Skip to main content

Posts

प्रयोग

कविता  कक्षा ६ मा विज्ञान शिक्षकले रटाएका हुन् विर्सीए छु,  पानीमा सीयो डुव्नु र डुंगा उत्रनुको कारण  के तपाइलाई थाहा छ ? पानीमा उत्रने वस्तुको तौल वरावर त्यसले विस्थापित गर्ने पानीको तौल यहि त हो आर्किमिडिजको सिद्धान्त यहि सीद्धान्तले सीयो डुव्छ, डुंगा उत्रन्छ । कालोपाटिमा चित्र वनाएर शिक्षकहरुले पढाउदा मेरो ध्यान  कागजमा वुद्धको तस्वीर कोर्न व्यस्त हुन्थ्यो झ्याल वाहिर सखीहरुले गुच्चा खेलेको हेर्दैमा दिन वित्थ्यो । ठिक आज त्यसको २० वर्षपछि म वगरमा उभिएको छु यात्रुहरुलाई माझीहरु काठको डुंगावाट नदि वारपार गराइरहेका छन् के उनिहरुलाई आर्किमीडिजको सीद्धान्त थाहा थियो ? पानीलाई ओरालोमै झारेर काठकै फिरफिरे जोडेर पानी घट्ट वनाइएथ्यो घट्मा अनेक थोक पिसीन्थ्यो ।  बाले थोत्रा प्लाटिकका वोराको रेसा निकालेर नाम्लो र वरीयो वुन्नुहुन्थ्यो अझ भनौ आमाले परालका त्यान्द्रा गासेर चकटि र फिनो वनाउनुहुन्थ्यो । तर उहाँहरु संग लेखापढिको छेउ छैन गाउँमा पढेर ठुलो भएको मै हुँ धेरै पढेरै गाँउवाट शहर आएको मै हुँ तर यो ...

हरीयो साउन

ए हजुर उ त्यो त्यो चुचुरोमा केहि देख्नुभो जुनकिरी झै झिलमील ? त्यो भन्दा अघि   थाहा छ  साउन र झरीको सम्वन्ध हरीयो हुन्छ । साउनमै त पलाउछ पालुवा वाली रोपिन्छ, हरीयाली फैलीन्छ साउनकै महिनामा त हो सुन्तली, चमेली र मनिसाहरु चुरा, पोते र लुगा पनि त हरीयै लगाउछन् । अझ भनौ, साउनकै महिना त हो खडेरी परेका ठाँउ ओसीला देखीने हरीया देखीने रसीला देखीने । थाहा छ ? हजुरले टेकेको फाँटबाट देखीएको त्यो पहाडको टुप्पोमा मानव वस्ती छ वस्ती रातमा जुनकिरी झै देखीन्छ । ती वस्तीहरु वर्षमा एक महिना मात्र नुहाउछन् एक महिना मात्र मुस्कुराउछन् र एक महिना मात्र कमाउछन् मात्र साउन महिनामा । त्यो चुचुरोमा अनाज नउव्जने जमीन छ । परदेश जानेहरु फर्केर आउन मान्दैनन् पानी पिउनका लागी पनि साउन पर्खनुपर्छ तर पनि पुस्तौदेखी यसरी नै बाँचिरहेछन् साउनलाई प्राण वनाएर । थाहा छ ? साउनमै आउछन् त्यहाँ सवै जातका भगवानहरु र प्राण भरेर फर्कन्छन् । त्यसैले, निराहार व्रत वसेर हिलो पानी नभनेर सकि नसकि उकालो चढ्दै आइपुग्छन् ति वस्तीहरुमा धर्ममा आस्था राख्नेहरु भगवानलाई पुजा गर्नेह...

पर्खाइ

कविता  माझिहरुलाई थाहा छ डुंगा चढ्ने यात्रुहरुलाई थाहा छ र थाहा छ हजुरहरुलाई पनि किनारा वषौदेखी एक अर्कालाई पखीरहेका छन् । पानी उड्दैछ निरन्तर वाफ वनेर मुहान सुक्दैछ हरेक समय नदि रीत्तो हुदैछ वगर वन्दैछ र भेट हुदैछ दुइ किनाराको के यो नौलौ कुरा हुनेछ ? म पर्खाइमा छु । वाजे भन्नुहुन्छ चर्पि वनाएदेखी गाँउमा विरुवा उर्मेका छैनन् चरा र अरीगाँल झुम्ने अम्वाका रुख भगेरा वस्ने आरुको रुख सुक्दै गएका छन् ढल्दै गएका छन् के यो नातिलाई सुनाउने कथा हुने छ ? पर्खाइमा छु । यो पर्खाइ हो या समयको दौडाइ केहि पखीरहेका छन् र दौडिएका पनि । पखाइकै कुरा गर्ने हो भने गाउँमा पर्खीरहेका वाआमा छन् चउर पर्खीरहेछ डन्डीवियो खेल्ने वालापन वाँझो खेत पर्खीरहेछ जवान श्रीमति पखीरहेछिन् सीन्दुर शताव्दि पर्खीरहेको छ नवयुग । मलाई चिन्ता छ मेरो भविष्य देखेर जहाँ आइसक्रीम देखेर सगरमाथाको हिउ यस्तै थियो रे नभनुन् भेटमा किनारासंग पानी थियो र नसोधुन् ।  ,,,,,,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज । २०७३ कात्तिक २६ गते ।

फेसवुक वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड

निशु जोशी वुझ्नेलाई श्रीखण्ड नवुझ्नेलाई खुर्पाको विड जस्तै हो फेसवुक । एकै ठाँउमा रहेर हजारौँसँग एकैचोटि वार्तालाप गर्न सकिने  माध्याम हो सोसल मिडिया । यो एउटा यस्तो माध्यम हो जसले छिटो छरीतो र धेरैलाई एकैचोटी सन्देश पुर्‍याउछ । यस अर्थमा भन्नुपर्दा सरल,सहज, सस्तो ,झन्झटवाट मुक्त, देशविदेश जहाँ रहेपनि सजिलै भेट्न सकिने, संसारका विविध गतिविधि वारे जानकारी दिने एक भरपर्दो माध्याम हो ।  अहिले शहर देखी गाँउका कुनाकाप्चामा समेत सोसल मीडियाको पहुँच छ । सोसल मिडिया टुलहरु मध्य फेसवुक, टुईटर, युटुव, वल्डप्रेस, ब्लग लोकप्रिय छन् । यस्तै अरु सयौँ प्रविधिको आविस्कार समेत भैसकेको छ । फेसवुक अहिलेको चर्चीत र चिरपरीचित सोसल मिडियाको एक प्रविधि हो । एक तत्थ्याङ्कका अनुसार अहिले १ अर्ब भन्दा धेरै मानिसहरुले दिनहुँजसो  सोसल मीडियाको प्रयोग गर्ने गरेको अध्यायनले देखाउछ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ । अहिले १३ लाख नेपालीहरुले फेसबुकको प्रयोग गर्ने गरेको पाईएको छ । यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको पनि छ । यसको प्रयोग गर्नेहरु मध्य करिब ६९.५ पुरूष छन् भने ...

चासोको विषय वातावरण

धेरैले महत्व दिन थालेका छन् र चासोको विषय वन्न थालेको छ अहिले वातावरण । नेपालगन्जकै कुरा गर्ने हो भने डा. विनोद कर्णले नेतृत्व गरीरहनुभएको ग्रीन नेपालगन्ज क्लिीन नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालीकाका र यहाँका विभिन्न व्यक्तिहरुले यहाँको सरसरफाइ र विरुवा रोप्ने काम गरीरहेका छन् । वर्षेनि नेपालगन्जमा पानी कम पर्न थालेको छ । यो वर्षकै कुरा गर्ने हो भने कोहलपुर क्षेत्रमा अत्याधिक पानी परीरहेको वेला पनि नेपालगन्जमा पानी परेको हुदैन । राझाँ चोकवाट पानीमा भिज्दै आएका रीक्साहरु धम्वोझीचोक पुग्दा रीक्सा भिजेका हुन्छन तर पानी परेको हुदैन । उता चारवाहिनि तिर पनि पानी परेको हुन्छ । तर मुख्यतया ः विपिचोक, धम्वोझी चोक र पुष्पलालचोकमा पानी ने पर्न छोडेको छ । यो समस्या सामान्य होइन । यहाँ पुर्खाैदेखी वसोवास गरीरहेका व्यापारीहरु भन्छन् यहाँको धुलोमैलो, फोहोर, प्लास्टिकजन्य पदार्थ जहितहि हुनु, धमाधम औद्योगीक क्षेत्र, कलकारखाना सञ्चालन हुनुले पनि यहाँको वातावरण विग्रदै गएको छ । नेपालगन्जका रीसीकेश शर्मा खनाल भन्नुहुन्छ – नेपालगन्जमा पानी पर्ने खालका विरुवाहरु रोप्न जरुरी छ । अहिले जथाभावि ज...

परीणाम

कविता  आगनको मलीलो जमीन मासेर ठुलो वुवाले एक सय सीँसौको रुख रोप्नुभो छिमेकीले हकार्नु हकारे जमीन मास्यो भनेर आज २१ वर्षपछि आगन हराभरा छ रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । तल्लाघरे धनेस वाजेले भीरमा डोजर लगाए भीरलाई जमीनमा वदले सीचेँ पसीनाले र फलाए हरीया पैशाका वुटाहरु ८ वर्षदेखी उनी यी वुटाहरु वेचेर १२ जनाको जीवन खुसी राखेका छन् । यी त हरीया जीवन हुन् हजूर  । । सुकेका कथाको पहिलो पात्र, पल्लाघरे फुपाजु आज पनि वम्वइ छन् नेपालमा उनको विघौ जमीन वाँझो छ उनि वम्मइमै वस्न रुचाउछन् ५० वर्षदेखी चौकीदारी गरीरहेछन् उनि भन्छन् खेत जोत्ने सीप छैन,चौकिदार मै खुसी छ भारतको नागरीता पनि पाइसके, परदेश नै घर लाग्छ, घर परदेश जस्तो । अझ सुक्दै गएको अर्को पात्र, राधीका स्कुटरमै छोरालाई स्कुल लैजान्छे ल्याउछे यो त उसको नियमीत काम हो तर अचानक उ अखवारको पहिलो पृष्ठमा समाचार वनिछ सुकेको पात्र, पखाला लागेर अस्पतालमा पालो कुर्दाकुदै सुनिता पनि अखवारको समाचार वनिछ । रुख ढलेपछिको पात्र, छिमेकीले झ्यालवाट फोहोर फालेको देखेर अरु छिमेक...

जीवन

कविता एक अवोध वालीकाको जस्तो क्रन्दन सुनियो महलको भित्तावाट उसको क्रन्दनले न्याय मागीरहेको थियो न्याय दिलाउनेहरु भिडमै  थिए दौडिएका हुल मानिस आफ्नै काममा व्यस्त देखीन्थे भीडमै अस्मीता लुटियो वृद्धआमाको र पनि सवै दौडिरहे जीउदो शरीर सडकमै ढलीरह्यो खवर अखवारमा थियो वाजेले नातीनिको वलात्कार गरेको दिनहुका यी खवरले मुटु काम्दैन यो शहरमा यहाँ लुट्दोरहेछ भाइले भाइलाई  विश्वास नगर्दा रहेछन वा आमालाई पनि र सडकमा आमा ढलेको देखीने रहेछ यो शहरमा तर गाँउका मान्छे अझै ढुंगोलाई विश्वास गर्छन् । तै पनि मान्छेलाई सहयोग गर्छन् पशुसंग पनि पैचो चलाउछन् दुध लिन्छन् घास दिन्छन् भिरमा अडेको ढुंगो जस्तो जीवन गाउँको भिरवाट कतिवेला खस्छ पत्तै हुदैन यति जान्दाजान्दै पनि फुल्छन् भिरको गुरासजस्तै भिरमै र मुस्कुराउछन दुस्मनसंग पनि ।। जीवन सुखमा भन्दा दुःखमै आनन्द हुदोरहेछ सरल भन्दा जटिलमै अर्थ हुदो रहेछ त्यसैले हरेक जीवन सहज नहुने रहेछ । ,,,,,,,,,,,,,,,,,,,, २०७३–०३–२७,,,,,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज ।

उनि

उनि                    मलाई मन पर्ने मान्छेहरुको नाम लिनु प¥यो भने मेरो पहिलो रोजाइको नाम हुन्थ्यो रमा । मलाई उहाँ असाध्यै राम्रो लाग्थ्यो । किनकी उहाँको समाजमा राम्रो प्रतिष्ठा थियो । उहाँका केहि असल बानीहरुका बारेमा मैले धेरै सुनेकी थिए । उहाँलाई खुवै भेट्ने इच्छा थियो । उहाँको वारेमा धेरै राम्रो प्रशंशा सुनेकोले भविष्यमा उ जस्तै राम्रो मान्छे वन्नुपर्छ है भन्दै घरी घरी सम्झाउनुहुन्थ्यो काकुले । मैले उहाँलाई भेट्ने मौका पाउने थाहा पाएपछि उहाँलाई उपहार दिने निर्णय गरे । त्यति ठुलो मान्छे सवैले मानेको मान्छे । उपहार पो के दिने होला ? म संग धेरै पैशा थिएन । आमासंग किताव किन्छु भनेर पैशा माग्ने उपाय निकाले । आमाले तल्लोघरे ठुली दिदिसंग पो किताव मागीदिनुभयो । अव मेरोे उपाय फेल खाएपछि अरु विकल्प सोच्न थाँले । अस्ती भर्खर काकीले किनिदिनुभएको घडि वेचिदिए १ सय २० रुपैयामा मात्र । खुत्रुकेमा राखेको पैशा निकाले । पल्लाघरे साइलि भाउजुको वारीमा फलेको तरकारी वेचेर उहाँले दिएका एक, दुई र पाँच रुपै...

राम्री

राम्री उ सधै मानअधिकारको कुरा गरीरहन्छे । उसका लेखहरुमा पनि महिलाको न्यायका सवालमा धेरै कलम चलेका छन् । सवैले उसलाई टयालेन्ट लेडि भन्छन् र चिन्छन पनि । तर मैले नजिक वाट राम्ररी नियाल्न पाएको भने छैन् । आज रजनिको वर्थ डे । पार्टिमा हामीलाई पनि निम्तो थियो । उ र म पनि जादै थियौ संगै । यो पहिलो रमाइलो यात्राको आरम्भ सुरु हुन लागेकोमा मन खुसी थियो । धेरै कुरा सीक्न मन थियो उ वाट । म त सादा पोशाकमै थिए । वल्लतल्ल जागीरको तलवले किनेको हिल लगाएको थिए । उसले भने रातो सारी र छपक्कै गहना लगाएर आएकि थिइ । कुनै डाहाँ थिएन मलाइ उसको । उ सोध्थी घरीघरी म कस्तो देखीएको छु भनेर । म हासोको जवाफ फर्काउथे । उसले लाएका पुराना चप्पल मलाई दिइ र भनी । कस्तो राम्रो तिम्रो हिल त रु तिम्रो सादा कपडामा सुहाउदैन मलाई सुहाउछ म लगाउछु । ,,,,,,,,,,,,,,,,, २०७३–३–५ गते आइतवार ।।।।।।।।।।।

न्याय

निशु जोशी जव सडकमा गाडिहरु गुडेको देख्छु या त भनौ विजुलीको विल, मोवाइल रीचार्ज लगायत यस्तै यस्तै जतिपनि निर्जीव चिजहरु जति देख्छु लाग्छ यी कति महान छन् । जो सधै एक अर्कालाई न्याय दिइरहेका छन् । हो न्याय । न्याय भन्नेवित्तिकै एउटा मान्छेले वरावर भएको तराजु वोकेको चित्र मेरो मष्तिष्कले देख्छ । जो मैले वाल्यकालदेखी पढेको चित्र हो । तर जीउदो प्राणिले भने यो भोगेको देखेको छैन । माथिका तिनै चिज मोवाइल रीचार्ज, विजुलीको विल । जो निर्जीव छन् । निर्जीव भएर पनि सधै न्यायको तराजुमा वरावर छन् । जस्तो जवसम्म मोवाइलमा रीचार्ज गरीदैन तवसम्म मोवाइलले फोन कनेक्ट गर्दैन । विजुलीको विल जवसम्म तिरीदैन तवसम्म वल्दैन । अझ भनौ जवसम्म डिजेल र पेट्रोल खान पाउदैन तवसम्म गाडि पनि गुड्दैन । यीनिहरु जति लिन्छन् त्यति नै दिन्छन् । अर्थात यीनिहरुमा हिसाव किताव वरावर छ । एक अर्काले न्याय पाएका छन् । तर जसमा प्राण छ के तिनीहरुले यस्तै वरावरीको न्याय पाएका छन् ? छैनन् । कदापि छैनन् । त्यहि न्याय नपाएकाले यो विद्रोह र अशान्ति छ । ठुलाले सानालाई सधै अन्यायमा पारीरहन्छन् । सानाहरु सधै चुप वसीरहन्छन् । उनिहरु व...

शहर

कथा                                                          –निशु जोशी उ खीस्स हाँसी  । वाउको काखमा वोडिको त्यान्त्रा झै दुइटा कलिला हातहरु भुइतिर झुन्याएकी थिए । ए वि सी कुरमुरेको हरीयो प्लास्टीक च्यापेको थियो उसको वाँया हातले दायाँ हातभरी नुन खुर्सानि लतपतिएको थियो । मैले देखे उसका आखाँहरुले आराम खोजीरहेको । ध्यन भंग भयो साउजिले विल दिएपछि । साउजिले दिएको सामानको पोकाको वदलामा मैले पैशा दिए । र घर जानलाई दुइपाइला उचाले ।     त्यो वालापनमा आखाँ लाउन मन लायो । मेरा वालाई सम्झीए । वालापनमा मेरा वा पनि यसरी नै मलाई पिठ्युमा वोकेर चार्हादा हुन चिया पसलमा । झलझली याद आमा र वाको सम्झना दिलायो यो दृश्यले । वाआमा गाँउमै छन् । यो सहरका लागी म नयाँ छु । भिज्दै छु सहरसंग ।  वाटो रोकेर उसको वाले केहि भन्न खोजीरहे जस्तो लाग्यो । निकै हडवडाइरहेका थिए उनि । वाइकमा उभिएर छोरी हातमा समाएर सामान हातमा थमाउदै थिए । छ...

घाम

घाम लाग्न सक्छ, वादल आउन सक्छ फेरी आकाश रंगीन वनाउन सक्छ जसले जीन्दगीको भरै लाग्दैन भन्छ प्रश्न, उसैले कसरी हसाउन सक्छ ? जवाफ शैयावाटै, जीवन फूल्छ त्यहाँ हरेक पीडामा जो मुस्कुराउन सक्छ आउ संवै मुस्कुराउ दुःखहरुवाट जस्ले जीवन सार्थक वनाउन सक्छ । ,,,,,,,,,,,, निशु जोशी, नेपालगन्ज . २०७२–१–२३ गते

काफल

आमा चर्को गर्मीमा पसीना पुछिन च्यातिएको गुन्युको फेरले पुरानो वाँसको डोको लिएर काफल वेच्दै गरेकि एक आमा दिनभरी पछि वल्ल तल्ल व्यापार हुदा मुसुक्क मुस्कुराइन अनुहार देखाएर एक्कासी ..... काफल छरीयो यी हातवाट यहि काफल वेचेको पैशाले महंगो होष्टेल पढाइछिन छोरोलाई खल्तीमा जम्मा गरेकि आमाले १, १ पैशा पनि आफुले खाइ नखाइ लाइ नलाई चोरेथ्यो छोरोले त्यहि पसीना फर्कि आउदा एक विद्धानले आमा सम्झेर आसु खसाल्दै भन्यो आमालाई सुख कहिल्यै दिएन म त निर्दयी त्यहि छोरो रहेछु यी एक आमा मेरै आमा रहेछिन् । ,,,,,,,,,,,,,,,, 2072-1-24

आशा

कविता हलि हलो जोतिरहेछ दशकदेखी तर पनि जीवनमा खुसी भेटेको अनुभव छैन । जातो, ढिकि गरीरहेछिन् पहरा चढिरहेछिन् पसीना वगाइरहेछिन् तर पनि नाति अघाउदैन भन्छिन् हजुरआमा । जीउदो भएझै लाग्न थालेको वर्षौ भो आशाको एक त्यान्द्रोमा प्राण वाचेको छ आमाको । द्धन्द्धमा हराएका हुन रे हजुरबा आँखावाटै प्राण भर्ने आशामा परदेशीएका बा परदेशवाट । आजभोली यी ढुंगे जमिनमा अन्न फल्न छोडिसक्यो मुहान सुके पानी छैन जमीन बाँझो भो उव्जनि छैन छ त केवल दुःख, आसु र एक त्यान्द्रो आशा । उमेर चलीरहेछ तै पनि पसीना वगीरहेछ जागर चलिरहेछ हिजोजस्तै । ए सरकार, आशा त के गर्नु तिमीसंग न तिमी सपना देखाउछौ न सपना पुरा गर्ने वाटो देखाउछौ एक क्षण खुसी पाउने आशमा बाँचेका तिम्रो उचाइ उचालेर थामेका यी जगहरुलाइ युगौ जिउने कला त सीकाइदेउ या कि गुमाइएको सासको आसमा तिमी आफै वाच्न नपरोस् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,२०७३–२–२१,,,,,,,,,,,,,,,,,,, निशु जोशी नेपालगन्ज ।

विउ

कविता विउ आज अकेली छैनन् नन्नकला तै पनि हिजो जस्तै गम्भीर, शान्त र शालीन छ त्यो भिड च्यातिएका घरका भित्तामा सपना झुण्डाइएका छन् पटुकिको फेरमा वाधेर मुन्तिर नदि वगेको छ  घर वगर तिर्खाएका छन् र लुटिएका पनि त्यसैवाट यसपाली पानी परेन मकै फलेन  चराले खायो वगरमा छरेको धानको विउ मुसाले सीद्यायो जमीन मुनिको विउ द्धन्द्धमा खुट्टा गुमाएकि श्रीमति लाई  मनले हेरे र आखाँ गुमाएका गुमानेले परदेशवाट आएको रातो वाकस देखाउदै भने खडेरीमा,  वुढेशकाल  र  अनिकालमा  विउ जोगाउन सकियन  न धानको न ज्यानको ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, निशु जोशी २०७३–३–१४ गते

नयाँ वर्ष

क विता  म हरसाल आउछु यहि ठाउँमा उभिन्छु यो वर्ष आएको छैन रीत्तै हात जागीर खाएर कोसेली ल्याएर म जन्मीदा उनै सोडिनी धोति लाउने रहर छ रे मैले दिएको पोहोरसालको शुभकामना यहि थियो उनको हरसालको शुभकामना पुरा हुन्छ पहिलो शुभकामना उनैवाट लिन्छु र दिन्छु आज पनि उर्लेर आको छु यहि डिलमा उभिन्छु सेल पकाउदै होलीन नयाँ वर्षका लागी हरेक साल यसरी नै शुभकामना दिन्छीन नयाँ वर्षको त्यसैले मलाई वैशाखको पहिलो दिन उज्यालो लाग्छ, खुसी लाग्छ उन्मात खुसी हुन्छु र त प्रत्येक वर्ष शुभकामना वाड्न आउछु उनका यी उजाडिएका जमीनमा मेरी आमाभन्दा जेठि केस फुलेकी सखी कहिले गाली गर्छिन कहिले सम्झाउ छिन मेरै भलाइका लागी उनि दुखी थिइन क्यान्सरले खाइसक्यो भनेर मन वाधेको थियो औषधिले भन्थिन शुभकामनामा मन्त्रि वनेस क्यान्सर अस्पताल वनाएस म जस्ताको लागी ।। उनि निस्कीनन आधी घण्टासम्म सुनसान घरवाट छोरीहरुका लस्कर छैनन आज सुन्य छ उनको १२ औ कोखवाट वल्लतल्ल्ल निस्केको खुसीले भन्योे आमा उपचारमा जानुभाछ आउनुहुन्छ रे अनि दिनुहुने छ गतवर्ष जस्तै शुभकामना ।। तर होइन रहेछ छोराले भनेजस्तो उनलाई त भुकम्पले लगेछ त्यो नयाँसालले ।। ,,...

कवि

कविता उ आउछ खाली खुट्टा अशान्त भिड शान्त हुन्छ रंगीन महलका  रंगीन चेहेरालाइ सुनाउछ कहानी आखाँ रसाउछ वज्छ ताली पर्रर पर्दा अगाडि कवि वन्छ जव पर्दा पछाडि जान्छ अक्षर किनेको रीणले पर्छाछ मसी भित्र जीवन डुव्छ तै पनि आफुलाई कवि सम्झेर मुसुक्क मुस्कुराउछ ।  हरेक दुखमा उ मुस्कुराउछ आफुलाइ कवि सम्झेर ..... ,,,,,,,,,,,,,,,,,,, 2073-1-15 निशु जोशी, नेपालगन्ज ।

एउटा बाँकी सपना

कविता  एउटा मीठो सपना पुरा गर्नुछ मैले वषौदेखी सजाएको एउटा अनौठो सपना मैले देखेको थिए त्यो सपना बाले अक्षर रटाउदै गर्दा आमाले शव्द चटाइदिदा पठारको दुइ अंगुले वाटोमा जीन्दगी वोक्न सखीले सीकाउदा भाइसंग सीक्दा वन्चरो केलाउन दिदिले पकाएका वावर हेरेर जीन्दगी पनि वावरजस्तै वुझेथे त्यो वालापनमै गोठमा जन्मीएको मैले हजुरआमाको संस्कार हजुरवुवाको स्नेह मामाको शव्दमन्त्र र, सानिमाका साहाराको कलमले सपनाको नक्सा वनाएथे पहिलोपल्ट त्यो भुइधुलोमा सपना जन्माएथे त्यहि पहिलो अक्षरवाट इन्टरनेटवाट खाना खाने ।। ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, april 2 nishu joshi, nepalgunj

आमाको पहिलो खुसी

कविता धुवाले ढाकिएका ओठमाथि गुलावि रंगको मुस्कान देखेको छु पहिलोपल्ट उज्याला छन् फलामजस्ता वत्तिसे दातहरु सधै चिन्तामा धम्लीरहने मन सम्लीएको छ आज तोरीको तेलजस्तो देख्दैछु पहिलो पल्ट यति खुसी धेरै खुसी रस निचोरीएका कागति जस्ता गालामा जालो लागेका आखाँमा उन्मात खुसी भरीएको छ तप्प आसुले कागज रुझेपछि परदेशी यो मरभुमी ओेसीलो लाग्यो वैशाखी भन्दा कलम वनेछ साहारा वैनिको लेखाई, कृतित्वले दिएका मोतिहरु वेचेर पाता लागेछ छाप्रोमा टिनको टुंगो लागेछ वर्षौदेखीको रीण बाँले प्राण त्यागेर फर्काउन नसकेको जमीन आज हाम्रै भएको कागज प्रमाण वनाइछ उसले सवैले काम नलाग्ने भनेर थन्काइएकि भगवानको श्राप लागेको भनेर मील्काएकि सात भाइपछि जन्मीएकी हिराले खुसी दिइ छ आमालाई वैनिले पठाएको खवर यस्तो पाए आमाले खुसी वाड्न अव घर फकर्न यो खुसीको खवर पठाएकि रहेछिन् म त परदेशमा शरीर पेलेर जुस वनाउदै छु भाइहरु खै कता छन् तर म यहाँ कहिल्यै घर नफकर्ने गरी यो मरभुमीमा ठगीएको छु, आफन्तवाटै ।। ,,,,,,,,,,,,,,, २०७२–१२–२४,,,,,,,,,,,,,,,,,,, nishu joshi , nepalgunj

होली

कविता   कोरा कागजमा मात्र कोरीएको तस्वीर चैतमास फुलेकोे एकैरंगको गुरास सधै रंग नवदलीने आकाश एकै रंगको इन्द्रेणी भइदिएको भए हुने थियो रंगहिन निराशा, सुन्यता तर मीश्रणरंगको तस्वीर अनेक फुलेका फुलको वगैचा दिनरात हुने आकाश सप्तरंगको मीश्रीत इन्द्रेणी जस्तै दुखः सुख, हासो आसु मीसीएको यो जीन्दगीको अर्थ छ यो मीसीएको रंगको अर्थजस्तै होलीजस्तै ।। त्यसैले तिमी रीसाउ, चित्त दुखाउ तर आज मीलेर हासौ र हसाउ आज खुसी हुनुपर्छ हरेक दिनलाइ आज वनाउनुछ होलीजस्तै वनाउनु छ यो जीन्दगी नै कलरफूल । ह्याप्पी होली ।। ,,,,,,,,,,,,,,,,,,,, 2072-------------- nishu joshi, nepalgunj