानहरु पोको पारेर ल्याएर अन्यदिन भन्दा राम्रो कमाई गर्थे । केहिले पुराना नचल्ने नोटहरु पनि यहि रातको मौका पारेर चलाउथे । 

दिनमा सबै काममा व्यस्त हुने भएकाले यो कार्यक्रम रातिमा मात्र हुन्थ्यो । रातिमा कार्यक्रम भएकाले धेरैले प्रेम गर्ने प्रेमी प्रेमीका पनि खोज्थे । केहिले आफ्ना कला मन्चमा प्रस्तुत गर्थे । कोहि गजल, सायरी, देउडा गीत, झ्याउरे गीत, डेगमा डान्स समेत गर्ने मौका पाउथे । नाम लिष्ट धेरै लामो भयो र रात छिप्पिदै गयो भने केहिले मौका पाउथेनन् र गाली गलौज समेत गर्थे । केहिले त मदिरापान गरेर लडाई झगडाका साथ साथमा खुकुरी हानाहान पनि गर्ने गरेका घटना थिए ।

त्यसैले यो कार्यक्रमका लागी प्रहरीहरुको अनुमति अनिवार्य लिनु पर्ने थियो । प्रहरी वडामा यहि वर्ष आएको थियो । प्रहरीसंगै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवि, शिक्षक लगायतलाई अथिती वनाउनु पथ्र्यो । केहिले अथिती वन्नका लागी पनि मोटो रकमको सहयोग गर्ने गरेका थिए ।
 
यसरी कार्यक्रम गर्न लागेको १० वर्ष भन्दा धेरै लामो समय भइसकेको थियो । यो अवधीमा यस क्लवमा आवद्ध भएकाहरु विच माया प्रेम बसेर विवाह पनि भएको थियो । त्यसैले धेरैले यो क्लवको नाम प्रेम सांस्कृतिक क्लव भएको होला भनेर लख काट्ने गरेका थिए । तर २०÷२१ वर्ष उमेरका प्रेम गड्तौला भन्ने विद्यार्थीलाई शसस्त्र द्धन्द्धका क्रममा मारीयो । उनैको सम्झनामा प्रेम सांस्कृतिक क्लब भनेर राखीयो भनेर अध्यक्ष जगत जोशी दाईले स्पष्ट पार्नुभएको थियो । त्यसैले यो कार्यक्रममा गड्तौला परीवारको सदस्यलाई सम्मान गर्दै कार्यक्रमको शुभारम्भ गरीन्थ्यो ।

पहिले मादल, खैजडिमा नाँचगान गर्ने गरीएपनि अहिले हार्मोनियम साथै साउन्ड सीस्टम समेत गाँउमा भित्रिएको थियो । यो पटक पनि हरेक वर्षजस्तै ३÷४ वटा नाटक ७÷८ वटा नाँचको तयारी भएको थियो ।
 
 मध्यपश्चिमको लोकप्रिय झ्याउरे, टप्पा, कउडा गीत र नाटक आफैले लेखेका ओर्जिनल गीतहरु । बासुरी, मादल, खैजडि लगायतका वाध्यवाधक पनि आफै । नाँच्ने, नाँचका स्टेपहरु पनि आफ्नै ।

केहि वर्ष पहिले दाईहरुले नाटक गर्दा उनिहरु असाध्यै ठुला कलाकार हुन् भन्ने लागेको थियो । नाटक, नाँच प्रस्तुत गर्नुभन्दा अगाडि पर्दा सररर लगाइन्थयो । जव कलाकारहरु हातमा दियो, कलस या डोको नाम्लो लिएर रेडि पोजिसनमा वस्थे । त्यसपछि सररर सिट्टी फुकिन्थ्यो । सिट्टी वजेपछि मात्र पर्दा खुल्थ्यो । अनि मात्र कलाकारहरु कस्ता स्वरुपमा सजिएर आए भन्ने कुरा देखीन्थ्यो ।
 
आफू पनि क्लबमा प्रवेश पाएपछि बल्ल थाहा भयो । यी कलाकारहरुले अनुहारमा लाली, पाउडर र गाजलको जुंगा वनाएर नाटक गर्दा रहेछन् । उनिहरुजस्तै ठुलो कलाकार बन्ने रहर थियो । त्यसैले कहिलै वदमासी नगरेको मैले पसलबाट चोरेर १ सय ६० रुपैया तिरेर क्लवको सदस्यता पाएको थिए । त्यसपछि मात्रै नजानेपनि गाँउन र नाच्न सिके । नाटक गर्न पनि सिके ।
 
यो पटक भव्य कार्यक्रम बनाउनका लागी एकजना डान्स सिकाउने गुरु बोलाइएको थियो । यो पटकको डान्सहरु धमाकेदार हुनेवाला थिए । किनकि डान्स सिकाउनका लागी एउटा कोठा भाडामा लिइएको थियो । कोठामा ठूला ठूला ऐना राखीएको थियो । ऐना अगाडि आफूलाई हेर्दै कलाकारहरुले डान्स गर्ने मौका पहिलोपटक पाएका थिए । तर मैले भने त्यो मौका पाएन । नाच्नमा म भन्दा राम्रो जान्ने भएकाले अरु साथीहरुले नै सिकीरहेका थिए । तर म हार्मोनियममा गीत गाँउन र नाटकमा अभिनय गर्न सिकिरहेको थिए ।

तर यो पटकको नाटक भव्य वनाउने हाम्रो सपना चकनाचुर भयो । नाटक मन्चनको केहि दिन मात्र बाँकी रहदा डान्सगुरुले एकजना डान्स गर्ने केटिलाई लिएर भागेको सुनीयो । यो पटक पनि स्थानीयले अझ धेरै कुरा काट्ने भए भनेर अध्यक्ष दाईलाई चिन्ता थियो । 

कलाकारहरु खराब हुन्छन् भन्ने धारणालाई उहाँ परीवर्तन गर्न चाहानुहुन्थ्यो । तर कसैले पनि साथ दिइरहेको थिएन । तरपनि हामीले भव्यताका साथ कार्यक्रम सफ पारयौ। 

यसरी हरेक वर्ष क्लबका होनाहार क्षमता भएका कलाकारहरु मासीदै थिए । विस्तारै कमाई गर्न कोहि वम्वई पसे, कोहि खाडि पसे कोहि पारीवारीक जिम्मेवारीमा वाँधीए । आज नयाँ वर्षको दिन सुनसान छ गाँउ । भव्य कार्यक्रम हुने हुलाक वरपरको ठाँउ पनि सुनसान छ होला ।
त्यतिवेला मलाई ठुला लागेका यी कलाकारहरु आज कुन गाँउमा थन्किएका छन् । कला भएर मात्र नहुने रहेछ । परीस्थीति, समय र मेहनतले पनि साथ दिनुपर्ने रहेछ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...