कहिलेकाहि हामी भ्रममा बाँचेको जस्तो महसुस गर्छौ । आफ्नै नामको अर्थ घोत्लदा नामै विर्सने । कहिलेकाहि म को हुँ भन्ने प्रश्नले झस्काइरहन्छ । माल्भिका सुब्बाले आफ्नो पहिचान खोज्दै कनेन्ट टु रुट भनेर गरेको उनको कामको प्रशंशा भइरहेको छ । हरेकले आफैलाई कुनै न कुनै दिन प्रश्न सोध्छ होला म को हुँ भनेर । यो प्रश्नको जवाफ जसरी दिन चाह्यो त्यसरी नै सजिलो देखि गाह्रो सम्म छ । नयाँ जागीर सुरु गर्दा जुन आत्मविश्वास हुन्छ, काम गर्दै जाँदा झन नयाँ सिक्दैँ जाँदा म त नजान्ने रहेछु भन्ने लाग्ने समयसम्म जस्तो । जीन्दगी जति सिके उती गाह्रो ।
म आफ्नो आफ्ना विचारहरु, तर्कहरु, विश्ेषण, बुझाई, भोगाई आदिका बारेमा अरुलाई बताउन धेरै चाहाना राख्थे । उनीहरुको धरातल के छ ? उनीहरुमा ज्ञानको तह कति छ ? उनीहरुको पारिवारिक वातावरण कस्तो छ ? उसको हुर्काई, बुझाई कति छ भन्ने नबुझ्दै आफुलाई पोखेर खाली हुन्थे । मेरा बुझाईहरु उनीहरुले आफ्नो ज्ञानको तह अनुसार कति बुझे थाहा भएन ।
एउटा विन्दुमा पुगेपछि महसुस भयो कि जब नजिकमा रहेका प्रियजन आफैलाई जन्मदिने आमा, बा, जीवनभर साथ दिन्छु भन्ने साथी, आफन्त, परिवारले कहिल्यै बुझेनन् भने अरुबाट बुझुन् भन्ने अपेक्षा राख्नु अपरिपक्वता रहेछ । अरुलाई के दोष दिनु । आफैले आफैलाई पनि कहाँ बुझियो र ? कहिलेकाहिँ आफैबाट सप्रराइज भइन्छ । आफैले आफैलाई चिनाउन त नसकिने रहेछ । झन अरुले कसरी चिन्नु ।
हरेकको जीवनमा कुनै न कुनै घटनाहरु वा क्षणहरु हुन्छन् । ती सबै घटना वा क्षण सबैलाई भन्न नसकिने हुन्छन् । खासमा के भएको भन्नेबारेमा जस्ले जे बुझ्छ, उसका लागी त्यो नै सत्य हो । मेरा लागी सत्य तपाईका लागि सत्य नहुन सक्छ ।
तपाई के महसुस गर्नुहुन्छ भन्ने कुरा नै महत्वपुर्ण रहेछ । तपाईले गरिरहेको कामलाई कसैले प्रशंशा गरिरहेको हुन्छ । जबकी कहिलेकाहि तपाईलाई त्यहि काममा चित्त बुझेको हुँदैन । तपाईका लागि सत्य भनेको तपाईको काममा अझै मेहनत गर्नुपर्ने छ भन्ने हो । तर अरुका लागि यहि सत्य फरक छ ।
कहिलेकाहि हामी नबौलो भनेको बेलामा पनि बोल्छौ, कहिले बोल्न खौज्दा पनि बोलि निस्कदैन । सायद कुनै शक्ति छ जस्ले बोल्न र हामीलाई केहि गर्नका लागि प्रेरित गरिरहेको छ । समाजलाई व्यालेन्स गर्नलाई अदृश्य शक्तिले जादु गरिरहेको लाग्छ । जीन्दगी भ्रम रहेछ । हामी जे भोग्छौ, जे महसुस गछौ त्यो नै जीवन हो । वास्तवमा मेरो महसुस नै म हुँ ।मैले माल्भिका सुब्बाको खोजलाई किन जोड्न खोजेको भने उनका लागि पहिचानको अर्थ त्यहि नै हो । उनका लागि त्यो खोज नै सत्य हो । तर मेरा लागि त्यो नहुन सक्छ । मैले उनको विपक्षमा भन्न खोजेको होइन, न त उनको समर्थनमा नै हो । प्रसंगवस उनको कुरा आएको मात्र हो ।
मानौ, म एउटा महिला वा पुरुष हुँ । मेरो पहिचान मेरो बाआमा संग पनि जोडिन्छ । बाआमाका बाआमा र आमाका बाआमा, तीनका पनि बाका बाआमा र आमाका बाआमा । यसो सोच्दा संसार मेरै परिवारको रहेछ जस्तो लाग्छ । यदि त्यसो हो भने सन्तान किन चाहियो ? त्यसमाथि छोरा या छोरी नै चाहियो भनेर मानीसहरु किन अपराधको राजनीति गरिरहेका छन् । यो सबै पहिचानका लागि होइन ? यसरी लिइएको पहिचान के का लागि ? कस्का लागि ?
खासमा हुनुपर्ने जसलाई सन्तान चाहियो उसयले जतिसुकै जन्माओस् । जस्लाई चाहिदैन ओके हुनुपर्ने होइन र ? मानीसहरु धार्मीक, सामाजीक आधारहरु रचेर यसमा खेल खेलिरहेका छन् । हुन त समाजको चक्र चल्नका लागि यो जरुरी होला । तर यसभित्रका अपराध, हिंसाहरु हुनु गलत हो ।
एकजना महिला छोराकै लागी भनेर ५ छोरी जन्माउछिन् । अन्ततः छोरा जन्मिन्छ । यसैवखत क्यान्सर भएर उनको मृत्यु हुन्छ । उनको पहिचान खोई ? उनले आफ्नो श्रीमानको पहिचान वंश जोगाईदिन आफ्ना सपनाहरु मानुपर्ने । उनले जीवनमा के पाइन् ? दुःख दुःख बस दुःख मात्र । हामी किन बाँच्छौ ? हाम्रो पनि आफ्नो सपना हुन्छ । हाम्रो सपना नै हाम्रो पहिचान हो ।
तर यहाँ समाजको चक्र चलाउने नाममा ती हजारौ पहिचान मार्ने काम भएका छन् ।
तपाईलाई जसरी बाँच्न मन पर्छ बाँच्नुस् । तर आफू बाँच्नका लागि अरुलाई मार्ने काम नगर्नुस् । तपाई आफु अधिकार माग्ने मात्र होइन, जिम्मेवार पनि बन्नुस् ।
Comments
Post a Comment