Skip to main content

कथावाचिका देविप्रतिभा र उनको वाणीमाथिको बहस


सामाजिक सन्जालमा यतिबेला बहस भइरहेको विषय हो देवि प्रतिभा र उनको वाणी । 

काठमान्डौमा जारी कोठिहोममा कथावाचनका क्रममा उनले डिभोर्स भन्ने शब्द शास्त्रमा नभएको र विवाह पछि जस्तो श्रीमान भएपनि मिलेर बस्नुपर्ने कुरा शास्त्रमा रहेको सुनाएपछि, बर्डिगार्ड राखेको र महंगो पारिश्रमीक लिएको विषयलाई लिएर  चौतर्फी आलोचना भइरहेको छ । 

सबैभन्दा पहिले देवि प्रतिभाको कुरा गरौँ । नेपालकी छोरी प्रतिभाले २२, २५ वर्षको उमेरमै भारतमा आफ्नो छवि बनाउन सकेकि छन् । जबकी यो उमेरमा नेपालका युवतीहरु सानो जागीर, स्नातक, स्नात्तकोत्तर तह गर्दै अझ ग्रामिण क्षेत्रका महिलाको कुरा गर्दा धेरै युवतीहरु विवाह गरेर बच्चा र घर व्यवहार सम्हाल्नु परेको अवस्था छ । नेपाल र भारतमा परिचय बनाउनु उनको लागी नै नेपालकै लागी ठुलो उपलब्धि हो ।

अहिलेसम्म नेपालमा पुरुष कथावाचकहरु नै अगाडी देखिन्थे । देवी प्रतिभा, राधीका दासी लगायतका महिलाहरुले धार्मिक क्षेत्रमा जून लोकप्रियता कमाइरहेका छन् यो नेपालकै लागी नयाँ उदाहरण हो । 


आफ्नो सुरक्षाका लागि ८, ९ जना बर्डिगार्ड राख्नुले उनलाई हानी गर्दैन । भर्खरै एक महिना अघि भारतमा धार्मीक कार्यक्रममा भागदौड हुँदा १ सय बढी मानीसहरुको मृत्यु भएको थियो । धर्मलाई राजनीति बनाउनेहरुका कारण यहाँ जतिबेला पनि दंगा हुन सक्छ । जति धेरै मानीसहरु आसपासमा हुन्छन् त्यति नै धेरै खतरा हुने भएकाले यो सामान्य हो ।  तर नेपालका लागि यो पहिलो पटक देखिएको नयाँ अभ्यास भयो । 


एकजना धार्मीक कथाबाचिकालाई यति ठुलो संख्यामा बडीगार्ड राखेको कुरा कसैलाई चित्त बुझेन । एकातिर यो उनको स्वतन्त्रता हो भनिरहदा अर्कोतिर बर्डीगार्डहरुको खर्च तिर्ने तिनै भक्तजनहरुबाट हो नी भन्ने कुरा पनि आइरहेको छ । यसअघि भएका धार्मीक अनुष्ठानहरुमा भ्रष्टचार हुने गरेका हामी सबैले सुन्दै आइरहेका छौ । लेखक दिल निशानी मगरले बरु भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्ने भनेका छन् ।

डिर्भोसको विषयमा देवि प्रतिभाले शास्त्रमा यो छ तर आजको समाजमा यो हुनुपर्ने भनेर विश्लेषण गरेको भए सायद यो विषय चर्चामा आउने थिएन । उनले यति ठुलो मासमा शास्त्रको प्रचार गर्ने पट्टुका रुपमा भूमिका निभाएको भन्दै लेखक विन्दु शर्माले फेसबुकमा लेखेकि छिन् । 

अहिलेको समय फरक छ । पहिले श्रीमतिले घरभित्रको काम र बच्चाबच्चिको स्याहारसुसार गर्थे । श्रीमानले आयआर्जनको काम गर्थे । आर्थीक रुपमा महिलाहरु पुरुषको भर पर्नुपर्ने अवस्था थियो । अहिले महिलाहरु आफै आत्मनिर्भर भएका छन् । आत्मनिर्भर भएपछि आफुमाथीको हिंसा किन सहने ? उनीहरु हिंसाविरुद्ध आवाज उठाउन थालेका छन् । यति मात्र होइन अहिले सामाजीक सन्जालमा डिर्भोस भएपछि सेलिब्रेसन समेत हुन थालेको छ । Divorce Celebrate

शास्त्र होस् या कुनै किताब । कुन समयमा लेखिएको हो भन्ने कुरा महत्वपुर्ण हुन्छ । एक समयका कुराहरु अर्को समयसम्म पुग्दा परिमार्जनको जरुरी हुन्छ । समाजले ती शब्दहरु स्विकार गर्नैपर्छ भन्ने छैन । आफ्नो अनुकुल बदलिदै लैजानुपर्छ । समाजका धारणा फरक फरक हुन सक्छन् । तर तपाईका लागि के कुरा अनुकुलन हुन्छ भन्ने महत्वपुर्ण हो । समाजको बहुमतले अनुकुलन गरेका कुराहरु नै परम्परा बन्दै जान्छन् । 



देवि प्रतिभाको विषयमा विभिन्न मिडियामा लेखिएका सामाग्रीहरु यहाँ पढ्न सक्नुहुन्छ ः 

देवी प्रतिभालाई दुत्कार्नेहरूका नाममा

देवी प्रतिभा जी भन्नुहुन्छ, प्यार से बोलो ना !

देवी प्रतिभाका पहेलीः मीठो आवाजमा के-के झूट बोलेर हिँडिन् ?

देवी प्रतिभा र धर्मशास्त्रमा सम्बन्धबिच्छेद


#देवि #प्रतिभा #बडी गार्ड #डिभोर्स 


 


Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...