Skip to main content

Posts

Showing posts from September, 2015

संयोग

मेहनतले मात्र हुदैन भाग्यले मात्र हुदैन जीन्दगी जीन्दगी हुन सक्नुमा संयोग पनि हुन्छ ।

विपी आह्वान

कविता तिमीले ज्ञान दियौ एउटा वाटो देखायौ तिमीले जन्माएका सुम्नीमा, मोदिआइनलाई यहाँ सुन्दैन कोहि उनको चित्कारलाई तिम्रा जस्तै विचार वोकेर खाली पैताला काडामा टेकेर भोकालाइ अन्न देखाउछन्  असाहायको साहारा वनेर हिमाल पहाड र तराई झर्छिन् जागर हुनेहरु वुझ्दैनन सेवाका परीभाषा जोश हुनेहरु साहुको क्रीण तिर्न खाडिमा छन् वुझाइदेउ देशमा वुढावुढि र केटाकेटि मात्रै रहलान भनेर परनिर्भरता वढ्ला भनेर माटो असुरक्षीत होला भनेर छिमेकीसंग शरण नपरोस् गोर्खाली शहिदको रगतले निर्मीत प्राण तराइका   हरीया  फाट  देश वनाउछु भन्नेहरु तानातान गर्दैछन् अव फेरी तिमी जन्मनु छ जरुरी छ आमा वचाउनु चलाउनुछ कलम व्युझाउनु छ युवा । .................. २०७२ श्रावण ६ गते.............

आत्मग्लानी

कविता कतिन्जेल वाच्छौ खोक्रा वचन दिएर झुटो वोलेर  वल्दैनन् तिम्रा ओभाना चुल्हाहरु आखाँ अघिको खुसी कुल्चेर क्षितिजपारीको खुसीको लागी संगैका आत्मा तड्पाएर के खुसी मिल्ला ? चन्द्रमामा दाग हुन्छ भन्छौ आफै त्यहि दाग हटाउन चन्द्रमा हटाउदैछौ, विगे्रको घर वनाउनु महानता भन्छन् सप्रेको घर विग्रेपछि आत्मग्लानी नहोस् ।। .................. २०७२ श्रावण १५ गते.............

गल्ति

२०७२–४–११ गते सोमवार म हु यौटा मात्र उभिएको जीउदो मसान सारा खुसी भित्र अचेल, लाग्दैछ सुनसान सुनाउछीन मनको व्यथा मुटु निचोरेर दारा किस्दै रुदै भन्छिन्, ग¥यो अपमान किन हुन्छ यति धेरै गल्ति म वाट कहिले जानाजान त कहिले अन्जान । जहाँ खुसी दिन्छु भन्छु त्यहि दाहोरीन्छ सोचे एक हुन्छ अर्को, फेरी चल्छ रटान ...........................  ...............

आमा

एउटा स्थिर पत्थर वनेर । हेदैछु मुकदर्शक भएर आमाले सम्झाउथीन् सधै भलो हुने काम गर्नु भनेर ।।

कलिलो पटलमा

समय खेर गइरहेछ । यहाँ जे जे भइरहेछ । विज्ञान व्युझाउने वेला देश उहि रइरहेछ ।। कलिलो पटलमा के सीकाउनुपर्ने के सीकाइरहेछ ।

एउटा चित्र

सडकमा चिच्याउदै छ कोहि मेरै नाम लिएर सुने झस्किएर , हेरे पछि उसैतीर  फर्कीएर भिख होकी जागीर वुझीन उसको कोडभाषा अन्योल छु फर्किउ कसरी उसलाई के दिएर  चढाउनलाई प्रसाद  आयु, सहयोग छ बाकी भन्दै थिए चिच्याउदै गयो वाटैवाट तर्कीएर  एकसुर भइ पाइला चाले ठोक्कीर अडिएछु देश जपेर भेष वदल्दै आयो फेरी आत्तिएर सोचे, एउटा चित्र दुनियाभित्र देखेर विचित्र हास्यो आफैलाई हेरी उनले पागल भन्दिएर निशु जोशी नेपालगन्ज २०७२–५–२२ गते मंगलवार

यी आँखाहरु आँखा होइनन्

कविता यी आँखाहरु आँखा होइनन् आखैँ अगाडि कोहि टुटुीरहेको पनि देखेनन् यी कानहरु कान होइनन् आँगनको चिच्चाहट पनि सुनेनन् यी नाकहरु नाक होइनन् वुहारी जलेको गन्ध सुघेनन् यी ओठहरु ओठ होइनन् कसैमाथि अन्याय हुदा पनि बोल्न सकेनन् यी हातहरु हात होइनन् उठ्नुपर्ने ठाँउमा निदाएको वाहाना गरे यी पैतालाहरु पैताला होइनन् हिड्न सकिने ठाँउमा मान्छेको घोडा चढेर हिडे यी टाउकाहरु टाउका होइनन् जसले जीम्मेवारी शव्द पनि बोक्न सकेनन् यी शरीर शरीर होइनन्  जसले मानवता बोक्नै सकेनन् । ,,,,,,,,,२०७२,,, अगस्ट १५,,,,,,,, निशु जोशी, नेपालगन्ज ।

मुखीया

कविता  तिम्रो लातले एउटा पर्खाल मात्र भत्काएको होइन त्यो पर्खाल ठड्याउने छाति भत्काएको हो भूइमा बजारीएर नै यी हातबाट संगीत निस्किन्थ्यो त्यै संगीत सुनेर तिम्रो जीवन हरीयो भयो सुकेको तिम्रो पुर्खाको विरुवालाई मेरै पुर्खाले पसिनाले सिँचेर हरीयो बनाए मेरो यै पातलो शरीरले हावाहुरी छेकेर तिमीलाई तिमी वनाए यो शरीरमा देखीएको मैलो होइन त्यहि हुरीले छ्यापेको धुलो हो मेरै पसिनाले सिँचेको हो तिम्रो हरीयो जमीन जहाँ फलेका छन् पैशाका बुटाहरु त्यै पैशाको विटो बोकेर तिमी तिमी वनेका हौ तिमी तिमी वन्नु र म म रहनुमा फरक छ पसिनाले सिँचेर मात्र होइन हत्केलाले तिम्रो मासुम चेहेरा मुसारेर मात्र होइन तिम्रो गोबर सोहोरेर मात्र होइन तिमी तिमी वन्नुमा मेरो पुर्खाको लगानी छ तिम्रो पसिना पोखीएको भए यो माटोमा तिम्रा पाइला पर्ने थिएन तिम्रो माया पोखीएको भए यो छातिमा तिम्रो पाइलाले बजारीने थिएन सम्वन्ध भनेको जन्मदिनु मात्र होइन आफ्नो हुनु मात्र होइन जीन्दगी नै लगानी गर्नु पनि हो निभ्न लागेको दियो जोरले बल्यो यो बल्नु बल्नु मात्र थिएन कसैको जीन्दगी बाल्नु पनि थियो । ,,,,,,,,,,,,,,

My first Blog Post- KuhuKuhu

नमस्कार !   ब्लग कुहु कुहुमा यहाँहरुलाइ स्वागत छ । https://kuhukuhu14.blogspot.com/ you can read my personal thoughts, articles, stories, poems . I'm From Nepal. Thank You for support. Love You All.   In addition, you can listen to books, novels, stories  written by other writers on my YouTube channel.