Skip to main content

Posts

Showing posts from January, 2025

मनको स्थिती अनुसार बन्छ जीवनको परिभाषा

 समयसंगै जीवनलाई हेर्न नजर बदलिने रहेछ । मनको स्थिती अनुसार जीवनको परिभाषा बन्ने रहेछ ।  तपाई खुशी भएको बेला मैले जीवनको परिभाषा सोधे भने तपाईले खुशी देखिने गरी जीवनको परिभाषा बताउनुहुनेछ । तपाईको परिभाषामा जीवनप्रति आशावादि, खुशी, आनन्द प्रेम झल्कने छ । तर त्यहि प्रश्न तपाई दुःखी भएको बेलामा सोधियो भने तपाईको जवाफ निरस हुनेछ । तपाईले जीवन व्यर्थ बताउनुहुने छ ।  ठिक यो उदाहरण जस्तै जीवनमा तपाईले गर्ने संगत र तपाईले गर्ने व्यवहार पनि समयसंगै बदलिने रहेछ । समयसंगै तपाईको जीवनशैली, व्यवहार र विचार बदलिदै जान्छन् । मानिसले समयसंगै अनेक रंग देखाउछ । त्यसैले मानीसहरुलाई छेपारोसंग तूलना गर्ने गरिन्छ । तर यो तूलना नकरात्मक तवरले मात्र गर्ने गरिन्छ ।  सायद मानिसले रंग बदलिदैन थ्यो भने नतिजा पहिल्यै थाहा हुन्थ्यो । जसरी कम्प्युटरले सोधेको प्रश्नको जवाफ उहि दिन्छ । कम्प्युटर र मानिसमा यहि त फरक छ । मानिसमा चेतना छ । कहिलेकाहि लय नमिलेको बेला पनि मानविय चेतनाले लय मिलाउछ । सबैथोक सिस्टमले सम्भव भएको भए यो संसार रोवर्टले नै चलाउथ्यो होला । तर संसार चल्नका लागि चेतना चाहिन्छ ।...