Skip to main content

कथावाचिका देविप्रतिभा र उनको वाणीमाथिको बहस


सामाजिक सन्जालमा यतिबेला बहस भइरहेको विषय हो देवि प्रतिभा र उनको वाणी । 

काठमान्डौमा जारी कोठिहोममा कथावाचनका क्रममा उनले डिभोर्स भन्ने शब्द शास्त्रमा नभएको र विवाह पछि जस्तो श्रीमान भएपनि मिलेर बस्नुपर्ने कुरा शास्त्रमा रहेको सुनाएपछि, बर्डिगार्ड राखेको र महंगो पारिश्रमीक लिएको विषयलाई लिएर  चौतर्फी आलोचना भइरहेको छ । 

सबैभन्दा पहिले देवि प्रतिभाको कुरा गरौँ । नेपालकी छोरी प्रतिभाले २२, २५ वर्षको उमेरमै भारतमा आफ्नो छवि बनाउन सकेकि छन् । जबकी यो उमेरमा नेपालका युवतीहरु सानो जागीर, स्नातक, स्नात्तकोत्तर तह गर्दै अझ ग्रामिण क्षेत्रका महिलाको कुरा गर्दा धेरै युवतीहरु विवाह गरेर बच्चा र घर व्यवहार सम्हाल्नु परेको अवस्था छ । नेपाल र भारतमा परिचय बनाउनु उनको लागी नै नेपालकै लागी ठुलो उपलब्धि हो ।

अहिलेसम्म नेपालमा पुरुष कथावाचकहरु नै अगाडी देखिन्थे । देवी प्रतिभा, राधीका दासी लगायतका महिलाहरुले धार्मिक क्षेत्रमा जून लोकप्रियता कमाइरहेका छन् यो नेपालकै लागी नयाँ उदाहरण हो । 


आफ्नो सुरक्षाका लागि ८, ९ जना बर्डिगार्ड राख्नुले उनलाई हानी गर्दैन । भर्खरै एक महिना अघि भारतमा धार्मीक कार्यक्रममा भागदौड हुँदा १ सय बढी मानीसहरुको मृत्यु भएको थियो । धर्मलाई राजनीति बनाउनेहरुका कारण यहाँ जतिबेला पनि दंगा हुन सक्छ । जति धेरै मानीसहरु आसपासमा हुन्छन् त्यति नै धेरै खतरा हुने भएकाले यो सामान्य हो ।  तर नेपालका लागि यो पहिलो पटक देखिएको नयाँ अभ्यास भयो । 


एकजना धार्मीक कथाबाचिकालाई यति ठुलो संख्यामा बडीगार्ड राखेको कुरा कसैलाई चित्त बुझेन । एकातिर यो उनको स्वतन्त्रता हो भनिरहदा अर्कोतिर बर्डीगार्डहरुको खर्च तिर्ने तिनै भक्तजनहरुबाट हो नी भन्ने कुरा पनि आइरहेको छ । यसअघि भएका धार्मीक अनुष्ठानहरुमा भ्रष्टचार हुने गरेका हामी सबैले सुन्दै आइरहेका छौ । लेखक दिल निशानी मगरले बरु भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्ने भनेका छन् ।

डिर्भोसको विषयमा देवि प्रतिभाले शास्त्रमा यो छ तर आजको समाजमा यो हुनुपर्ने भनेर विश्लेषण गरेको भए सायद यो विषय चर्चामा आउने थिएन । उनले यति ठुलो मासमा शास्त्रको प्रचार गर्ने पट्टुका रुपमा भूमिका निभाएको भन्दै लेखक विन्दु शर्माले फेसबुकमा लेखेकि छिन् । 

अहिलेको समय फरक छ । पहिले श्रीमतिले घरभित्रको काम र बच्चाबच्चिको स्याहारसुसार गर्थे । श्रीमानले आयआर्जनको काम गर्थे । आर्थीक रुपमा महिलाहरु पुरुषको भर पर्नुपर्ने अवस्था थियो । अहिले महिलाहरु आफै आत्मनिर्भर भएका छन् । आत्मनिर्भर भएपछि आफुमाथीको हिंसा किन सहने ? उनीहरु हिंसाविरुद्ध आवाज उठाउन थालेका छन् । यति मात्र होइन अहिले सामाजीक सन्जालमा डिर्भोस भएपछि सेलिब्रेसन समेत हुन थालेको छ । Divorce Celebrate

शास्त्र होस् या कुनै किताब । कुन समयमा लेखिएको हो भन्ने कुरा महत्वपुर्ण हुन्छ । एक समयका कुराहरु अर्को समयसम्म पुग्दा परिमार्जनको जरुरी हुन्छ । समाजले ती शब्दहरु स्विकार गर्नैपर्छ भन्ने छैन । आफ्नो अनुकुल बदलिदै लैजानुपर्छ । समाजका धारणा फरक फरक हुन सक्छन् । तर तपाईका लागि के कुरा अनुकुलन हुन्छ भन्ने महत्वपुर्ण हो । समाजको बहुमतले अनुकुलन गरेका कुराहरु नै परम्परा बन्दै जान्छन् । 



देवि प्रतिभाको विषयमा विभिन्न मिडियामा लेखिएका सामाग्रीहरु यहाँ पढ्न सक्नुहुन्छ ः 

देवी प्रतिभालाई दुत्कार्नेहरूका नाममा

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !

देवी प्रतिभाका पहेलीः मीठो आवाजमा के-के झूट बोलेर हिँडिन् ?

देवी प्रतिभा र धर्मशास्त्रमा सम्बन्धबिच्छेद


#देवि #प्रतिभा #बडी गार्ड #डिभोर्स 


 


Comments

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...