Skip to main content

मनको स्थिती अनुसार बन्छ जीवनको परिभाषा




 समयसंगै जीवनलाई हेर्न नजर बदलिने रहेछ । मनको स्थिती अनुसार जीवनको परिभाषा बन्ने रहेछ । 

तपाई खुशी भएको बेला मैले जीवनको परिभाषा सोधे भने तपाईले खुशी देखिने गरी जीवनको परिभाषा बताउनुहुनेछ । तपाईको परिभाषामा जीवनप्रति आशावादि, खुशी, आनन्द प्रेम झल्कने छ । तर त्यहि प्रश्न तपाई दुःखी भएको बेलामा सोधियो भने तपाईको जवाफ निरस हुनेछ । तपाईले जीवन व्यर्थ बताउनुहुने छ । 

ठिक यो उदाहरण जस्तै जीवनमा तपाईले गर्ने संगत र तपाईले गर्ने व्यवहार पनि समयसंगै बदलिने रहेछ । समयसंगै तपाईको जीवनशैली, व्यवहार र विचार बदलिदै जान्छन् । मानिसले समयसंगै अनेक रंग देखाउछ । त्यसैले मानीसहरुलाई छेपारोसंग तूलना गर्ने गरिन्छ । तर यो तूलना नकरात्मक तवरले मात्र गर्ने गरिन्छ । 


सायद मानिसले रंग बदलिदैन थ्यो भने नतिजा पहिल्यै थाहा हुन्थ्यो । जसरी कम्प्युटरले सोधेको प्रश्नको जवाफ उहि दिन्छ । कम्प्युटर र मानिसमा यहि त फरक छ । मानिसमा चेतना छ । कहिलेकाहि लय नमिलेको बेला पनि मानविय चेतनाले लय मिलाउछ । सबैथोक सिस्टमले सम्भव भएको भए यो संसार रोवर्टले नै चलाउथ्यो होला । तर संसार चल्नका लागि चेतना चाहिन्छ । 


चेतना हुनु भनेको सधै राम्रो हुनु मात्र होइन । गल्ती गर्नु पनि चेतना हो । मानिसका अनेक विचारहरुका कारण त परिणाम रोचक बन्छ । 


एउटा निर्वाचनको कुरा गरि हेरौ न । निर्वाचनमा उम्मेदवारले जब आसपासमा आफ्नाहरु देख्छ । उसलाई लाग्छ मेरो जीत निश्चित छ । मेरा आफन्तहरु चिनेजानेकाहरु अरु प्रतिष्प्रर्धि भन्दा धेरै छन् । 



जव तपाई तलाउभन्दा टाढाको डाडामा बसेर हेर्नुहुन्छ । त्यो कति फराकिलो कति छ भन्ने कुरा सजिलै थाहा पाउनुहुन्छ । तर जब तपाई आफै पोखरीमा टेक्नुहुन्छ, त्यसको फैलावट तपाईको आँखाले देख्ने जति मात्र थाहा पाउन सक्नुहुन्छ । यतिबेला तपाई पोखरीको आकारको मापन गर्न सक्नुहुन्न । निर्वाचन पनि यस्तै हो । 


निर्वाचनमा कहिलेकाहि राजनीतिक दल (आस्था) चल्छ । दलपछि विचार चल्छ । त्यसपछि क्रमस जात, धर्म लिंग, क्षेत्र हुदैँ निकटता भएका आधारहरुमा चल्छ । यति भन्दाभन्दै मानिसहरु कहाँबाट कहाँ आधार बनाएर छुटिन्छन् पत्तै हुदैन । 


मैले २ वटा निर्वाचनलाई जीवनमा नजिकैबाट हेर्ने महसुस गरे । एउटा नेपालको स्थानिय तहको निर्वाचन र अर्को पत्रकार महासंघको निर्वाचन । स्थानिय तहको निर्वाचनमा जब एउटै दल विभक्त भयो त्यसको फाइदा अर्को सानो दललाई भयो । महासंघको निर्वाचनको मतपरिणाम मिश्रित थियो । केहि उम्मेदवारहरु दलका आधारमा, केहि विचारका आधारमा त केहि लोकप्रियताका आधारमा निर्वाचित भए । 


निर्वाचनले जीवनको एउटा महत्वपुर्ण कुरा सिकाउने रहेछ कि कुटनीतिक बन्न । तपाईको अगाडी दुस्मन उभिएको छ र तपाईले दुस्मन अनुसारको व्यवहार गर्नुभयो भने तपाई काँचो हुनुहुन्छ । तर दुस्मनको अगाडी तपाई सर्पोटर बनेर आफूलाई देखाउनुभएको छ भने तपाई एक कुटनितिज्ञ बन्नुहुने रहेछ । निर्वाचनमा सबैले सबैलाई म तिम्रै हो जस्तै गर्छन् । तर मतदानको समयमा कोहि दल हेर्छन्, कोहि जात, धर्म, क्षेत्र, वर्ग, कोहि विचार । जहाँ धेरैको मत हुन्छ जीत उसैको हुन्छ । 


यो जीवन पनि यस्तै हो । तपाईको वरपर जुन उर्जाको मत धेरै छ, समयले तपाईलाई त्यस्तै बनाउछ । तर तपाईले चाहेको जस्तो सिमित घेरामा सिमित रहदैन । त्यसैले जस्तो परिस्थिती छ त्यसैलाई पार गर्दै अघि बढ्नुस् । खुसी रहनुस् । समयले तपाईलाई आफ्नो लक्ष्यमा पुराएर छाड्ने छ । 


BY NISHU JOSHI

2081 Magh 13 (Jan 26, 2025


Comments

Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...