कविता कक्षा ६ मा विज्ञान शिक्षकले रटाएका हुन् विर्सीए छु, पानीमा सीयो डुव्नु र डुंगा उत्रनुको कारण के तपाइलाई थाहा छ ? पानीमा उत्रने वस्तुको तौल वरावर त्यसले विस्थापित गर्ने पानीको तौल यहि त हो आर्किमिडिजको सिद्धान्त यहि सीद्धान्तले सीयो डुव्छ, डुंगा उत्रन्छ । कालोपाटिमा चित्र वनाएर शिक्षकहरुले पढाउदा मेरो ध्यान कागजमा वुद्धको तस्वीर कोर्न व्यस्त हुन्थ्यो झ्याल वाहिर सखीहरुले गुच्चा खेलेको हेर्दैमा दिन वित्थ्यो । ठिक आज त्यसको २० वर्षपछि म वगरमा उभिएको छु यात्रुहरुलाई माझीहरु काठको डुंगावाट नदि वारपार गराइरहेका छन् के उनिहरुलाई आर्किमीडिजको सीद्धान्त थाहा थियो ? पानीलाई ओरालोमै झारेर काठकै फिरफिरे जोडेर पानी घट्ट वनाइएथ्यो घट्मा अनेक थोक पिसीन्थ्यो । बाले थोत्रा प्लाटिकका वोराको रेसा निकालेर नाम्लो र वरीयो वुन्नुहुन्थ्यो अझ भनौ आमाले परालका त्यान्द्रा गासेर चकटि र फिनो वनाउनुहुन्थ्यो । तर उहाँहरु संग लेखापढिको छेउ छैन गाउँमा पढेर ठुलो भएको मै हुँ धेरै पढेरै गाँउवाट शहर आएको मै हुँ तर यो ...
literature