कहिलेकाहि हामी भ्रममा बाँचेको जस्तो महसुस गर्छौ । आफ्नै नामको अर्थ घोत्लदा नामै विर्सने । कहिलेकाहि म को हुँ भन्ने प्रश्नले झस्काइरहन्छ । माल्भिका सुब्बाले आफ्नो पहिचान खोज्दै कनेन्ट टु रुट भनेर गरेको उनको कामको प्रशंशा भइरहेको छ । हरेकले आफैलाई कुनै न कुनै दिन प्रश्न सोध्छ होला म को हुँ भनेर । यो प्रश्नको जवाफ जसरी दिन चाह्यो त्यसरी नै सजिलो देखि गाह्रो सम्म छ । नयाँ जागीर सुरु गर्दा जुन आत्मविश्वास हुन्छ, काम गर्दै जाँदा झन नयाँ सिक्दैँ जाँदा म त नजान्ने रहेछु भन्ने लाग्ने समयसम्म जस्तो । जीन्दगी जति सिके उती गाह्रो । म आफ्नो आफ्ना विचारहरु, तर्कहरु, विश्ेषण, बुझाई, भोगाई आदिका बारेमा अरुलाई बताउन धेरै चाहाना राख्थे । उनीहरुको धरातल के छ ? उनीहरुमा ज्ञानको तह कति छ ? उनीहरुको पारिवारिक वातावरण कस्तो छ ? उसको हुर्काई, बुझाई कति छ भन्ने नबुझ्दै आफुलाई पोखेर खाली हुन्थे । मेरा बुझाईहरु उनीहरुले आफ्नो ज्ञानको तह अनुसार कति बुझे थाहा भएन । एउटा विन्दुमा पुगेपछि महसुस भयो कि जब नजिकमा रहेका प्रियजन आफैलाई जन्मदिने आमा, बा, जीवनभर साथ दिन्छु भन्ने साथी, आफन्त, परिवारले कहिल्यै बुझेनन् भने
literature