Skip to main content

मनको स्थिती अनुसार बन्छ जीवनको परिभाषा




 समयसंगै जीवनलाई हेर्न नजर बदलिने रहेछ । मनको स्थिती अनुसार जीवनको परिभाषा बन्ने रहेछ । 

तपाई खुशी भएको बेला मैले जीवनको परिभाषा सोधे भने तपाईले खुशी देखिने गरी जीवनको परिभाषा बताउनुहुनेछ । तपाईको परिभाषामा जीवनप्रति आशावादि, खुशी, आनन्द प्रेम झल्कने छ । तर त्यहि प्रश्न तपाई दुःखी भएको बेलामा सोधियो भने तपाईको जवाफ निरस हुनेछ । तपाईले जीवन व्यर्थ बताउनुहुने छ । 

ठिक यो उदाहरण जस्तै जीवनमा तपाईले गर्ने संगत र तपाईले गर्ने व्यवहार पनि समयसंगै बदलिने रहेछ । समयसंगै तपाईको जीवनशैली, व्यवहार र विचार बदलिदै जान्छन् । मानिसले समयसंगै अनेक रंग देखाउछ । त्यसैले मानीसहरुलाई छेपारोसंग तूलना गर्ने गरिन्छ । तर यो तूलना नकरात्मक तवरले मात्र गर्ने गरिन्छ । 


सायद मानिसले रंग बदलिदैन थ्यो भने नतिजा पहिल्यै थाहा हुन्थ्यो । जसरी कम्प्युटरले सोधेको प्रश्नको जवाफ उहि दिन्छ । कम्प्युटर र मानिसमा यहि त फरक छ । मानिसमा चेतना छ । कहिलेकाहि लय नमिलेको बेला पनि मानविय चेतनाले लय मिलाउछ । सबैथोक सिस्टमले सम्भव भएको भए यो संसार रोवर्टले नै चलाउथ्यो होला । तर संसार चल्नका लागि चेतना चाहिन्छ । 


चेतना हुनु भनेको सधै राम्रो हुनु मात्र होइन । गल्ती गर्नु पनि चेतना हो । मानिसका अनेक विचारहरुका कारण त परिणाम रोचक बन्छ । 


एउटा निर्वाचनको कुरा गरि हेरौ न । निर्वाचनमा उम्मेदवारले जब आसपासमा आफ्नाहरु देख्छ । उसलाई लाग्छ मेरो जीत निश्चित छ । मेरा आफन्तहरु चिनेजानेकाहरु अरु प्रतिष्प्रर्धि भन्दा धेरै छन् । 



जव तपाई तलाउभन्दा टाढाको डाडामा बसेर हेर्नुहुन्छ । त्यो कति फराकिलो कति छ भन्ने कुरा सजिलै थाहा पाउनुहुन्छ । तर जब तपाई आफै पोखरीमा टेक्नुहुन्छ, त्यसको फैलावट तपाईको आँखाले देख्ने जति मात्र थाहा पाउन सक्नुहुन्छ । यतिबेला तपाई पोखरीको आकारको मापन गर्न सक्नुहुन्न । निर्वाचन पनि यस्तै हो । 


निर्वाचनमा कहिलेकाहि राजनीतिक दल (आस्था) चल्छ । दलपछि विचार चल्छ । त्यसपछि क्रमस जात, धर्म लिंग, क्षेत्र हुदैँ निकटता भएका आधारहरुमा चल्छ । यति भन्दाभन्दै मानिसहरु कहाँबाट कहाँ आधार बनाएर छुटिन्छन् पत्तै हुदैन । 


मैले २ वटा निर्वाचनलाई जीवनमा नजिकैबाट हेर्ने महसुस गरे । एउटा नेपालको स्थानिय तहको निर्वाचन र अर्को पत्रकार महासंघको निर्वाचन । स्थानिय तहको निर्वाचनमा जब एउटै दल विभक्त भयो त्यसको फाइदा अर्को सानो दललाई भयो । महासंघको निर्वाचनको मतपरिणाम मिश्रित थियो । केहि उम्मेदवारहरु दलका आधारमा, केहि विचारका आधारमा त केहि लोकप्रियताका आधारमा निर्वाचित भए । 


निर्वाचनले जीवनको एउटा महत्वपुर्ण कुरा सिकाउने रहेछ कि कुटनीतिक बन्न । तपाईको अगाडी दुस्मन उभिएको छ र तपाईले दुस्मन अनुसारको व्यवहार गर्नुभयो भने तपाई काँचो हुनुहुन्छ । तर दुस्मनको अगाडी तपाई सर्पोटर बनेर आफूलाई देखाउनुभएको छ भने तपाई एक कुटनितिज्ञ बन्नुहुने रहेछ । निर्वाचनमा सबैले सबैलाई म तिम्रै हो जस्तै गर्छन् । तर मतदानको समयमा कोहि दल हेर्छन्, कोहि जात, धर्म, क्षेत्र, वर्ग, कोहि विचार । जहाँ धेरैको मत हुन्छ जीत उसैको हुन्छ । 


यो जीवन पनि यस्तै हो । तपाईको वरपर जुन उर्जाको मत धेरै छ, समयले तपाईलाई त्यस्तै बनाउछ । तर तपाईले चाहेको जस्तो सिमित घेरामा सिमित रहदैन । त्यसैले जस्तो परिस्थिती छ त्यसैलाई पार गर्दै अघि बढ्नुस् । खुसी रहनुस् । समयले तपाईलाई आफ्नो लक्ष्यमा पुराएर छाड्ने छ । 


BY NISHU JOSHI

2081 Magh 13 (Jan 26, 2025


Comments

Popular posts from this blog

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

Ek Pyar Ka Nagma Hai hindi song lyrics

  Lata Mangeshkar   एक प्यार का नगमा है , मौजों की रवानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   ला ला ला ला ला ला कुछ पाकर खोना है कुछ खोकर पाना है जीवन का मतलब तो आना और जाना है दो पल के जीवन से इक उम्र चुरानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तू धार है नदिया की मैं तेरा किनारा हूँ तू मेरा सहारा है मैं तेरा सहारा हूँ आँखों में समंदर है आशाओं का पानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है   तूफ़ान को आना है आ कर चले जाना है बादल है ये कुछ पल का छा कर ढल जाना है परछाईयाँ रह जाती रह जाती निशानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है मौजों की रवानी है ज़िंदगी और कुछ भी नहीं तेरी मेरी कहानी है एक प्यार का नगमा है ,,,,,,,,,,,,,,,,,,,,,,,,, #Ek #Pyar #Ka #Nagma Hai #hindi #song #lyrics

गायक दुर्गेश थापा ट्रोलको सिकार

नेपाली कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानीदै गइरहेको अवस्थामा गायक दुर्गेश थापा पनि ट्रोलको सिकार भएका छन् । पत्रकार ऋषि धमालाले लिएको एक अन्र्तवार्ताको विषयलाई लिएर गायक थापालाई सामाजीक सन्जालमा ट्रोलको सिकार बनाइएको हो ।  पत्रकार धमालाले स्वरसम्राट नारायणगोपालले गाएको गीत गाउन लगाउदा उनले भक्तराज आचार्यको गीत सुनाएका थिए । यस्तै गायक÷संगीतकार यम बरालको गीत भन्दै रामकृष्ण ढकालको स्वरमा रहेको गीत सुनाएका थिए ।   सामाजीक सन्जालमा उनका फ्यानहरुले उनको आवाज भन्दा आफ्नै आवाज राम्रो रहेको भन्दै हाँसोमा उडाइरहेका छन् । बरु दुर्गेशले फरक धारको गीत भएकाले नगाउनुपर्ने समेत भन्न भ्याए । उनले अघिल्लो तिहारमा ल्याएको गीतले पनि निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो । विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै ग¥यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरेका थिए । त्यसपछि दुर्गेशले अर्को स्क्यान्डल मच्चाए, चलचित्र छक्का पञ्जाको प्रमोसनल गीतमार्फ...