Skip to main content

गायक दुर्गेश थापा ट्रोलको सिकार


नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।

 पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।  

सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए ।

उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए ।

त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फत । ‘बीच्च बीच्चमा’ कै थेगोमा गाएको सो गीतको एउटा लाइन थियो– ‘यसपाली त फलानो ब्याउने कुरो छ ।’

गीतका दुई लाइन हुवहु चोरेको पुष्टि

दुर्गेशले यसपालीको तीजलाई लक्षित गर्दै दुईवटा गीत ल्याएका छन् । १६ दिनको अन्तरालमा ल्याएका ‘बीच्चबीच्चमा २’ र ‘बीच्चबीच्चमा ३’ दुवै गीतले राम्रो भ्यूज पाइरहेका छन्, तर विवादबाट मुक्त छैनन् । ‘बीच्चबीच्चमा २’ को अन्तरामा उनले एउटा पुरानो गीतका दुई लाइन हुवहु चोरेको पुष्टि भइसकेको छ ।

दुर्गेशको गीतको अन्तरामा रहेको ‘आकाशैमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ..’ भन्ने लाइन प्रेमराजा महत र हरिदेवी कोइरालाले धेरै पहिले गाएको गीतको मुखडा हो । दुर्गेश स्वयंले पनि यो स्वीकारेका छन् ।

यहि हप्ता उनले ल्याएको बीच्चबीच्चमा–३ गीत पनि विवादित नै छ । यो चाहिँ शब्दले होइन, म्युजिक भिडियोका कारण विवादमा परेको हो । म्युजिक भिडियोमा दुर्गेश सहितका पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा प्रस्तुत भएका छन् । धेरैले यसलाई ‘गाइजात्रे गीत’को संज्ञा दिएका छन् । यो गीतका केही लाइनहरु उत्कृष्ट छन् तर भिडियोले गर्दा दुर्गेश ट्रोलको शिकार भएका छन् ।

Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie A Mero Hazur 3 Song

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ उजेलोमा निस्क

एउटा बाँकी सपना

कविता  एउटा मीठो सपना पुरा गर्नुछ मैले वषौदेखी सजाएको एउटा अनौठो सपना मैले देखेको थिए त्यो सपना बाले अक्षर रटाउदै गर्दा आमाले शव्द चटाइदिदा पठारको दुइ अंगुले वाटोमा जीन्दगी वोक्न सखीले सीकाउदा भाइसंग सीक्दा वन्चरो केलाउन दिदिले पकाएका वावर हेरेर जीन्दगी पनि वावरजस्तै वुझेथे त्यो वालापनमै गोठमा जन्मीएको मैले हजुरआमाको संस्कार हजुरवुवाको स्नेह मामाको शव्दमन्त्र र, सानिमाका साहाराको कलमले सपनाको नक्सा वनाएथे पहिलोपल्ट त्यो भुइधुलोमा सपना जन्माएथे त्यहि पहिलो अक्षरवाट इन्टरनेटवाट खाना खाने ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, april 2 nishu joshi, nepalgunj