कहिलेकाहि हामी भ्रममा बाँचेको जस्तो महसुस गर्छौ । आफ्नै नामको अर्थ घोत्लदा नामै विर्सने । कहिलेकाहि म को हुँ भन्ने प्रश्नले झस्काइरहन्छ । माल्भिका सुब्बाले आफ्नो पहिचान खोज्दै कनेन्ट टु रुट भनेर गरेको उनको कामको प्रशंशा भइरहेको छ । हरेकले आफैलाई कुनै न कुनै दिन प्रश्न सोध्छ होला म को हुँ भनेर । यो प्रश्नको जवाफ जसरी दिन चाह्यो त्यसरी नै सजिलो देखि गाह्रो सम्म छ । नयाँ जागीर सुरु गर्दा जुन आत्मविश्वास हुन्छ, काम गर्दै जाँदा झन नयाँ सिक्दैँ जाँदा म त नजान्ने रहेछु भन्ने लाग्ने समयसम्म जस्तो । जीन्दगी जति सिके उती गाह्रो । म आफ्नो आफ्ना विचारहरु, तर्कहरु, विश्ेषण, बुझाई, भोगाई आदिका बारेमा अरुलाई बताउन धेरै चाहाना राख्थे । उनीहरुको धरातल के छ ? उनीहरुमा ज्ञानको तह कति छ ? उनीहरुको पारिवारिक वातावरण कस्तो छ ? उसको हुर्काई, बुझाई कति छ भन्ने नबुझ्दै आफुलाई पोखेर खाली हुन्थे । मेरा बुझाईहरु उनीहरुले आफ्नो ज्ञानको तह अनुसार कति बुझे थाहा भएन । एउटा विन्दुमा पुगेपछि महसुस भयो कि जब नजिकमा रहेका प्रियजन आफैलाई जन्मदिने आमा, बा, जीवनभर साथ दिन्छु भन्ने साथी, आफन्त, परिवारले कहिल्यै बुझेनन् भने
सामाजिक सन्जालमा यतिबेला बहस भइरहेको विषय हो देवि प्रतिभा र उनको वाणी । काठमान्डौमा जारी कोठिहोममा कथावाचनका क्रममा उनले डिभोर्स भन्ने शब्द शास्त्रमा नभएको र विवाह पछि जस्तो श्रीमान भएपनि मिलेर बस्नुपर्ने कुरा शास्त्रमा रहेको सुनाएपछि, बर्डिगार्ड राखेको र महंगो पारिश्रमीक लिएको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । सबैभन्दा पहिले देवि प्रतिभाको कुरा गरौँ । नेपालकी छोरी प्रतिभाले २२, २५ वर्षको उमेरमै भारतमा आफ्नो छवि बनाउन सकेकि छन् । जबकी यो उमेरमा नेपालका युवतीहरु सानो जागीर, स्नातक, स्नात्तकोत्तर तह गर्दै अझ ग्रामिण क्षेत्रका महिलाको कुरा गर्दा धेरै युवतीहरु विवाह गरेर बच्चा र घर व्यवहार सम्हाल्नु परेको अवस्था छ । नेपाल र भारतमा परिचय बनाउनु उनको लागी नै नेपालकै लागी ठुलो उपलब्धि हो । अहिलेसम्म नेपालमा पुरुष कथावाचकहरु नै अगाडी देखिन्थे । देवी प्रतिभा, राधीका दासी लगायतका महिलाहरुले धार्मिक क्षेत्रमा जून लोकप्रियता कमाइरहेका छन् यो नेपालकै लागी नयाँ उदाहरण हो । आफ्नो सुरक्षाका लागि ८, ९ जना बर्डिगार्ड राख्नुले उनलाई हानी गर्दैन । भर्खरै एक महिना अघि भारतमा धार्मीक कार्यक्रममा भ